अन्तर्राष्ट्रिय

बाढीले भारतमा एक सयभन्दा बढीको मृत्यु

एजेन्सी, मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले जनजीवनलाई प्रभावित भएको छ । भारतीय सञ्चारमाध्यम अनुसार बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ र बिहारमा २९ जनाको ज्यान गएको छ भने
दुवै राज्यमा केही मानिस घाइते भएको जनाएको छ ।

बाढीले रेल सेवा तथा अन्य यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएका छन् । बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित भएको छ । यहाँका आवासीय बस्तीहरू डुवानमा परेका छन् । पटनामा मानिसहरू डुङ्गा चढ्न बाध्य भएका छन् । बीबीसी अनुसार उत्तर प्रदेशका बनारसलगायत स्थान पनि बाढीको चपेटामा छन् । बनारसको पानीको निकास थुनिँदा जनजीवन प्रभावित भएको छ ।

You may also like