देश–समाज राजनीति स्वास्थ्य

प्रचण्ड साेमबार भारतकाे मुम्बई जाँदै

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफ्नी पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारतको मुम्बई जाने भएका छन् ।
पेरिसडाँडामा आइतबार बसेको नेकपा (दाहाल–नेपाल) समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका हुन् ।
मुम्बई जाने भएपछि आफू सोमबारको बैठकमा उपस्थित हुन नसक्ने दाहालले बताएको एक स्थायी कमिटी सदस्यले बताए ।
सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा भएपछि दाहाल–नेपाल समूहको भोलिपल्ट स्थायी कमिटीको बैठक बसेको हो ।

You may also like