जब नागरिकले आफ्नो कर्तव्य पुरा गर्न थाल्छन् तब आफ्नो अधिकार स्वतन्त्ररुपमा प्रयोग गर्न थाल्छन र त्यसपछि संविधान चहिदैन : पुर्व महान्यायधिबक्ता डा. युवराज संग्रौला
भक्तपुर, मोडर्न बोडिङ्ग माध्यमिक विद्यालयले संविधान दिवसको उपलक्ष्यमा उपत्यकाव्यापी वक्तत्व कला प्रतियोगिता आयोजना गरेको थियो । विहीबार कक्षा ११ र १२ कानुनका विद्यार्थीहरु विच ‘नेपालको संविधान कार्यान्वयनमा चुनौती’ विषयमा उपत्यकाव्यापी वक्तत्व कला प्रतियोगिता आयोजना गरेको थियो ।
सहभागी स्कुल मध्ये प्रथम र चौठौँ भक्तपुर निष्ट स्कुलका क्रमशः मोहित कुँवर र रुविना राई हुनुभएको छ भने दोस्रोमा रिभिरा इन्टरनेस्नल एकेडेमीका आराध्या दहाल हुनु भएको छ् त्यसैगरी पाटन निष्ट स्कुलका मनिष रावल तेस्रो हुनु भएको छ । प्रथम, दोस्रो, तेस्रो र चौठौ हुनेलाई सिल्ड मेडल, नगद पुस्कार र प्रमाणप्रत्र दिनुका साथै सहभागी सबै विद्यार्थी र विद्यालयलाई मायाको चिनो दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व महान्यायधिबक्ता तथा काठमाण्डौ स्कुल अफ लका संस्थापक डा. युवराज संग्रौलाले ‘ संविधान आफै संविधान होइन, देश आफै देश होईन देश हामी माटोलाई देख्छौ,देश हामी पहाडलाई, खोलालाई देख्छौ त्यो त देश रहने स्थलभुमि हो, देश हामी हो त्यस कारण हामी सब्य र योग्य कहिल्य बन्छौ भन्दा खेरी जब मानिसहरुकाले बोलेका बेला साइड टक गर्न छोड्छौ, जब बोलेका कुरा सुन्न थाल्छौ, के कुरा सही हो, के कुरा गलत हो हामी मानन् गर्न थाल्छौ । त्यस पछि हामी सब्य र योग्य बन्छौ त्यसपछि हाम्रो देश पनि सब्य र योग्य बन्छ । संसादमा ऐनको छलफल हुँदा संसाद निदाएका हुन्छन् स्कुलमा पढाई हुदा विद्यार्थी साइड टक गर्छन अनि हामी संसाद भन्दा के फरक भयो अनि हामीले संसादलाई गलत भन्छौ । उनीलाई हामीले देखेका छौ तर उनीहरुले हामीलाई साइड टक गरेको देखे छैनन् । जब नागरिकले आफ्नो कर्तव्य पुरा गर्न थाल्छन् तब आफ्नो अधिकार स्वतन्त्ररुपमा प्रयोग गर्न थाल्छन् , त्यसपछि संविधान चहिदैन् । संविधान त्यो देशमा चहिन्छ जुन देशमा नागरिक अनुशासनमा हुदैनन् ,नागरिकलाई आफ्नो देशको माया हुदैन त्यो देशमा कानून चाहिन्छ । संविधान लेखिएको कितावको संरक्षण गर्ने होइन हामी नेपालीहरु सव्य बन्नु पर्छ । संविधानले हामीलाई केही गर्न रोक्दैन हामी असल बनेमा कुनै कुराको चुनौती हुदैन । कक्ष ११ र १२ पढ्नेलाई आरु चिन्ता छैन बहिरा जानुको चिन्ता छ, किनकी देशले ठागेको छ । यो देशको चुनौती संघियता र राजनिति होइन आजका युवा हुन् । यदि नयाँ पुस्ता आफ्नै देशको उत्पादनमा लाग्छ भने आफनै देशको लगानीमा बाच्न सक्छ ।’ भन्नुभयो
प्रतियोगितामा केएमसी, भक्तपुर निष्ट स्कुल, रिभिरा इन्टरनेस्नल एकेडेमी, पाटन निष्ट स्कुल, जनप्रेमी कलेज लगायत स्कुलहरु सहभागी रहेका थिए । निर्णयकमा अधिवाक्त मुकेश ढुङ्गना (काठमाण्डौ स्कुल अफ लका उप–प्रध्यापक ), अधिवाक्त लक्ष्मी सापकोट (काठमाण्डौ स्कुल अफ लका सहायक प्रध्यापक) र अधिवाक्त रक्षा गिरी ( काठमाण्डौ स्कुल अफ लका टिचिङ्ग असिस्टेन्ट ) रहनु भएको थियो ।
विशिष्ट अतिथि काठमाण्डौ न्युनिभरसिटी स्कुल अफ लका डिन ऋषि केश वाग्ले, अतिथिमा आधिवक्त श्री पृथ्वीनाथ राई र भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी रहनु भएको थियो भने सभापतिमा मोडर्न बोडिङ्ग माध्यमिक विद्यालय र कलेजका संस्थापक बाबुकाजी कस्टल रहनुभएको थियो ।