अर्थ

साइबर सुरक्षामा लगानी बढाउन निर्देशन दिइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा, चिरञ्जीवी नेपालले अब बैंकले सूचना प्रविधि क्षेत्र आईटी र साइबर सुरक्षामा लगानी नबढाए तोकेरै निर्देशन दिने बताउनु भएको छ। नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड एनबीआई ले बिहीवार आयोजना गरेको एकदिवसीय ‘प्रिभेन्टिङ साइबर फाइनान्सियल फ्रड्स’ सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताउनु भएको हो ।

बैंकहरूले साइबर सुरक्षामा लगानी गर्नुको अर्थ भोलिको दिनमा नाफा कमाउन केन्द्रित हुने गभर्नर नेपालको तर्क छ । ‘आईटीमा लगानी नगर्ने बैंकहरूले २–४ वर्षमै नाफा घटेर घाटा बेहोर्नुपर्छ,’ उहाले भन्नभयो । अब राष्ट्र बैंकले बैंकहरूले कुन तालीम कसरी गरेको भनेर खबरसमेत लिने उहाले जानकारी दिनुभयो । । आईटीमा आउने नयाँ प्रविधिहरूको बारेमा सचेत रहन उनले आग्रह गर्नुभयो ।

Author

You may also like