देश–समाज शिक्षा

झापाका गिरीले गरे ‘राप्रपा विषयमा विद्यावारिधि’

दमक, ५ असोज  /  झापाको गौरादह–१ का राजेशचन्द्र गिरीले ‘नेपालको संसदीय अभ्यासमा राष्ट्रिय प्रजातन्त्र पार्टी’ विषयमा विद्यावारिधि गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुले विद्यावारिधि शोध सफल भएको जानकारी दिएको गिरीले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले वि.सं. २०४७ देखि २०७४ सम्म संसदीय अभ्यासमा रहँदा गरेको गतिविधि र उसका नीति कार्यक्रमलाई उनले शोधको विषय बनाएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य सम्पादन समितिका सदस्य रहेका उनी २०७३ सालतिर पार्टीको सहमहामन्त्री समेत थिए ।
अध्ययन र राजनीति दुबैलाई आगामी दिनमा समेत सँगसँगै लैजाने डा. गिरीले बताए ।

नेपालमा राजनीतिक दलको विषयमा विद्यावारिधि गर्नेहरु राजनीतिक क्षेत्रमा अरुहरु पनि छन् । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले गत वर्ष नेपालको कम्युनिस्ट आन्दोलन विषयमा शोध पूरा गरी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

झापाकै राजकुमार पोखरेल र अभियन्ता सुरेन्द्र केसीले पनि कम्युनिस्ट आन्दोलनकै विषयमा विद्यावारिधि पूरा गरेका हुन् ।

Author

You may also like