कमल/ कमल गापस्थित दीपज्योति टोल विकासले सातौ साधारणसभा बिहीबार सम्पन्न गरेको छ । कमल ४ स्थित गुरुङ मिलडाँडामा संस्थाका अध्यक्ष तेजकुमार राईको अध्यक्षतामा आयोजित सो साधारणसभाबाट ११ सदस्यीय नयाँ समिति निर्वाचित भएको छ । वडा नं. ४ का वडाअध्यक्ष चन्द्र प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा तथा वडा सदस्यहरु चतुरभुज सुबेदी, नबिन राई, जमुना खतिवडालगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सो साधारणसभाबाट रोमन राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएको सदस्य टोमी कर्ण (संजीव) राईले बताए । राईका अनुसार अध्यक्ष पदका लोकतान्त्रिक विधिबाट चयन भएको थियो भने अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध हुनेहरुमा उपाध्यक्षमा सरिता राई, सचिवमा तेज बहादुर राई, सहसचिव कमला राई, कोषाध्यक्षमा धनमाया दंगाल आचार्य रहेका छन । यसैगरी सदस्यहरुमा टोमी कर्ण (संजीव) राई, जुनी हाङ राई, ध्रुव राई, शान्त विक, ललिता खतिवडा र खड्ग बहादुर राई रहेका छन् । सो टोल विकासमा हाल १०८ घरधुरी रहेका छन् ।