काठमाण्डौ, नेपाल सरकारद्धारा संविधान दिवसको अवसरमा ६ सय ३४ जनालाई विभूषणबाट सम्मानित गरिने निर्णय भएको छ । विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी, अङ्कार र पदकद्वारा सम्मानित गरिने गृह मन्त्रालयले जनाएको छ ।
महा उज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट स्व. मदनमणि दीक्षित र रवीन्द्रप्रसाद अधिकारीलाई सम्मानित गरिने भएको छ । दीक्षित वरिष्ठ साहित्यकार तथा पूर्व पर्यटनमन्त्री अधिकारीलाई मरणोप्रान्त यो सम्मान गरिएको हो । दीक्षितको यही साउन ३० गने निधन भएको थियो। अधिकारीको फागुन १५ गते ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गएको थियो ।
त्यस्तै उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई सम्मानित गरिने छ भने सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, तथा स्व. पर्यटन व्यवसायी आङछिरीङ शेर्पासहित ७ जनालाई सम्मानित गरिने छ ।
उज्ज्वल कीर्तिमय राष्ट्रदीप प्रा.डा. भगवान कोइरालासहित ८ जनालाई प्रदान गरिने छ भने गृहका अनुसार सुप्रवल जनसेवाश्री ११३, कीर्तिमय राष्ट्रदीप ७, प्रवल जनसेवा श्री (चुतर्थ) २०२, जनसेवा श्री )पञ्चम श्रेणी) ११० जनालाई प्रदान गरिने भएको छ । नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अङ्कारबाट ७ रहेका छन् ।