देश–समाज विचार/वहस स्थानीय

आग्निहोत्रको नाभिबाट उठेको स्वप्न–महल

जीवनको मूल आधार स्वप्न हो । अन्य विविधताहरु त जीवनका भँगालाहरु मत्र हुन् । कविले यथार्थको धरातलमा उभिएर अनेकौं सपनाहरु देख्छ । वैज्ञानिकले प्रकृतिको धरातलमा उभिएर अनेकौं सपनाहरु देख्छ । त्यो सपनालाई ‘हाइपोथिसिस’ भन्छन् उनीहरु । अनुसन्धानकर्ताहरु पनि पुराना मुद्धाहरुको जगमा उभिएर नयाँ मुद्धाको छिनोफानो लगाउन पहिला उही हायपोथिसिसको निर्माण गर्छन् ।
सपना सबैका हुँदा रहेछन् । बाका सपना । आमाका सपना । छोराका सपना । छोरीका सपना । नातिनातिनाका सपना । आफन्तहरुका सपना । छिमेकीका सपना । कलाकारका सपना ।
अनि कविका सपना ।
अर्थात कवि भूमि प्रसाद दहालका सपना ।
दहालका सपना असरल्ल पोखिएका कविताहरुमा । अर्थात् उहाँको पहिलो कृति स्वप्न – महल (कविता सङ्ग्रहः २०८०) मा कविका सपनाहरु ।
समकालिन कविताहरुको प्रवृत्ति हेर्दा तिनमा स्थिरता छैन, गतिशीलता छ । बिद्रोह, भोक, क्रान्ति, क्षेत्रीयता, पहिचान हुँदै राष्टूवादतिर बगिरहेका छन् समकालिन कविताहरु ।साँच्चै, हरेक विहान एउटै हुँदैन । समान पनि हुँदैन । आजको साँझ हिजोको साँझ समान होइन । उस्तै र एउटै पनि होइन । कविले यही बुझेको हुन्छ ।
करीव अढाइ दशकदेखि नेपाली भाषा र साहित्यको प्राध्यापनमा रहेर नेपाली भाषा र साहित्यलाई नजिकबाट हेरिरहेका दहालले यो कविता कृति जन्माउँदा उनले लामो समय उभिएको संस्कृत भाषा र साहित्यको अनन्त भण्डारको भुईं पनि सामेल छ । अनि लामो समयसम्म उनले उभिएको दमक बहुमुखी क्याम्पसको नेपाली विषयका कक्षाका भुईंहरु पनि सामेल छन् । अनि संस्कृत साहित्यका अथाह बिम्ब, अलंकार, मिथक, प्रतीक र व्यञ्जनाहरुको ज्ञानको भण्डारका भुईंहरु पनि छन् । अनि ‘जीवन स्मृति प्रतिष्ठान, दमक’ तथा ‘प्रतिभा निकेतन, दमकको’ नेतृत्व गरिसकेका थुप्रै अनुबन्धित विचार र अनुभवका भुईं पनि छन् । त्यही भएर भूभि दहालका कविताहरुका आयाम जटिल मात्रै होइन, उतिनै आयामिक र सामयीक पनि छन् । उतिनै सरल पनि छन् । उतिनै अलंकारिक छन् । उतिनै प्रतिकात्मक छन् । उतिनै मिथकीय छन् । उतिनै बिम्बात्मक छन् । उतिनै नवीन छन् । उतिनै प्रभावपूर्ण छन् । उतिनै मर्मश्पर्शी छन् ।
भूमि दहालको यो कविता संग्रहमा हामी यो समयका सुकिला मुकिला मात्रै नभएर धमिला छायाहरुको प्रतिबिम्ब पाउँछौं । कविताले जीवन छोएको छ, जीवन बोलेको छ । जगत छोएको छ, जगत बोलेको छ । प्रकृति जीवनको उद्गम र समाधिस्थल भएकैले हो, आजकल पर्या साहित्यको कुरा पनि छ, जुन कुरा ऋगवेदमा पनि छ, र तिनै कुरा भूमिदहालका कविता पनि पाउँछौं । कविले हामीले भोगेको समयलाई प्रतिनिधित्व गरेर प्रवक्ता बनेका छन्, र आवाज दिइरहेका छन् उक्तरवर्ती राजनीति र समाजको कुरुपतामाथि । आवाज दिइरहेका छन् देशको कुरुप चित्र देखेर पनि मौनताको महाभारत रच्नेहरुलाई । आवाज दिइरहेका छन् नारीप्रतिको सम्मान, भुईंमान्छेहरुको पीडा, राजनैतिक विसङ्गति र अराजकताको बिद्रोहको जुन भूमि दहालले बाँचेको समाज जपना गरिरहेको छ त्यही बिद्रोहका लागि ।
उनका कविता पढ्दा देश पढे जस्तो लाग्छ । नेपाल पढे जस्तो लाग्छ । हाम्रै भोगाइ र नियति पढे जस्तो लाग्छ । हामी बाँचेको समय, परिवेश पढिरहेको जस्तो लाग्छ । आप्mनै प्रतिच्छायाँ हेरिरहेको जस्तो लाग्छ ।
किनभने हामी सिर्पm सपना देखेर जन्मिन्छौं होला जस्तो लाग्छ । अनि सपनै देखेर हुर्किन्छौं । सपनै देखेर बाँच्छौं जीवनभर । त्यही भएर भूमि दहालका कविताहरुले हामीलाई संवेदित तुल्याउँछन् र बाध्य पार्छन् चीर निन्द्रामा सुतेका आँखाहरु खोल्न । अनि देख्न जीवनको एउटा फराकिलो आकास । फराकिलो क्षितिज । फराकिलो बाटो जहाँ हामी आपैmले साँघुरो बनाएर हिंडिरहेका हुन्छौं । फराकिलो समय जहाँ हामी आपैmले निरर्थक बगाइरहका छौं मूल्यवान समयलाई खोला जस्तै अदृष्यस्थलतिर बगाएर । हामी वास्तवमै निकै ठूलो वीभत्स घडिमा छौं । आप्mनै आँखाले आप्mनै समाधिस्थ हुने माटो बर्बराइरहेको देखेर पनि चकमन्न छौं । सन्नटा साँधिरहेका छौं । कतै पनि नपुगिने बाटो हिंडिरहेका छौं । गन्तब्य नै नभएको बाटो हिंडिरहेका छौं । हिंडिरहेका छौं आप्mनै प्राञ्जल आकासमा खग्रास ग्रहण लागेको देखेर पनि । हिंडिरहेछौं आप्mनै धरती होहल्ला र कुकृत्यले आँसु झारिरहँदा पनि । आप्mनै पूmलबारीका पूmल सबै ओइलिएर झर्नै थाल्दा पनि । आप्mनै समय र सभ्यताका सुन्दर रङ्गहरु रगतले पोतेर महानताको गीत गाउँदा पनि । अनुशासन र इमान्दारिता काकाकुल भएर पानी पानी भन्दै चिच्याउँदै गर्दा पनि । हाम्रा तमाम आदर्श र मूल्य मान्यताहरुलाई मृत्युदण्ड दिइरहँदा पनि । हामी हिंडिरहेछौं निस्फिक्री ।
त्यसैले यो सत्मार्ग अंगीकार गर्न कविले ‘उनी’ लाई जन्माउने सपना देख्छन् ः
उनकै सङ्गतले म परिवर्तन भएँछु,
रिंगटा लाग्छ, सङ्गत घुमाउनेसंगै भएछ
सत्य कुराको साक्षी बन्न पनि डर लाग्छ,
म रिंगटाको बिरामी भउँछु । (रिंगटा)
मनवताको खडेरी परेका बेलामा कवि दहाल ‘रजमानव’ को सपना देख्न पुग्छन् । तर त्यो रजमानव पनि एउटा भ्रम मात्रै भएर निस्किन्छ । परिवर्तन त्यति सजिलो कहाँ छ र ?
जीवितमा धारेहातले सराप्ने रजमानव,
मृत्युमा श्रद्धाञ्जली अर्पण गर्दै
लिन्छ सापटी गोहीसंग आँशु ।
(रजमानव)
धुम्मिएको आकाश कवितामा गोपालप्रसाद रिमालको कविताको याद आयो ः
सबै पूmल र बनस्पतिले फक्रने मौका पाउलान्,
दिशा – विदिशा खुल्लान् ।
यो समय मापनको अस्थित्व समाप्त गरेर नापो आपैmं नापिन पुगेको छ । कवि दहालका पर्या कविताहरु पनि जुरुक्क उठेका छन् । तिनले पृथ्वीको मायाँ गर्छन् । सम्मान गर्छन् । प्रविधि र पर्यायवरणका बीच तालमेल गराउँछन् । ऋगवेद पनि त पर्या साहित्य हो नि ! दहालका कवितामा उत्तरवर्ती चेतना असरल्ल छन् ।
कवि दहालको चाहना पनि धेरै आयामिक छ । कतै अभिमन्यु खोज्न पुगेका छन् कौरवको चक्रव्यूह तोडन । सभ्यताको ‘नटबल्टु कस्न’ आव्हान गरिरहेछन् । कहीं जुठोले भरिएका खप्परमा ‘मस्को’ लगाउने घोषणा गरिरहेछन् । उज्यालो देशमा पुग्न पथिक बन्ने उत्कण्ठामा छन् कवि । कविले आतंकको अनन्त सिलसिला देख्छन्, अनि शान्तिको चाह बोकेर अश्वत्थामाको घाउ मेटन उठ्छन् जुरुक्क । तर त्यो सहज छैन ।
कवि दहाल राजनैतिक शुद्धिकरणको पनि सपना देख्छन् । कुरुप उत्तरवर्ती प्रजातन्त्रमाथि व्यंग्य गर्न पुग्छन् ।
यसरी बहुआयामिक सपनाहरुको चूली उठाएर कवि दहालले नवीन युगको कल्पना गरेका छन् । नवीन र सुन्दर सभ्यताको आसय व्यक्त गरेका छन् ।
यो सङ्ग्रहमा मानकका हिसावले सम्पन्न कविताहरु छन् । धनी छन् । लयमाधुर्यमा कतै मूक्तलय छन् भने कतै लोकलय छन् । कतै शास्त्रिय लय छन् । यी तिनवटै आयाहरुसंग साक्षातकार हुने छ यस कविात सङ्ग्रहमा । सबैभन्द ठूलो कुरा, यो स्वप्न ( महल हरेक सचेत व्यक्तिको महल हो । यसलाई कतै मिथक, कतै, व्यञ्जना, कतै अलंकार, कतै प्रतीकको प्रयोग गरेर ती महल ठड्याइएका छन् । सौम्य र शिष्ट र शालिन बिद्रोहद्वारा ती महल ठड्याइएका छन् । इतिहास, बर्तमान र भविष्यका रङ्गहरुको संयोजन गरेर ती महल ठड्याइएका छन् । प्राच्यविज्ञानलाई आधुनिक भौतिक विज्ञानसंग जोड्ने रसायनद्वारा ती महल ठड्याइएका छन् । कतै लामा कविताहरुका लामा दलिनहरुद्वारा ती महल ठड्याइएका छन् । कतै छोटा कविताहरुका छोटा ताँदोहरुद्वारा ती महल छन् । कतै आग्रहरुका फेहरिस्तहरुद्वारा ती महल ठड्याइएका छन् । कतै धेरै पदावलीका शीर्षकहरुद्वारा ती महल ठड्याइएका छन् । कतै मात्र एक पदावलीका शीर्षकहरुद्वारा ती महल ठड्याइएका छन् ।
तर ठड्याइएका छन् ती स्वप्न ( महलहरु यस कविता सङ्ग्रहमा ।
ती महल हाम्रा पनि हुन् । तिनका पनि हुन् । तपाईका पनि हुन् ।
ठडिउन् गतिलो भएर । यही कामना छ ।
पहिलो बेतमै यति सवल सन्तान जन्माउन सफल हुनुभएकोमा बधाइ दिन चाहन्छु कवि भूमि प्रसाद दहाललाई । यस्तै अग्निहोत्रको नाभिबाट अरु पनि सन्तानहरु जन्मिउन् । यहाँको कोख मलिलो होस ।
दमक, झापा

Author

You may also like