दमक । आज (आइतबार) २०८१ तिहारको भाइटीका । सर्वसाधारणदेखि भिआइपीसम्मले ११ बजेर ३७ मिनेटको शुभसाइतमै दिदिबहिनीहरूबाट टीका लगाएका छन्। भौतिक रुपमा भेट हुनेदेखि देश परदेशमा रहनेहरुले डिजिटलको प्रयोगबाट टिका लगाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन्।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन्। यसैगरी पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट भाइटीका लगाएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो। उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ। यमपञ्चकको अन्तिम दिन आइतबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ।

Author

You may also like