समाचार

दमक ९ मा १ सय विपन्न परिवारलाइ राहत

चैत ३० । दमकको ९ नम्वर वडा कार्यालयले ६ वटा टोलमा बसोवास गर्ने १ सय विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

शनिबार नौ नम्वर वडाको चेतनशील , पशुपति ,चरक पाडा, शिव टोल ,लाली गुराँस र सानो अर्नाखाडी टोलका मजदुर, विपन्न र गरीव वर्गका परिवारलाई राहत वितरण गरेको हो । ६ वटा टोलका प्रति परिवारलाई २० केजी चामल , तेल १ लिटर , दाल १ केजी र नुन १ केजी प्रदान गरिएको वडाअध्यक्ष राम बहादुर धिमालले जानकारी दिनु भयो ।

१ लाख १४ हजार बरावरको रकम एन.आर.आर.एन.क्रंकिट उधोग दमकले सहयोग गरेपछि सो खाद्यन्न प्रदान गरिएको दमक ९ वडा कार्यालयले जनाएको छ । खाद्यन्न वितरण कार्यक्रममा यो सरकारले आब्हान गरेको लकडाउनको समयमा हात मुख जोड्न समस्या भएका मजदुर विपन्नहरुलाई थोरै भए पनि राहत मिलोस भनेर उधोगको तर्फबाट राहत सहयोग गरेको अध्यक्ष राजकुमार थापाले बताउनु भयो । वडाअध्यक्ष धिमालले सकेसम्म विपन्न परिवारलाई प्राथमिकता दिएर राहत प्रदान गरेको बताउनु भएको छ ।

दमक उधोग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहनु भएका थापा आवद्ध जे.एन.जे निर्माण कम्पनी दमकबाट हिजो मात्रै मेक्लाजुङ्ग गाउँपालिका मधुमल्लालाई २ लाख रुपैयाँ प्रदान गरेको मेक्लाजुङ्ग गाउँपालिका उपाध्यक्ष सरला राईले जानकारी दिनु भयो ।
थापाले केही साता अघि दमक ९ नम्वर वडाका वासिन्दालाई ५० हजार रुपैयाँको माक्स प्रदान गरी सहयोग गरेको वडाअध्यक्ष राम बहादुर धिमालले जानकारी दिनु भयो ।

You may also like