मुख्य स्वास्थ्य

सुन्दरफूलबाट सर्पदंश उपचार मेसिन प्रदान

उर्लाबारी, ९ असोज
नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीद्वारा संचालित सर्पदश सेवा केन्द्रका लागि सुन्दरफुल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले ३० हजार ५ सय बराबरको सक्सन मेसिन प्रदान गरेको छ ।
उर्लाबारी- ७ मा रहेको सुन्दरफुल साकोसद्वारा सो सामग्री नगर प्रमुख गंगाप्रसाद खरेलको उपस्थितिमा एक कार्यक्रम गरि उपलब्ध गराएको रेडक्रस उर्लाबारी सभापति भानुभक्त शर्मा पराजुलीले जानकारी दिए । रेडक्रसद्वारा हालै संचालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा सक्सन मेसिनको आवश्यक देखेर सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग उपलब्ध गराईएको साकोसका अध्यक्ष उपेन्द्र कँडेलले जनाए । सो हस्तान्तरण कार्यक्रममा प्याब्सन उर्लाबारी नगर अध्यक्ष दिनेश पोख्रेल , रेडक्रस पदाधिकारी, साकोस पदाधिकारी लगायतको उपस्थिति रहेकोे थियोे ।

You may also like