काठमाडौं। सरकारले लकडाउन थप्ने मात्र काम गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार दबाबमा परेको छ । व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन नगरे आँफै व्यवसाय संचालन गर्ने चेतावनी दिएपछि दबाबमा परेको सरकारले बिहीबार मन्त्रिपरिषद बैठक मार्फत कोरोना नियन्त्रण उच्च स्तरीय समितिलाई २ दिनभित्र लकडाउनको मोडालिटीको ड्राफ्ट तयार गर्न जिम्मा दिएको छ।
लामो लकडाउनका कारण जनजीवन प्रभावित भएको भएको छ भने व्यापार व्यवसाय ठप्प प्राय छ । उच्च स्तरीय समितिले मोडालिटी तयार भएपछि मन्त्रिपरिषद बैठकबाट निर्णय गर्ने सरकारको तयारी छ।