सोभियत संघमा मार्कसवादी परीक्षण असफल भएको अंतिम चरणतिर सोभियत उपन्यासकार चिन्गिज ऐतमातोभले ‘क्यान म्यान लिभ विथआउट गड ?’ (ईश्वरविना मान्छे बाँच्न सक्छ?) उपन्यासमा लेखेको एउटा मार्किक कथा छ, जसमा जोसेफ स्टालिनको कुखुराको कुरा छ । एक पटक आप्mना कमरेडहरुलाई जनताको बारेमा एउटा पाठ सिकाउने बिचार गरेर स्टालिनले एउटा कुखुरो ल्याए । त्यसलाई एउटा हातमा राखेर अर्को हातले खुरुखुरु उसका प्वाँखहरु उखेल्न थाले । पिडाले त्यो कुखुरो भाग्न खोज्थ्यो, तर त्यो प्रयत्न निरर्थक थियो । कुखुरो पुरै नाङ्गो भइसकेपछि स्टालिनले भने, ‘ल हेर्नुहोस ।’ उनले कुखुरालाई भुईँमा राखे, र त्यसलाई चारो दिए । अचम्म के भयो भने, त्यो बिक्षिप्त, कुरुप, आतंकित र पिडित कुखुरो उनीतिरै आउन थाल्यो, उनैलाई पछ्याउन थाल्यो । स्टालिनले उनका कमरेडहरुलाई शान्त भएर भने, ‘यसरी नै हो जनतालाई शासन गर्ने भनेको पनि । देख्नु भयो, मैले यसलाई यतिका अपमान र पीडा दिँदा पनि यो कुखुराले मलाई नै कसरी पछ्याइरहेको छ ? जनता भनेका यी कुखुरा जस्तै हुन् । यदि तपाईहरुले पनि जनतालाई यसरी नै अपांङ्ग र कमजोर बनाएर पनि खान दिनु भयो भने तिनीहरु जिन्दगीभर तपाईहरुलाई नै खान र बाँच्नको लागि तिनले पछ्याइरहनेछन् । तर प्वाँख उखेल्नु भएन भने तपाई संगै निहुँ खोजेर अन्तै लाग्नेछन् ।’
स्टालिनको यो कुरा अहिलेको नेपाललाई हेरेर बनाएका हुन कि जस्तो लाग्छ । अनि आज म यो रुपककथाको बिम्ब खोजिरहेको छु । र भेट्टाइरहेको छु यसको अर्थ हाम्रै आगनमा । दलहरुले जनताको नाममा दण्डहीनता, संस्थागत भ्रष्टाचार, बेथिति, नातावाद र कृपावाद, आँपूm र आप्mनो दलको स्वार्थ मुलुकको स्वार्थ भन्दा माथि उठाएर कुखुरामाथि शासन गरिरहेका छन् ।
अनि ‘आफ्नो’ भोट अरू पार्टीले काटेको भन्दै चित्त दुखाउँदैछन् । किनभने जनताले आँपूm कुखुरो बन्न नचाहेको छनक शहरीय जनताले स्वतन्त्रहरूलाई विश्वास गर्न थालिसकेका छन् ।
र अध्ययनले के पनि देखायो भने रास्वपाले पाएको मतमा अधिल्लोपटकको अघिल्ला निर्वाचनहरूमा कांग्रेसलाई भोट दिएका थिए । एमालेलाई मत दिएका थिए । माओवादीलाई मत दिएको थिए ।
त्यस्तै, स्वतन्त्र पार्टीलाई मत दिनेमध्ये करीव आधाले अघिल्लो चुनावमा कांग्रेसलाई मत दिएका थिए भने एक तिहाइले अघिल्लोपटक एमालेलाई भोट हालेका थिए भन्ने उक्त अध्ययनले देखाएको छ ।
निशन्देह, पार्टी संगठन शून्य रहेका यी दुई पार्टीका उम्मेद्वार दुई साताभित्रमा मतदाताका टोलटोल र घरदैलोमा पुगिसक्दा उनीहरुको स्वीकार्यता त्यति धेरै बढेको देखियो । जति जति सार्वजनिक बहसहरु भए, त्यति नै यी पार्टीहरुप्रति आकर्षण बढदै गयो, विशेषगरी रवि लामिछानेप्रति । मतदातासँग आमनेसामने भेट नभए पनि सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यमले यी सबै उम्मेदवारलाई मतदातासम्म लैजान ठूलो भूमिका खेले । विशेषगरी फेसबुकमा देखेर ‘नोटिस’ गर्ने र भोट उनैलाई दिन्छु भन्ने मतदाताको संख्या ठूलो थियो । लाइक र कमेण्टको खोलो थियो ।
‘ठूला’ पार्टीहरुलाई खतराको घण्टी बज्न थालिसकेको छ । आगामी निर्वाचनमा नयाँ पार्टी मिलेर लडे भने विकल्प खोजिरहेका मतदातालाई अब यी विकल्पका सम्भावना हुन् भन्ने थाहा भइसकेको अवस्थामा यिनको जनाधार बढन सक्छ । यी भविष्यमा एक भए वा तालमेल गरे भने त्यसले स्वतन्त्र मतदातामा सुरूमै उत्साह ल्याउने छ । उनीहरुले राम्रो उम्मेद्वार उठाए भने हिजो कांग्रस कम्युनिष्टहरूलाई भोट हालेका धेरै मानिसले त्यस्तो उम्मेद्वारलाई भोट हाल्न सक्छन् ।
के देखियो भने पुराना पार्टीहरूप्रतिको असीमित ‘लोयल्टी’ बाट मतदाताको ठूलो हिस्साले छुट्कारा लिँदैछ । उनीहरुका लागि अब पार्टीको मूल्य मान्यताको सुगा रटाइको मात्र पनि कुनै अर्थ रहेन । उनीहरुका लागि कुनै पार्टीले ‘डेलिभरी’ गर्छ र गर्दैन, सुशासन दिन्छ र दिन्न भन्ने महत्वपूर्ण मुद्दा हो । प्रजातन्त्रको मसिहा बनेर बसेको नेपाली कांग्रसको आजसम्म कुनै बिकल्प थिएन । जितेका ठाउँमा त छोडौं, अरुले जितेको ठाउँमा कांग्रेस निर्विकल्प दोश्रो स्थानमा रहिरहनु यसको उदारण हो । र अव प्रजातन्त्रको विकल्प (किनभने प्रजातन्त्र भनेको सुसासन हो, अराजकता होइन) लिएर नेपाली राजनीतिको बजारमा आइसके ।
स्वतन्त्र हिसाबले सोच्ने र नयाँ तथा सक्षम उम्मेदवारको खोजी गर्ने मतदाताको हिस्सा बढ्दै जानु पुराना पार्टीका लागि जति ठूलो चुनौति हो । र नयाँ पार्टीका लागि यो त्यति नै ठूलो अवसर भएको छ । पहिलोपटक काठमाडौं उपत्यकामा मात्र होइन, देशभरका मतदाताले यी नयाँ पार्टीको नाम सुनेका छन्, तिनको सम्भावना देखेका छन् जुन् उनीहरुका लागि महत्वपूर्ण पुँजी हो । मतदाताका ढोकामा पुग्ने र वडा तहमा संगठन निर्माण गर्न सके भने नयाँ पार्टीले सुध्रिन सक्ने र पुराना पार्टीलाई आउने दिनमा कडा चुनौती दिन सक्नेछन् । संगठन निर्माणको कठिन काममा पछि परे भने र निरन्तर रूपमा विश्वासिलो हिसाबले मुद्दाहरु उठाउन चुके भने नयाँ पार्टीहरू बालुवामा लेखेको नामजस्तै हुनेछन्, हावाको एक झोंकाले उनीहरूको नाम मेट्ने तागत राख्नेछ । ती साउनमा आउने खहरे मात्र हुनेछन् । यी नयाँ दलहरु के हुन्छन् भन्ने कुरा पुराना ठूला लदहरुको निरंकुशता र जनतालाई स्टालिनको कुखुरो बनाउने चरित्र सदाका लागि अन्त्य हुन्छ वा हुँदैन भन्ने कुरासंग जोडिएको छ । दल सानै भए पनि जनताका दैनन्दिनीहरुलाई छातिमा रोखेर हिंडने नेताहरु आज जनताका आवश्यक पात्र हुन् । ठूला पार्टीको अहंताले भरिएका मञ्चासीन कथित महानहरुलाई विस्थापित गर्ने साना दलका जनताका सहचारीहरु जनताका जायज आवश्यकता हुन् । कम्तिमा तिनले जनतालाई स्टालिनको कुखुरो बनाउने सोच राख्दैनन् ।
आज हामी पूर्णरूपेण स्टालिनको कुखुरो भएका छौं । हाम्रै बिजुली काटिन्छ र बारबार अबरोध हुन्छ काममा र पनि हाँसेर महसुल तिरिरहेका छौं । बाटा खराब बनाएर हाम्रा सवारी साधनहरू सखाप भएर पनि मोटो कर तिरिरहेछौं । औषधी नपाएर मर्नेहरू पनिा कर तिरिरहेका छौं । पढ्न क्याम्पस भनेर कयाम्पस गएको छोरो महान ढाँट नेता बनेर आउँदा पनि मुस्कराएकै छौं । भ्रष्टाचारका दिनदिनै महाभारत बन्दा पनि ताली बजाएर तिनले हिंडेको, बोलेको, माछा तारेको, ढ्यांग्रो ठोकेकोमा सगौरव ताली पड्काएर स्वागत गरिरहेका छौं । जति हाम्रा सन्तती पलायन हुँदा पनि भोट तिनैलाई दिइराखेका छौं । जति गाली गरेर जति असभ्य यबोलेर हामीलाई थुके पनि हामी रमाइरहेकै छौं ।
अनि हामी स्टालिनको कुखुरो नभएर अरू के हुन सकिएला त ?हामीलाई सर्वत्र खुइल्याउँदा पनि हामी तिनैलाई प्रेम गर्छौं । तिनैलाई बोकेर खालो तार्छौं । तिनैको जुठापुरो खान पाउँदा गौंरान्वित हुन्छौं । अनि तिनैलाई सोध्छौं, हजुरको कुकुरलाई सञ्चै छ ?
यो प्रश्न सोधेका दिन प्रश्नकर्तांको छोराको दुर्घटनामा परि एक दिन अघि मृत्यु भएको थियो । जय जनता । दमक

Author

You may also like