काठमाडौं, बडादशैं सुरु भएलगत्तै काठमाडौं उपत्यकामा प्याजको मूल्य आकासिएको छ । प्याजको मूल्य एकै दिनमा किलोको ३० रुपैयाँ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
कालिमाटीमा आइतबार खुद्रा १ सय ५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज ३० रुपैयाँ बढेर सोमबार १ सय ३५ रुपैयाँमा बिक्री भइरहेको छ । भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब दुई सय ७० मेट्रिक टन प्याजको खपत हुन्छ ।