कला/साहित्य/संस्कृति समाचार

बुद्धकी आमा मायादेवीको प्रतिमा

पथरी, २२ पुस। विश्वका शान्तिका अग्रदूत गौतम बुद्धकी आमा मायादेवीलाई उजागर गर्ने उद्धेश्यले पथरीशनिश्चरे ७ मा निर्माणको अवस्थामा रहेको ‘मायादेवी पार्क’मा मायादेवीको प्रतिमा तयार भएको छ ।

त्यति महान व्यक्ति जन्माउने आमा मायादेवी ओझेलमा परेको महसुस गरेर स्थानीय सामाजिक अभियन्ता कृष्णकुमारी विश्वकर्माको अगुवाईमा ‘मायादेवी पार्क’ को काम अघि बढाइएको छ । पार्कको मुल गेट निर्माण भएको र गेटमा मायादेवीको प्रतिमा राख्ने तयारी भइरहेको पार्क संचालक समितिका अध्यक्ष समेत रहेकी अभियन्ता विश्वकर्माले जानकारी दिइन् । बुद्धलाई मायादेवीले दूध चुसाउँदै गरेको प्रतिमा तयार गरिएको छ ।

७ का श्रीमान देवराज गुरूङ तथा उनका छोराबुहारी प्रकाश /कृष्ण गुरुङ, छोरीज्वाईं भारती / भीम गुरुङ, सहितका गुरूङ परिवारजनले सामाजिक अभियन्ता स्वर्गीय तुलसा गुरूङको स्मृतिमा ६० हजार रुपैयाँ प्रदान गरी मायादेवीको प्रतिमा निर्माण गरिएको हो । त्यहाँ स्थानीयले दान गरेको जग्गामा पर्यटन प्रवद्र्धन सहितको उद्धेश्यमा मायादेवी पार्कको काम अघि बढेको छ ।

You may also like