समाचार

सरकारले भोलिबाट विदेशमा अलपत्र परेका नेपालीलाइ फर्काउन सुरु गर्ने,भोलि दुबई र म्यानमारमा रहेकालाई फर्काइने

काठमाण्डौं। सरकारले भोलिबाट विदेशमा अलपत्र परेका नेपाली नागरिकलाइ फर्काउन सुरु गर्ने भएको छ। भोलि दुबई र म्यानमारमा रहेका नेपालीहरुलाई स्वदेश फर्काइने भएको छ। पहिलो फ्याइट म्यानमारबाट हुने जनाइएको छ ।

परराष्ट्र श्रोतका अनुसार दुबईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने भएको हो। यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई ल्याइदिने भएका हुन्।

म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको थियो। सोहिक्रममा उसले नेपालीलाई उसकै खर्चमा ल्याइदिने भएको हो। त्यहाँबाट फर्किन चाहनेको संख्या ३५ जना रहेको श्रोतले जनाएको छ ।

पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइदिने नेपालीलाई ल्याउन लागिएको हो। दुबईले भोलिदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ।

Author

You may also like