समाचार

झापाको कमल गाँउपालिकाका १ जनामा कोरोना भाइरस पोजेटिभ

दमक। झापाको कमल गाँउपालिकाका एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उनी १८ वर्षिय पुरुष रहेकाछन् । उनी कमल गाउँपालिकाको वडा नम्बर १ बाँसबारीका हुन् । उनी गत जेठ १४ गते भारतको जोगवनी नाका हुदै नेपाल आएका थिए ।

उनी भारतको जोगवनी र विराटनगरमा पनि क्वारेन्टाइनमा बसेका थिए । दुबै ठाउँमा गरिएको र्यापिड टेष्टको रिपोर्ट नेगेटिभ आएको थियो । उनी विराटनगर ३ दिन बसेको र र्यापिड टेष्ट नेगेटिभ आएपछि उनलाइ प्रदेश सरकारको स्वास्थ्य शाखाले सिधै कमल गाउँपालिका पठाएको थियो ।

उनलाई गाउँपालिकाले शहिद धर्मभक्त माविको क्वारेन्टाइनमा राखेको र भोलिपल्ट पिसिआर टेष्टगर्न पठाउँदा रिपोर्ट पोजेटिभ आएको कमल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष केदार कट्वालले जानकारी दिनुभयो । ३२ जनाको पिसिआर टेष्टका लागि पठाइएकोमा उनको मात्र पोजेटिभ आएको र आत्तिनु पर्ने अबश्या नरहेको कट्वालले बताउनु भयो ।

कट्वालले उनीसँगै गौरादह नगरपालिका लगायत अन्य गाउँपालिकाका मानिसहरुलाई पनि प्रदेश सरकारले पठाएकाले प्रदेश सरकारले उनीहरुको खोजीगरी तत्काल त्यो ठाउँलाई सिल गरी सबैको पिसिआर टेष्ट गर्न माग समेत गर्नुभएको छ ।

Author

You may also like