सिक्किम, ९ असोज
भारतको सिक्किमस्थित दक्षिण सिक्किम साहित्य सम्मेलन नाम्ची र अलङ्काकार प्रकाशन साम्सिङको सङ्युक्त आयोजनामा २ वटा नेपाली साहित्यिक कृति लोकार्पण भएका छन् ।
जयन्ती मुखियाको प्रथम कथा संग्रह “कोशे ढुंगा’ र विकाश कुलुङको कबिता संग्रह “क्षितिज पारी’ लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
नाम्ची नगर परिषदका अध्यक्ष गणेश राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलमान डी गुरुङ, गणेश छेत्री, सरमान सुब्बा, प्रेम नर्बुशेर्पा, मिनु श्रेष्ठ ,सन्द्या छेत्री, डा. नयन राई, वान्दी छिरिङ, के एस राई, लोकेन्द्र श्रेष्ठ, गोकुल राई सहितको उपस्थिती रहेको थियो ।
स्थानीय विद्यालय र कलेजका विद्यार्थीहरुले समेत गजल, कविता वाचन गरेर माहोल सजिव बनाएका थिए ।