देश–समाज समाचार स्वास्थ्य

सीमामा क्वारेन्टाइन थपिँदै, नेपाल पस्ने जाे काेहीलाइ क्वारेन्टाइनमा राखिने

झगेन्द्र खड्का

गाैरीगंज/भारतसंग सिमाना जाेडिएकाे गौरीगंज गाउँपालिकामा स्थापना गरिएकाे क्वारेन्टाइनमा दिनप्रतिदिन संख्या थप भइरहेको छ।भारतीय क्षेत्रबाट नेपाल तर्फ प्रवेश गर्ने जाे काेहिलाई क्वारेन्टाइनमा राख्ने गाउँपालिकाले निर्णय गरेपछि क्वारेन्टाइनमा संख्या थपिएको हाे।

नेपाल सरकारले काेराेना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउदै लकडाउन अवधिभर सबै नागरिकलाई घरमा बस्न आव्हान गरेकाे थियाे। गौरीगंज गाउँपालिकामा बनेकाे नवनिर्मित स्वास्थ्य चौकी भवनमा क्वारेन्टाइन स्थापना गरेकाे छ। भारतीय क्षेत्रबाट नेपाली भुमिमा प्रवेश गर्नेलाई घरमा जान नदिई क्वारेन्टाइनमा राखिएको छ।

छिटफुट रुपमा बैकल्पिक मार्ग प्रयाेग गरि नेपाल प्रवेश गरेकाहरुलाई स्थानीय बासिहरुले दिएकाे सुचनाका आधारमा छानबिन गरि उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ।नेपाली नागरिकहरु भारतमा रहेका आफन्तलाई भेटेर फर्कने सबैलाई स्थानीय सरकारले काेराेना भाइरसकाे आशंकामा क्वारेन्टाइनमा निगारानीका लागि राखेकाे हाे।

भारतीय बजारमा किनमेल गरेर फर्कने,उपचार गरेर फर्कने,आफन्तलाई भेटेर फर्कनेहरु सबैलाई निगारानीका लागि क्वारेन्टाइनमा राखिएकाे हाे।भारतीय भुमिबाट नेपालतर्फ फर्कदा क्वारेन्टाइनमा राखिनेकाे संख्या हाल सम्म १७ जान पुगेकाे छ।लकडाउन गरिएको सुरुवाती समयमा भारतीय भुमिबाट नेपाल प्रवेश गर्नेहरुलाई हाेम क्वारेन्टाइनमा निगारानीका साथ राखिएको थियाे।

यसरी हाेम क्वारेन्टाइनमा रहनेकाे संख्या ९८ जना पुगेका थिए।भारतीय क्षेत्रमा काेराेना भाइरसकाे संक्रमण र ज्यान गुमाउनेकाे संख्या बढ्दै गएपछि नेपालतर्फ सिमावर्ती क्षेत्रमा कडाइ गरिन थालिएको हाे।सिमावर्ती क्षेत्रकाे गौरीगंज गाउँपालिकामा कडाइ गरिदा पछिल्लो समयममा क्वारेन्टाइनमा बस्नेकाे संख्या हवात्तै बढेकाे हाे।गत एक सातामा याे संख्या बढेर १७ पुगेकाे हाे।

बिहिवार ५ जनालाई क्वारेन्टाइनमा राखिएकोमा शुक्रवार विहान ३ जनालाई थप गरिएपछि क्वारेन्टाइनमा बस्नेकाे संख्या ८ पुगेकाे थियाे।गाैरीगंज गाउँपालिका वार्डनं. ४ काे  अल्तावारी बस्ने ती ३ जना महिलाहरू भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेकाे गाैरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए।त्यसैगरी शनिबार एकै दिन ८ जनालाई क्वारेन्टाइनमा राखिएको थियाे।

गौरीगंज गाउँपालिका वडा नं -१ देबिगाढा बस्ने ८ जना भारतमा रहेका आफन्तलाई भेटेर फर्किएका हुन।नेपाल भारत सिमा नजिक बाट उनिहरुलाई प्रहरीको सहयाेगमा क्वारेन्टाइनमा राखिदा याे संख्या बढेर १६ पुगेकाे हाे।आइतबार पनि एक जनालाई क्वारेन्टाइनमा थप गरिएकाे छ।गौरीगंज गाउँपालिका वडा नं १ अल्तावारी बस्ने एक महिला भारतमा रहेकि छाेरिलाई भेटेर फर्किएकि हुन।

उनी सहित ११ पुरुष सहित ६ महिला गौरीगंज क्वारेन्टाइनमा रहेका छन।काेराेना भाईरसकाे संक्रमण हुन सक्ने आशंकामा उनहरुलाई निगरानीका लागि क्वारेन्टाइनमा राखिएको गौरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए।

You may also like