सुरक्षा

पार्किङ गरी राखेको हाइस तोडफोड गर्ने दुई जना पक्राउ

काठमाडौँ, काठमाडौं महानगरपालिका–३१ शंखमुलमा पार्किङ गरिराखेको बा४ख २०५६ हाइस तोडफोड गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा मैलुङ गाउँपालिका–८ घर भइ काठमाडौं बालाजु बस्ने २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारीका २२ वर्षीय हिमाल खड्का परेका छन् । तोडफोडबाट गाडीको अगाडि र दाहिने साइडको सीसामा क्षति भएको प्रहरीले जनाएको छ ।

You may also like