काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १४६२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर १४६३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १०० रुपैयाँले बढेर प्रतितोला १४५६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Author

You may also like