जब बेथिति बढ्छ
भ्रष्टाचार
दुराचार
विकृति
विसङ्गति
बेमेल
टुटफुट
ढिलासुस्ती
आन्दोलन
अनेकन स्वरुपहरुले
देश आक्रान्त बन्छ
तब कलमीहरु एकजुट हुनेछन
न्यायका निम्ति
बिगुल फुक्न सबै एकीकृत
हुने दिन बित्न लाग्यो
अब मुट्ठी फुकालेर बस्नु हुन्न
प्रतिक्रियावादीसङ्ग थरथर काप्नुहुन्न
गरे त गल्ती तिनै
लोकतान्त्रिक गणतन्त्रवादीहरुले
न्याय मारे
डल्लरको खेती गरे
हामीलाई मोलमोलाइ गरे
नगर्ने काम गरे
हामी उठ्नै सकेनौ
गर्नै केके गरेनन ?
सबैलाई उठ्नै नसक्ने बनाए
अनेकन काण्ड घटाए
न घटाएको के नै रहयो र ?
यहाँ हिजोका राजाहरुका नि
राजा बनेर सुबिधा भोगे
देशको अर्थतन्त्र डामाडोल छ
भौतिक संरचना ध्वस्त छन
न बनाउछन कसैले
यहाँ जसले जे गरे नि भो
कान्तिपुर नगरीमा डनवादहरुको हुल छ
त्यही हुलमा रकम बाढाबाढ छ
न देशको चिन्ता न जनताको
नहुने कुरा गर्या छ
अन्दाजीमा यो, उ, त्यो, तिमी,
सर्वनामको प्रयोग
गर्दागर्दै देश डुबेको थाहै नपाउने
जमात अनि हुल छ
आफ्नो विरासत पखाल्न
सुनपानीले धोएको छ
देशमा आर्थिक संकट हुँदासम्म
चु सम्म बोल्ने छैनन
बरु झोले कार्यकर्ताको चिन्ता छ
जसले जे गरोस जस्तो गरोस
न चिन्ता न सहयोगको हात फैलाउने
कोहि कतै छैनन
बरु लुटने
टुटफुट गराउने हुल्लडवादहरुको भीड छ
सडकमा बेस्सरी सुरिला स्वरहरु उर्लिरहेका छन्
किन उर्लिए, के कारणले उर्लिए,
अब के हुने हो ?
गन्तव्य कता जाने हो ? थाहै छैन सरकारलाई
भोक, रोग, शोक, पीडाले छ्टपटाएका
बग्रेल्ती हातहरु आज बिभाजित छन
हिजो जनयुद्धको सङखघोष गर्नेहरु
रातो र रक्तिम झण्डा छोडिरहेछन
अबिराम बिराम छन
कोहि सत्ताका भोका छन
बेमेलको गठबन्धन गर्दैछन
समाजवाद, साम्यवाद बिभाजित छन
हिजोका कर्तुत खोलिन्छ कि भन्नेहरु मिल्याछन
काण्डै – काण्डले भरिएका नेताहरु एकजुट छन
अनि कसरी होला ?
लोकतान्त्रिक गठबन्धनको एकता
पुरानो विरासत भुल्ने
“र” का एजेण्टलाई हारगुहार गर्ने
अनि वादका कुरा गरेर
जनतालाई ललिपप खुवाउने
के यो लोकतान्त्रिक गणतन्त्रको
उपहास हो कि के हो ?
यहाँ बोल्ने कहाँ छन्
कुन दुलोभित्र बस्या छन ?
सत्य – तथ्य समाचार लुकाउने
आज नेताको जी, हजुरीमा छ
बोल्दै बोल्दैन
सेटिङ्गमै समाचार अदलबदल गर्छ
कालोलाइ सेतो भन्नै सक्दैन
सेतोलाइ कालो हो भन्नै सक्दैन
न बोल्न जान्दछ न योग्यता छ
कम्युनिष्ट कमाउनिष्टमा रुपान्तरण भा छ
पुरानो विरासतमा म के थिए ?
कसको घरमा सेल्टर लिएको थिए ?
ती झुप्राका
गरिब, किसान, मुक्त कमैयाँ आज कहाँ छन ?
उनैको जनमतले म आज कहाँ पुगे
लेखाजोखा गर्ने को छ आज ?
छन त तिनै बिचौलिया, तस्कर
मिलिजुलीमा देश दोहन गर्ने
विस्तारवादी मुलुकका मतियारहरु
अनि किन जनतामा आक्रोश र रुष्ट बढदैन ?
किन सडकमा पुराना दलहरु लामबद्द छन ?
पुराना राजारजौटाहरुको विरासत फर्काउन
आज फेरि सडक संघर्ष किन गर्दैछन ?
यो गल्ती कसले गर्यो ?
हाम्रा नेताहरूले कि हामी जनताले ?
यो सम्म लेख्ने आज कलमीहरु बिभाजित छन
नतमस्तक छन
कलमका मसीहरुमा रकमी चलखेल छ
यो सबै फेहरिस्त उतार्ने
तिनै कलाकार हुन
जसले देखेको, हेरेको जीवन उतार्छ अभिनयमा
नेता सबैका साझा भएनन आज
जुन दिशामा चल्नुपर्ने हो त्यो चलेनन
चले त सुन तस्करी अनेकन
काण्डमा लागेर देश दोहन गरे
त्यो सबै जीवन्त उतार्ने कलाकारै हुन
अब उतार्नुपर्छ शब्द चित्र र अभिनयमा ।
हो, आज देश स्तब्ध अवस्थामा छ । हुन सक्ला कुनै दलालहरुले कहाँ छ त्यस्तो अवस्था भनेर कुर्लेलान, कुर्नेहरु कुरुन तर देशको अवस्था दयनीय देखिएको छ , यतिबेला । तपाईंहरु सर्वत्र हेर्नुस, केर्नुस त, यहाँ नेपालकै “र”का एजेण्टहरुकै पेरिफेरिमै सरकार चलिरहेको छ, अहिले । यो सरकारकै एक थरी शीर्ष नेताहरु आफ्नै नेताहरूको खुलेर बिरोध गर्दैनन चुप लागेर बसेका छन , गोप्य रुपमा सरकार ढाल्न कसरत गरिरहेका छन तर सरकार ढाल्ने ल्याकत उनीहरूमा छदैछन । बिनासित्तिमा किन सरकार ढाल्न उद्दत हुनु ? उनीहरूको विरासत हिजो सरकारमै रहदा कति काम गरे, गरेनन त्यो सबै हेर्ने हामी जनतै हौ त । किन अहिले कोकोहोलो मच्चाउनु ? मानव वस्तुगत संसारमै जन्मन्छ, हुर्कन्छ, अन्तरकृया गर्छ र आफ्नो परिवेशको बोली ठम्याइनै चेतनाको रुपमा उसको मन – मस्तिष्क, स्मरण र ब्यबहारमा सङगालिदै जान्छ, यी सबै अन्तरवस्तुको चेतनाको बीज उमार्ने ताकत सबै कलाकारमा हुन्छ, उनीहरूले जीवन्त उतार्छन जनजनमा । अब त्यो उतार्ने भनेका पीत पत्रकारिता गर्नेहरु होइनन, यो बुझे हुन्छ कि तिनै कलाकार हुन जो गाउँदेखि सहरका गल्लीगल्लीमा बर्तमान देशको यो अवस्था ल्याउने नेताहरुको नक्कली चरित्रको अब पर्दाफास गरेर अभिनय कलामा उत्रन ढिला गर्नु हुन्न किनकि देश आज रोइरहेछ, असल नेताको खोजिगरिरहेछ । आउ मिलाउ हाम्रा स्वरहरु, आउ मिलाउ हाम्रा हातहरु ।

Author

You may also like