दमक। साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १४४३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर १४४४०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १०० रुपैयाँले बढेर प्रतितोला १४३७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १८७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।