समाचार

चट्याङ लागेर ३ जनाको मृत्यु

चैत्र-३० गते । चट्याङ लागेर दुइ स्थानमा तीन जनाकाे मृत्यु भएकाे छ ।
संखुवासभा पाँचखपन-२ की ५२ बर्षीया डम्बर कुमारी राईको  हिजो बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङले लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यसै गरी हिजो बेलुका साढे ६ बजे नै खोटाङ केपीलाशगढी-१ का १५ बर्षीय राजमणी राई र ३५ बर्षीया निर्मला बि.क. को पनि चट्याङ लागेर मृत्यु भएको बताइएकाे छ । आ-आफ्नै घरमा बसिरहेका दुबैजनालाई चट्याङले लाग्दा उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Author

You may also like