झगेन्द्र खड्का
गौरादह/ गौरादहका समाजसेवी युवा नेताले आफ्नो घरमा काेठा भाडा लिएर बस्ने र व्यवसाय गर्ने ब्यक्तिहरुलाई एक महिनाको भाडा मिनाह गर्ने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा ) झापा जिल्ला सचिवालय सदस्य तथा युवा नेता पुष्पलाल ढकालले नगरपालिकाकाे कार्यलयमा जनप्रतिनिधिहरु समक्ष एक महिनाको भाडा मिनाहा गरेको घोषणा गरेका छन्।
गौरादह नगरपालिकाले स्थापना गरेको बिपत ब्यवस्थापन राहत कोषमा जम्मा हुनेगरि ढकालले नगद १५ हजारको चेक हस्तान्तरण गरेका छन्।गौरादह नगरपालिका वडा नं -२ का स्थायी बासिन्दा ढकालले नगरपालिकाको कार्यलय पुगेर नगरप्रमुख रोहितकुमार शाह, उपप्रमुख गीता भेट्वाल र नगर प्रबक्ता नगेन्द्र भण्डारी लगायतको उपस्थितमा आफ्नो घर भवनमा भाडामा बस्नेहरुको चैत्र महिनाको भाडा मिनाह गर्ने घोषणा गर्नुका साथै राहतको चेक हस्तान्तरण गरेका हुन्।
समाजसेवी ढकालले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले उद्योग, व्यवसाय र समग्र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको भन्दै केही भएपनि राहातको लागि भाडा मिनाहाको व्यवस्था गरेको बताए।नेपाल सरकारबाट लकडाउन गरिएको समयमा दैनिक ज्यालादारी गरेर गुजारा चलाउने बिपन्न घर परिवारलाई नगरपालिकाले उपलब्ध गराउने राहत थप प्रभावकारी बनाउने उदेश्यले नगरपालिकाको सो कोषमा नगद जम्म गरेको उनले बताए । कोरोना भाइरससँग लड्दै र संकटका बेला एकले अर्कालाई साथ दिने अभियान चलाउन सरकारले आह्वान गरेको हुदा आफूहरूले घरभाडा मिनाहा र यथासक्य राहत हस्तान्तरण गरेको ढकाल पत्नी जयन्ता ढकालले बताइन् ।
उनीहरूले सटर भाडामा लिएर ब्यवसाय गर्दै गरेकाहरुको चैत महिना बापतको रकम फेन्सी पसल संचालक किरण चम्लागाइको १५ हजार, औसधि ब्यवसायी लोचन सापकोटाको ८ हजार, स्पोर्ट्स स्टेसनरी ब्यवसायी राजन पन्तको ७ हजार र होटेल व्यवसायी नारायण कट्वालको ८ हजार गरेर जम्मा ३८ हजार बराबरको भाडा मिनाहा गर्ने घोषण गरेका हुन् ।राहात बुझ्दै नगरप्रमुख शाहले सबै एक भएर कोरोनासँग लड्ने लड्ने सकय आएकाे भन्दै सबैले आ -आफ्नो ठाऊँबाट सहयोगमा जुट्न नगरबासीलाई आह्वान समेत गरेकाछन् । प्रमुख शाहले भाडा छुट गरेर ढकाल परिवारले उदाहरणीय रुपमा आफूलाई प्रस्तुत गर्नुभएकोमा आभार तथा धन्यवाद ज्ञापन गरेका थिए ।