देश–समाज समाचार स्थानीय

पशुपति कीर्तन मण्डलीको आठौं साधारणसभा सम्पन्न, ज्येष्ठ नागरिक, संस्थापक र विद्यार्थी सम्मानित तथा पुरस्कृत

सम्मान र पुरस्कार
दमक/ झापाको दमक–८ स्थित पशुपति कीर्तन मण्डलीको आठौं वार्षिक साधारण सभाका अवसरमा ज्येष्ठ सदस्य र संस्थापकलाई सम्मान तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको छ । शनिबार भएको साधारण सभामा ज्येष्ठ सदस्यहरु नरेन्द्र निरौला, विष्णु अधिकारी र लिलानाथ आचार्य, अक्षयकोषदाताहरु खेम भण्डारी र इन्दिरा भण्डारी तथा विधान फुयाल, कीर्तन मण्डलीका संस्थापकहरु क्रमशः मोना सुवेदी (उपाध्यक्ष), रामबाबु सापकोटा (सचिव), रुपा पौडेल (कोषाध्यक्ष), केदार सुवेदी (सहसचिव) लाई सम्मान पत्र, खादा र अविर टीकाले सम्मान गरिएको थियो ।


त्यसैगरी कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयका छात्रा शिखा ठटाल र छात्र शुलभ लुइँटेललाई प्रशंसा पत्र सहित प्रति विद्यार्थी नगद ७ हजार ५०५ रुपैयाँ बराबरको लोकनाथ–केशकुमारी दाहाल सेवा कोष छात्रवृत्ति प्रदान गरिएको छ । अर्कातर्फ दमक–८ मा रहेका पशुपति संस्कृत माध्यमिक विद्यालय र जनता आधारभूत विद्यालयका प्रति विद्यालय १/१ जना जेहेन्दार छात्र छात्रा गरी जम्मा ४ जनालाई प्रोत्साहनस्वरुप पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्रीका रुपमा १ थान स्कूल व्याग, १ दर्जन कापी र १ दर्जन डटपेन उपलब्ध गराइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, विशिष्ट अतिथि वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद (दिपेश) दाहाल र पशुपति संस्कृत मा.वि. का सहायक प्रधानाध्यापक लेखनाथ लुइँटेलले शुभकामना मन्तव्य राखेका थिए । पशुपति कीर्तन मण्डलीकी अध्यक्ष डोयना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष होमा खनाल र कार्यक्रम संचालन सचिव सीता पाठक दुलालले गरेका थिए । साधारणसभामा अध्यक्ष दाहालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक लिलानाथ आचार्यले लेखा प्रतिवेदन पेश गरेका थिए । स्थानीय सामाजिक व्यक्तित्व तथा लोकनाथ–केशकुमारी दाहाल सेवा कोषका अध्यक्ष विश्वनाथ दाहाल र जनता आधारभूत विद्यालयकी शिक्षिका कल्पना उप्रेतीको कार्यक्रममा आतिथ्यता रहेको थियो । सो कीर्तन मण्डलीको गत आर्थिक वर्षको आम्दानी खर्चको बजेट हिसाब २२ लाख ३६ हजार ९९४ रुपैयाँ बराबरको रहेको कुरा प्रस्तुत लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Author

You may also like