आचार्य प्रभा-
गल्ती बोलेमा माफी पाउँ भन्दै आग्रह गरें । हामी फेसबुकमा आफ्ना साहित्यिक सृजनाहरू खुब प्रस्तुत गर्छौं । फेसबुकले दिएको यो अवसर हाम्रालागि अत्ति नै लाभदायक छ । हामीले आफ्ना सृजनात्मक कृयाकलापहरू गरेर धेरै सन्तुष्टि लिनका साथै अभ्यास गर्ने, सिक्ने, सिकाउँने मौका पनि पाईरहेका छौं । यो हामी लेखन क्षेत्रमा लाग्नेहरूकालागि महत्वपूर्ण अवसर हो ।
तर एउटा मनमा खट्केको कुरा चाँही के हो भने हामीले जुनसुकै विधाका रचनाहरू यहाँ प्रस्तुत गर्छौं, ती रचनाहरू सबै फेस्बुक मित्रहरूले हेर्नु हुन्छ । रूची राख्नेहरूले लाईक, कमेण्ट गर्नु हुन्छ । तर ती लाईक, कमेण्ट गर्ने मित्रहरू सबै ती राखिएका विधाका सृजनाहरूमा पोख्त हुनुहुन्छ त ? कसैले मित्रताको सद्भावले कसैले भावना, मन पराईले कसैले विषयबस्तु मन पराईले लाईक । आहा ! वाह ! का कमेण्टहरू गर्लान् तर धेरै लाईक, कमेण्ट आउँदैमा हामी मक्ख नपरौं र म साहित्यको अब्बलकर्मी भई सकें भनेर नगम्किउँ पनि । कोही आफूभन्दा अग्रजहरूले कमीकमजोरी देखाएर सुझाव दिनु भएमा मनन गरौं । यो सोंचौं कि, धेरै लाईक र वाह ! वाही त हाम्रालागि उत्साह र प्रेरणा हो । आफ्नो लेखनको विज्ञापन मात्र हो । सही लेखनको प्रेरणा त अग्रज र सोही विधाका सिद्धहस्तहरूको सुझाव मात्र हो भनेर ।
तर सर्वप्रथम त पाठकहरूको उत्साह नै हाम्रो लेखनको उर्जा हो । तर भिंडमा अल्मलिनु चाँही हामी जहाँकोतँहीं रहनु हो भन्ने हेक्का पनि हामीमा हुनु पर्छ । यो दुर क्षितिजबाट मेरो यही सुझाव सहितको नमस्कार ।