मुख्य

विर्तामोडमा योगदान दिवस मनाइयो

विर्तामोड/ ‘योगदान राष्ट्रका लागि’ नामक सामाजिक संस्थाले नेपालका ३६ जिल्लामा एकैदिन शनिबार विभिन्न कार्यक्रम गरी योगदान दिवस मनाएको छ । सोही क्रममा झापामा बृहत खुला रक्तदान कार्यक्रम गरियो ।
सो कार्यक्रममा २१ जना महिलासहित ८३ जनाले रक्तदान गरे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, अतिथिहरुमा नेपाल रेडक्रस सोसाईटी झापा शाखाका सभापति लोकराज ढकाल ,विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईं, इलाका प्रशासन कार्यालयका विर्तामोडका प्रमुख रुगम कुँवर, ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रमुख अशोक जगेबु, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल लगायको उपस्थित रहेको सो संस्थाका झापा जिल्ला अध्यक्ष प्रदीप कुमार संग्रौलाले जानकारी गराए । कार्यक्रम सञ्चालन जेसी डिल्लीराम पोखरेलले गरेका थिए । रक्तदान कार्यक्रम सम्पन्न भएपछि परोपकार बृद्ध आश्रममा रहेका वृद्ध वृद्धालाई फलफूल तथा जुस वितरण गरिएको जानकारी गराइएको छ ।

Author

You may also like