सृष्टि सावित्रा
शरीर नियाल्न सक्नेले मन नियाल्न सक्दैन ।
इज्जत गर्छु भन्नेले पनि दाग पखाल्न सक्दैन ।
ठक्करहरुलाई टक्कर दिँदै मान्छे बनेकी हुँ !
फलाम पगाल्छु भन्नेले यो मन पगाल्न सक्दैन ।
प्रेमीले यही सोचेर आँखामा राखेछ मलाई
दिलभित्र राखेपछि कसैले निकाल्न सक्दैन ।
रेटियोस् बरु यो गर्धन म हाँसेर दिन सक्छु
यी पैतालाहरुले गलत कदम चाल्न सक्दैन ।
म सृष्टि भएर आफुलाई यसरी सम्हालेकी छु
यहाँ हरकोहिले आफुलाई सम्हाल्न सक्दैन ।
ताप्लेजुङ