दमक । चैते दशैंको पावन अवसरमा इलाका प्रहरी कार्यालय दमक, झापामा परम्परागत मौलो पूजा विधिपूर्वक सम्पन्न गरिएको छ। कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित उक्त पूजामा नवदुर्गा भगवतीको विशेष आराधना तथा मौलो पूजा गरिएको थियो।
पूजापछि डिएसपी तिमल्सिनाले चैते दशैंको शुभकामनासहित कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सद्भाव, अनुशासन र कर्तव्यपरायणताका साथ सेवा सञ्चालन गर्न प्रेरणा प्रदान गर्नु भएको थियो। कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूले चैते दशैंको अवसरमा एकआपसमा शुभकामना आदान– प्रदान गरी पर्वको उल्लासपूर्ण वातावरण सँगै धार्मिक र सांस्कृतिक परम्पराको सम्मान व्यक्त गरेका थिए ।
