दमक । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भईरहेको केवलकार विरुद्धको आन्दोलन जारी छ । सो आन्दोलनमा समर्थन र ऐक्यबद्धता बढ्ने क्रम भईरहेको छ । यसै सन्दर्भमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिले सञ्चालन गरेको आन्दोलनका कार्यक्रमहरु प्रति आफनो ऐक्यवद्धता जनाएका छन् ।
संर्घष समितिले आव्हान गरेको दुई दिने बन्दका क्रममा सोमबार दमक चौंकको सडकमै पुगेर उनले यस आन्दोलन प्रति ऐक्यवद्धता जनाएका हुन्् । वन्दकर्ताहरुको विरोध कार्यक्रममा सहभागि हुदैं उनले पाथीभराको प्राचिनता ,ऐतिहासिकता माथि व्यापारका नाममा कला,संस्कति मास्ने कार्य कसैलाई पनि स्वीकार्य नहुने उल्लेख गरे । उनले पहिचानको यस आन्दोलनप्रति आफनो पार्टीको पूर्ण समर्थन भएको सुनाए ।
राप्रपा कोशी प्रदेश समितिका अध्यक्ष समेत रहेका थापाले देश भित्रका सवै जातजातिको संस्कृति,सभ्यतालाई राज्यबाट संरक्षण,सम्बद्र्धन गर्नका सट्टा आँच आउने कार्य हुनु दुखद भएको बताए । राज्यबाट नै जातजातिका नाममा समाजलाई द्धन्दमा फसाउने कार्य हुदै जानु चिन्ताको विषय भएको उनको भनाई थियो ।
पाथीभरामा केवलकार जर्वजस्ती बनाउने कार्य रोकेर वार्तामार्फत निकास खोज्न समेत राज्यले ढिलाई गर्न नहुने उनले उल्लेख गरे ।
एक हप्तादेखि कोशी प्रदेशका ९ जिल्लामा केन्द्रीत रहेको नो केवलकार पक्षधरहरुको आन्दोलन आज काठमाडौंको माइतीघर मण्डेलामा पुग्यो । काठमाडौंमा पनि राजेन्द्र महतोसहितका नेताहरुले ऐक्यबद्धता जनाएर आन्दोलनमा सरिक भए ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले सोमबार पनि दमकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरु ‘पाथीभरा क्षेत्रमा केवल कार निर्माण बन्द गर’, ‘गृह मन्त्री राजीनामा दे’ ‘व्यापारी चन्द्र ढकालले खरिद गरेको सरकार मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्डसहित नारा लगाएर प्रदर्शनकारीहरुले दमकको मुख्य चोकको सडकमै बसेर प्रर्दशन गरेका हुन ।
पाथीभरा मन्दिर ‘मुक्कुमलुङ’मा केवलकार निर्माणले सांस्कृतिक अतिक्रमण गर्ने भन्दै लिम्बू समुदायको मुन्धुमीस्थलको संरक्षणकालागी आन्दोलन गर्नु परेको उनीहरुले बताउँदै आएको छ ।
गत माघ १२ मा बलुडाँडामा गोली चलेपछि विवाद राष्टिूय रुपमा चुलीएको छ । त्यसपछि सरकारका विरुद्धमा चरणवद्ध आन्दोलनहरु हुन थालेका हुन । यहि क्रममा आईतबार र सोमबार कोशी प्रदेशको अरुण पूर्वका नौवटा जील्लामा सार्वजनिक यातायात बन्दको आह्वान गरिएको छ । सोहि अनरुप सोमबार पनि दमकको मुख्य चोकमा प्रदर्शनकारीहरु बिच सडकमै पलेटी कसेर विरोध गरिरहेका थीए ।चारैतीरबाट प्रहरीले घेरा हालेर उनीहरुलाई संरक्षण गरिरहेको जस्तो पनि दमकमा देखिन्थ्यो ।
यहि भीडमा भेटिनुभएका आन्दोलन पक्षको एउटा घटक किरात याक्थुङ चुम्लुङ र यसका झापा अध्यक्ष सेसेहाङ फियाकले कम्तीमा कुनै एउटा
मन्त्रालयको मन्त्रीको संयोजकत्वमा मात्रै वार्ता गर्ने, अहिलेसम्म पक्राउ परेका आन्दोलनकारीलाई बिना सर्त रिहा नगरप्रमुख…नगरेसम्म वार्तामै नजाने बताए । ‘सरकारले हामीलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गर्नुको सट्टा केवलकार बनाउने काम बन्द गरेर चाहि वार्तामा बोलाउन सक्दैन ?’ फियाकले प्रश्न गर्दै भन्नु भयो ‘सरकारले हाम्रो पहिचान र सभ्यातामाथी वेवास्था गरीरहेको छ ।’
सरकारले भने यो विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।