झगेन्द्र खड्का
गौरादह/नेपाल सरकारले लकडाउन डाउन गरि घर भित्र बस्न सुचना जारि गरेपछि गौरादह नगरपालिका भित्र रहेका गरिब बिपन्न घर परिवारहरुलाई खाद्यान्न अभाव हुन नदिन यस क्षेत्रमा रहेका संघसंस्थाहरुले सहयोग गर्नेक्रम बढेको छ ।
गौरादह नगरपालिका भित्र रहेका सहकारी तथा लघुबित्त संस्थाहरुले एकद्दार प्रणलीबाट बिपन्न परिवारको घरआँगनमा राहात सामग्री पुर्याउन नगरपालिकाको कार्यलयमा सामाग्री हस्तान्तरण गरेका छन् ।मंगलबार गौरादह क्षेत्रमा रहेका पूर्व नेपाल बहुउद्दशीय सहकारी संस्था, जीवन विकास लधुबित्त संस्था, डाँफे बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री,खाद्यान्न र नगद सहयोग गरेका छन्।
संस्थाहरुले गौरादह नगरपालिकाकाे कार्यलयमा पुगेर नगरप्रमुख, उपप्रमुख र नगर प्रवक्ता सहितको उपस्थितिमा सामाग्री तथा नगद हस्तान्तरण गरेका हुन्।
पूर्वनेपाल बहुउद्देशीयको सम्पर्क कार्यलय गौरादहले ५ थान पिपिइ, ५० थान ग्लोब र ५० थान मास्क सहकारीका अध्यक्ष प्रम सापकोटाले हस्तान्तरण गरेका हुन्।सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष सापकोटाले झापा जिल्ला भित्र रहेका गौरादह नगरपालिका सहित दमक, कमल, गौरीगञ्ज, शिवसताक्षी, कन्काई, विर्तामोड, भद्रपूर र इलाका प्रहरी कार्यलय दमक लगाएतलाई ८५ थान पिपिइ, र ग्लोब तथा मास्क बितरण गरिएको जानकारी गराए।
त्यसैगरी डाँफे बचत तथा ऋण सहकारी संस्था सम्पर्क कार्यलय गौरादहले नगद आर्थिक सहयोग गरेको छ।आर्थिक सहयोग गर्ने क्रममा गौरादह नगरपालिकालाई दश हजार उपलब्ध गराएको छ। संस्थाले झापा जिल्ला भित्र रहेका अन्य पालिकाहरुलाई प्रति पालिका १० हजारका दरले ७ वटा पालिकालाई ७० हजार आर्थिक सहयाेग गरेकाे संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले जानकारी गराए।सोही सन्दर्भमा जीवन विकास संस्था शाखा कार्यलय गौरादहले १ लाख बराबरको खाद्यान्न सामाग्री गौरादह नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
नगरपालिका भित्र रहेका गरिब तथा बिपन्न ६५ घर परिवारलाई पुग्ने खाद्यान्न बितरण गरेको संस्थाका सेवाकेन्द्र प्रमुख अर्जुन कुमार ठाकुरले जानकारी गराए । ठाकुरका अनुसार प्रति घरपारिवार १० केजी चामल, १ केजी दाल, १ ली तेल, १ केजी नुन र १ थान डिटल साबुन सहितको प्याकेज बनाएर नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । सामाग्री बुझ्दै नगर प्रमुख शाहाले कोरोनाको संक्रमणबाट उत्पन्न हुने समस्याकाे सामधान गर्न संघ संस्थाहरुले पुर्याएकाे सहयाेग अतुलनीय रहेकाे धारणा राखे।काेराेना भाइरसले बिस्वभर मानवीय क्षेती भइरहेकाले त्यसबाट बच्न जारी लकडाउनको पालना गर्दै गराउदै सहयोमा जुट्न नगरबासीलाई आवहान समेत गरेका छन् ।