—ः सत्येन्द्रलाल कर्ण ः—
जब तपाईँ आफ्ना अत्यन्त प्रिय व्यक्ति संग नजिकिन चाहनुहुन्छ भने एउटा यस्तो समय आउँछ जब तपाईँ आफ्नो प्रिय व्यक्ति भन्दा छुट्टिएर बेग्लै ठाउँमा बस्न सक्नु हुन्न, तपाईँको सिंगो व्यक्तित्व र अस्तित्व नै यस्तो मनपराउने व्यक्ति अथवा देचताको व्यक्तित्व र अस्तित्चमा विसर्जन भई सकेको हुनु पर्दछ । जब तपाईँले मान्ने इस्ट देवता वा भगवान नै सुक्ष्म रुपमा तपाईँलाई आफ्नो चुम्बकीय आकर्षणको तरंगबाट बाँध्नु हुन्छ, तब तपाईँको सुक्ष्म शरीर र कारण शरीर भित्र अनौठो किसिमको विधुतीय ध्वनि तरंग पैदा हुन्छ र तपाईँ हर्ष र आनन्दले सम्मोहित भएर बौलाउनु हुन्छ । अघोर पन्थमा तपाईँको अन्तरचेतनाबाट यति धेरै उर्जा प्रवाह हुन्छ कि तपाईँले आफ्नो मन भित्रको अहंकार (इगो) र विचारलाई त्यस व्यक्ति वा देवी देवताहरुको निराकार चेतना र शक्ति भित्र पूर्ण रुपमा एकाकार गराई दिनु हुन्छ ।
राधा र कृष्ण बीचको प्रेम; शिव र शक्ति बीचको प्रेम, राम र सीता बीचको प्रेम, अथवा विष्णु र लक्ष्मी बीचको प्रेम एउटा अघोरी सन्यासी र शिव शक्ति बीचको प्रेम यस्तै अलौकिक प्रेमको उदाहरण हो । राम र सीता, राधा र कृष्ण, लक्ष्मी र विस्णु तथा औघड साधु र शिव शक्ति बीचको दिव्य प्रेममा कुनै भिन्नता रहँदैन, कुनै द्वैधता रहँदैन । भक्त र भगवान एक बन्दछन् । जसरी भौतिक रुपमा दुई शरीर एक आत्मा भएर प्रेम पूर्वक बस्म सक्दछन त्यसरी नै भक्त र भगवानको बीचको सम्बन्ध पनि रहने गर्दछ । यस्तो अवस्थामा भक्त र भगवान संग मिलन भएपछि जीवन मुक्ति हुन्छ तथा मोक्ष प्राप्त हुन्छ । जीवात्मा र परमात्मा एक भए पछि कुनै द्विविधा वा संशय रहँदैन, पाप पूण्य रहँदैन, पवित्रता अपवित्रता रहँदैन, सत्य असत्य रहँदैन, अन्धकार प्रकाश रहँदैन, ज्ञान अज्ञान रहँदैन । सबै प्राणी विश्व ब्रह्माण्डीय चेतना संग एकाकार भएपछि जीवात्मा पनि शिव समान बन्दछन् । यस्तो अवस्थामा एउटा अघोरी साधुको लागि माम अपमान, पाप पूण्य, धर्म अधर्म, सुख दुखले कुनै अर्थ राख्दैन ।
सबै समान हुन्छन् । एउटा अघोरीको भौतिक शरीर जति कुरुप, घिनलाग्दो र त्याज्य झैं देखिए पनि शिव साधनामा निरन्तर रुपमा लागि रहेका कारणले उनी शिव समान नै सम्पूज्य हुन्छन् । अघोरीहरु ‘शिवोहम’ को स्वरुप नै रहेको हुनाले र ‘शिव’ को भक्ति गर्नको लागि नै आफ्नो जीवन समर्पण गरेको हुनाले उनीहरु भगवान कष्णले भगवदगीतामा भने झैँ चार वटै वर्ण( ब्रह्मण, क्षेत्रिय, वैश्य र शुद्रको हैसियत भन्दा माथिको आध्यात्मिक हैसियत प्राप्त गरेका हुन्छन् तथा उनीहरु मिक्ष पदको अधिकारी बनेका हुन्छन् । अघोरीहरुको लागि मसान भूमि अत्यन्त नै मन पर्ने र मनोरम आध्यात्मिक उर्जास्थलको रुपमा रहेको हुन्छ । श्मशान घाटमा अघोरीहरु मानिसका खप्पडहरुको माला लगाएर शव साधना गर्दै शिव र शक्तिको दर्शन र साक्षात्कार अनुभूति पाउनका लागि जुनि जुनि सम कठोर तपस्या र हठयोगहरु तथा तन्त्र प्रयोगहरु गरि रहेका भेटिन्छन् । कुनै समयमा विशाल साम्राज्यको रुपमा रहेको अखण्ड भारत वर्षका सम्राट भतृहरिलाई वैराग्य जागे पछि आफ्नो सम्पूर्ण राजपाट छोडेत आफ्नो कान्छो भाई विक्रमादित्यलाई भारतको राजा बनाएर आफ्नो सम्पूर्ण राजसिक सुख भोग परित्याग गरी अघोरी ‘ नाथ’ सम्प्रदायको औघड सन्यासीको दिक्षा लिएर ‘नाथ’ सम्प्रदायको औघड सन्यासीको दिक्षा लिएर ‘नाथ’ नाथ सम्प्रदायको औघड साधुहरुको नवौँ गुरुको रुपमा प्रसिद्ध हुनु भएको थियो । मानिसको मन भित्र वैराग्य जागे पछि र इश्वर प्रति निस्वार्थ प्रेम भावना र समर्पण जागृत भएपछि अघोरि साधुहरुले सर्वसाधारणलाई सिकाई रहेको भेटिन्छन् ।
अघोरी नागा साधु र सन्यासीहरु त्रिकालदर्शी हुन्छन् । ज्ञान र भक्तिको धारा उनीहरुको नशा नशामा दौडि रहेका हुन्छन् । उनीहरु शिव र शक्तिको प्रेममा लएिका भेटिन्छन् । संसारका हरेक प्राणीको भूत, भविष्य र वर्तमानलाई अघोरीहरुले आफ्नै आँखाले देखे झैँ गरी बताउन सक्दछन् । अघोरीहरुको लागि कुनै पनि प्राप्तब्य वस्तु पाउनु मुश्किल हुँदैन । उनीहरुले पाएका सिद्धिहरु बाट उनीहरु जे पनि प्राप्त गर्न सक्दछन् । उनीहरुले कुनै पनि किसिमको सांसारिक सुखलाई पुर्ण रुपमा नियन्त्रण गरेका हुन्छन् । अघोरिहरुले तान्त्रिक विधिबाट साधना गर्दा मानिसको मृत शरीरको उपयोग गर्दछन् । तन्त्र सिद्धिको लागि युवतीको लाश संग पनि संभोग गर्दछन् । तर, अघोरीहरुले काम वासनाको पूर्तिको लगि नारी सरीरको स्पर्श गर्दैनन् ।
अघोरीहरुले प्रकृतिले उत्पादन गरेका र विसर्जन गरेका कुनै पनि वस्तुलाई भोजनको रुपमा ग्रहण गर्न सक्दछन् । अघोरीहरुले मानव मलमुत्र देखि लिएर मरेका कुकुर र बिरालोको मासु समेत खाद्ध पदार्थको रुपमा लिन सक्दछन् । तर सात्विक साधना गर्ने र मासु मदिरा भक्षण गर्ने अघोरीहरु पनि प्रशस्त संख्यामा भेट्टाउन सकिन्छ । अघोरीहरुले तन्त्र साधना गरि रहँदा आफूलाई चौबिसौँ घण्टा लएिको हुनु पर्ने कारणले गर्दा गांजा, भांग, अफीम, चरस, रक्सी पर्याप्त मात्रामा सेवन गरी साधना गरि रहेका भेटिन्छन् । अघोरी चितामा जल्दै गरेको मानिसको मृत शरीरका अंगहरु पनि झिकेर खाने गर्दछन् तथा शिवको नाम जप गरि रहन्छन् । शव साधना गर्दा खेरि मसान घाटमा मृत महिला वा पुरुषको शव माथि आसन लगाएर बस्दछन् तथा शिव र शक्तिको प्राप्तिको लागि साधना गरि रहन्छन् । अघोरी तान्त्रिकहरुले तन्त्र विधाको सिद्धि गर्नका लागि “पञ्चमकार” अर्थात् पाँच वटा ‘म’ अक्षरबाट छिनिने वस्तुहरुलाई सिद्धि प्राप्त गर्नका लागि प्रयोग गर्दछन् । तामसिक सिद्धि गर्ने अघोरीहरुले शव साधनाका विभिन्न चरणहरुमा मासु, माछा, मदिरा, मैंया र आगोले पोलेको अन्न अथवा मुद्रालाई साधनामा प्रयोग गरेर सिद्धि प्राप्त गर्दछन् । योगीहरुले जिउलाई तंग्रयाउने उत्तेजक पदार्थहरु सेवन गरी योग ध्यान र समाधिमा बस्दा लामो समय सम्म स्थिर रहेर बस्न सक्दछन तथा परमानन्दको अनूभुति गर्न सक्दछन् । साधना गर्दा अघोरी साधुहरुको कुण्डलीनी जागृत भए पछि मूलाधार चक्रमा रहेको प्राण चेतना विस्तारै विस्तारै माथि उठ्दै मस्तिस्कमा रहेको सहस्रार चक्र सम्म पुग्दछ तथा त्यसबेला नै आत्माको परमात्मा संग मिलन हुन्छ । यस्तो अवस्था प्राप्त भएको योगीको पुनर्जन्म हुँदैन । उनीहरु शिवलोकमा जान्छन् र स्वर्गमा वास गर्दछन् । अघोरीहरुले मोक्षप्राप्त गरे पछि जन्म जन्मान्तरको ऋणानुबन्धनबाट छुट्कारा पाउँदछन् ।
संसारमा भएका सबै सम्बन्धहरु स्थायी हुँदैन । आमा, बुवा, छोरी–छोरा, श्रीमान्, श्रीमती, भाई, बन्धु, नाता(गोता, सबै थोक परित्याग गरी साधनामा लाग्नु नै अघोर हो । अघोर साधुहरु संसारको कुनै मायामा बाँधिँदैन। कुनै किसिमको सम्बन्धलाई स्विकार गर्दैन । सबैमा ईश्वरको अंश हुन्छ । सबै समान हुन्छन् । कोही कसैको नातेदार हुँदैनन । सबै पुरुष पिता समान र महिला आमा समान हुन्छन् । अघोर साधुहरु शिव भक्तिमा यसरी समल्लिएका हुन्छन् कि ‘शक्ति’ आफैं तानिएर उनीहरुको अगाडि उपस्थित हुन्छन् ।
शिवलाई सबैकालहरुको ‘महाकाल’ मानिएको छ । महाकाल शिवले चेतनशील मानिसहरुको अन्तर्मनमा ‘उर्जा’ भर्नुहुन्छ । शिव र शक्तिको सम्पुर्ण उर्जा मानिसको प्राण उर्जालाई अझ उर्जाशील बनाउँछ । शिव ज्योति र महाज्योति उर्जाको रुपमा विश्व ब्रह्माण्डमा व्याप्त हुनुहुन्छ । निराकार शिवको उपासना गर्ने उपासकहरुले छिटो भन्दा छिटो समयमा शिवत्वको अनूभूति प्राप्त गर्न सक्दछन् । सांसारीक मोह मायामा फँसेका मानिसहरुले सब भन्दा पहिला आफ्नो अहंकार परित्याग गर्नुपर्दछ । भगवान शिव नै संसारका सबै भन्दा ठूला गुरु हुनुहुन्छ भगवान शिव तपाईँलाई सृष्टिको सम्पूर्ण ब्रह्माण्डीय उर्जाको एउटा अंशियार बनाउनु भएको छ । त्यसैले जीवन बाँच्ने कला र संसारलाई हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्नु जरुरी छ । मानिसलाई सत्य कुरा दिनु पर्दैछ । संसारमा गरेका सबै ऋणनुबन्धबाट छुटकारा पाउनका लागि शिव साधनामा लाग्नु जरुरी छ । यो मानव जीवन एउटा फगत स्मति बाहेक केही पनि होइन । सत्य र असत्य बीचको झूटो पर्खाल भत्काउनु जरुरी छ । शिव नै जीवनका परम सत्य हुन् त्यसलाई बुझ्नु जरुरी छ ।

Author

You may also like