तरुण दलद्धारा बृहत खुल्ला रक्तदान कार्यक्रम

भक्तपुर, संविधान दिवसको अवसरमा नेपाली कांग्रेस तरुण दलले शुक्रबार बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

हिमाल,पहाड,तराइ,मधेश,नेपालि काँग्रेस राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली काँग्रेस सुर्यविनायक नगरपालिका ६ वडा कार्यसमिति र तरुण दल सुर्यविनायक नगरपालिका ६ वडा कार्यसमितिको सहकार्यमा रक्तदान कार्यक्रम पाण्डोबजार चोक, कटुञ्जेमा आयोजना गरेको हो ।

कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले रक्तदान गर्नेलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । सभापति थापाले रक्तदाताहरुलाई शुभकामना दिदै अगामि दिनमा पनि रगतको अभाव हुन नदिनका लागि कार्यक्रमहरु गर्दै जानु पर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा समाजसेबी,स्वास्थकर्मी,सुरक्षाकर्मी र युवाहरुको सहभगिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.