समाचार

ढुङ्गाले लागेर कामदारको मृत्यु

चैत्र ३० गते ।   निर्माणाधिन पुलमा काम गर्दै आएका एक कामदारको ढुङगाले लागेर मृत्यु भएको  छ ।
भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई पाँचथरको तुम्मेवा गाउँपालिका-५ मा काम गर्दै आएका २४ बर्षीय नजिबुल महोमदको ढुङगाले लागेर मृत्यु भएको हो ।
दिनभरको काम सकेर खोला नजिकै टेन्ट टाँगेर सुतिरहेको अबस्थामा आज बिहान करिव ३ बजेको समयमा भिर माथीबाट एक्कासी ढुङगा झरेर लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवि पाँचथरबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

You may also like