सुरक्षा

शान्तिनगरबाट ४३२६ एम्पुल सहित सात जना पक्राउ

भक्तपुर, काठमाण्डौ महानगरपालिका–३१ शान्तिनगरबाट ४३२६ एम्पुल सहित सात जना पक्राउ परेका छन् । विशेष सुरचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले विगत लामो समयदेखिको सुचनाको संकलन, विश्लेषण एवं निगरानीमा बुधबार प्रकाउ गरेको हो ।

उनीहरुलाई शान्तिनगरबाट भारतीय नम्बर प्लेट वि आर ३० पि ८६०७ को सेतो रंगको स्कर्पियो गाडीलाई शंका लागि चेकजाच गर्दा उक्त गाडीमा प्लास्टिकको दगअपभत दुई थान चमाल तथा पिठोको भित्र लुकाई छिपाई गरी राखिएको अवस्थामा नियन्त्रित मनोद्धिपक पदार्थ डाईजेपाम १०४७ एम्पुल, नुर्फिन १०३७ र फेनारगन १०४२ गरी जम्मा ३१२६ एम्पुल बरामद गरेको छ ।

पक्राउ पर्नेमा भारत, ग्रीन पेलेस, डुमरवाना वडा नं.२० बैरगनिया, सितामढी विहार बस्ने ३७ वर्षिय राजा कुणाल, सोही ठाउँका ३२ वर्षिय राजेश कुमार जयसवाल, अशोगी–४ परुषोत्तमपुर बैरगनिया बस्ने ३७ वर्षिय अभिषेक कुमार जयसवाल प्रकाउ परेका छन् । उनीहरुले भारतका विभिन्न सहरहरुबाट मनोद्धिपक पदार्थ खरीद गरी नेपाल भित्तयाई विक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

त्यसै गरी यस व्युरोबाट मिति भदौ २७ गते खटिएको प्रहरी टोलीले गोला बजार नगरपालिका –४ का ४२ वर्षिय उतिम लाल साह, उदयपुर त्रियुगा नगरपालिका –१३ का ३४ वर्षिय सुजेन्द्र लोहनी, काभ्रे, राशी गाऊपालिका –७ का २८ वषर््िाय पेमा लामा र सिरहा गोल बजार नगरपालिका–३का २३ वर्षिय अशोक तामाङलाई जिल्ला काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–५ जम्बु डाँडाबाट नियन्त्रित मनोद्धिपक पदार्थ डाईजेपाम ४१० एम्पुल, फेनारगन ३७५ र नुर्फिन ४१५ एम्पुल गरी जम्मा १२०० एम्पुल सहित पक्राउ गरिएको छ ।

Author

You may also like