देश–समाज लेख विचार/वहस स्थानीय

दिशाविहीन वर्तमान राजनीतिक बाटो

यात्रा सहज थियो
यात्रागर्ने सारथीहरु राम्रा भएनन
नेपाली राजनीति लावारिस बन्यो
देश चलाउनेहरु भ्रष्ट थिए
दिशा बिहिन यात्रु भए
सही चालक भएनन
पदलोलुप्ता थिए
कहिले यता कहिले उताका भए
अवसरवादका नाइके भए
जनताका सेवक बन्न सकेनन्
न रुप छ
न रङ्ग छ
न सही दिशा छ
न कार्यगत एकता छ
न वाकस्वतन्त्रताको वकालत छ
न कानुन सही बाटोमा छ
न एकरुपता छ
न ट्र्याक छ
यो सबै प्रतिवाद गर्न सक्ने
न कुनै सकारात्मक गन्तव्य पुग्ने पाटो छ
हो, वास्तवमा भन्ने हो भने वर्तमान नेपाली राजनीति सही मोडमा हिड्न सकेन । यसको सबैभन्दा दोषी भनेकै सबैभन्दा ठूला दलहरु हुन, जसले देशलाई बुरुण्डी बनाउन उद्दत छन । उनीहरूलाई देशको चिन्ता भने पटक्कै छैन । खाली धोका भयो, सहमति टुट्यो । “रअ” का एजेण्टले देश चलाएर यस्तो भो भन्ने भ्रामिक भनाइ र गराइले गर्दा यतिबेला देश दिशा बिहिन राजनीतिक बाटोको बेसुरको लयमा दौडिरहेको छ । यो दौडाउने कोहि होइनन, उनै राजनीतिक नेतृत्वनै हुन । उनैले बेसुरको ताल न बेतालको बासुरीको धुन बजाएर देशलाई दोहन गर्ने सबैभन्दा ठूला दलहरुनै हुन । यहाँ हिजो देशलाई बिगार्ने एकतन्त्रीय राज्यसत्ताका पुराना मालिक हुन भनेर हावा गफाडी गफ कसैले नदिए हुन्छ किनकि यहाँ देशलाई अनिर्णयको बन्दी बनाउने पूर्व पन्च होइनन, हुन त तिनै लोकतान्त्रिक गणतन्त्रको बिजारोपणगर्ने राजनीतिक नेतृत्वहरुनै हुन । पुरानो राजनीतिक विरासतलाई पुनरावृत्ति गर्नुपर्दा हामीलाई लाग्छ कि यो देशलाई चौतर्फी रुपमा आलोचित बनाउने हिजोका होइनन आजका राजनीतिक नेताहरूनै हुन । आफ्नो सत्ता आफ्नै हातमा हुँदासम्म केही माख्खो नमार्ने अनि दोषजति पुरानो सत्तालाई लगाउने ठूला दलहरुलाइ लगाउने परिपाटीको बिकास पहिले थिएन तर अहिले जस्ताको त्यस्तै छ । यसलाई हृदयङगम गरेर हाम्रा नेतृत्व अघि सरेनन कहिलेपनि । “ …..सक्यो दैलो देख्यो “, ” कामकुरो एकातिर कुम्लो बोकि ठिमीतिर “ , ” तै रानी मै रानी कसले भर्ला कुवाको पानी “भनेझैं दलहरुले यतिमात्र गरे अरु केही गर्न सकेनन । हामीले यो गर्यौ, यसो गर्यौ भन्ने कुरा मात्र भयो यथार्थमा कामभने पटक्कै गरेनन । गरुन पनि कसरी ? संघीय संसद हलभित्र मन्चन गर्दैगर्दा सचिवालयभित्रै मस्त सुतेर, कुर्सी भाचेर, मानमर्दन गिराएरै समय खेर फालेर बसेको तीतो यथार्थ जनताले समाचार, भिडियोमा हेरिसकेका छन, अब हेर्नू र अवलोकन गर्नुपर्ने ठाउँ उनीहरूले केनै बाकी राखेका छ र ? हैन ढाट्न पनि कति ढाट्नु ? नढाट न काम गर धेरै । जनताको आँखाको नानी बन, नमूना बन । हिजोआज तिम्रा गलत व्यबहार र कर्तुतका कारण चौतर्फी आलोचित बनेका छौ कि पुनः पहिलेको अवस्थामा आउन सक्ने अवस्था रतिभर छैन त्यो त तिम्रो व्यबहारले प्ष्ट्र्याइ सकेको छ । नगर्नु गलत गर्यौ अब सच्चिनु पर्छ भनेर महान नेपाली जनताले जनखबरदारी गर्दासम्म सच्चिने छाटकाट देखिन्न । उल्टै एकले अर्कालाई धारेहात लगाएर गाली गर्न उद्दत हुनु किन ? बचेखुचेको सभासदको लोगो र साख समेत गिर्दासम्म सत्ताको रस चुस्न बिदेशी प्रभुहरुसङ्ग हात जोड्नु कतिसम्म लज्जाजनक कुरो हो । जनता महङ्गीको मारमा छन, युवाहरूलाई स्वरोजगारको सुनिश्चितता छैन । उनीहरूले तालिम लिएका सर्टिफिकेट त्यसै सिरानीमुनि थन्किएका छन । बेरोजगार युवायुवतीहरुको आकर्षणको केन्द्रबिन्दु युवाहरू हुन सकेनन । गुटबन्दीले चरम सीमा नाघिसकेको छ । हिजो जनताका जस्ता समस्यै समस्याका बग्रेल्ती चाङ्गहरु थिए आजपनि उस्तै छन् । जो हिजो वर्गीय रूपमा धनी थिए, तिनीहरू आज सम्भ्रान्त वर्गको अगुवा बनिरहेका छन । यस्तो बेला हिजो पटकपटक जनताको घरदैलोमा गएर प्रतिबद्धता केवल पूरा हुनै सकेको छैन । हिजोकै बयोबृद्दहरुको हातमा सत्ताको चावी छ । घुमिफिरी तिनै पुरानो चाउरी परेका अनुहार र उनीहरूका जीवनसङ्गीनी, नातागोता, कुलकुटुम्बले सत्तामै टासिरहने मौका पाइरहेका छन् । यसको विरुद्धमा चर्को नारा लगाएमा पदीय मानमर्दनसम्म गुमेको तीतो यथार्थ देखिएको छ, यतिबेला । अनि सोचौ, बिचार गरौं त नेपाली जनताले हाम्रा शीर्ष नेताहरूलाई सच्चिनका निम्ति गाली गरेको कुरा सामाजिक संजालमा कति आउन थाल्या त्यो हामी सर्वसाधारण नेपालीले हेरेबुझेकै कुरा हो । हिजोका दिनमा आन्दोलनका उपलब्धि संस्थागत गर्ने क्रममा देखिएका राजनीतिक उल्झनले राजनीतिलाई अनुत्पादक बनाउदै गएको छ भन्नेकुरा नेताहरूनै बुझेर बुझ पचाइरहेका छन । यो सन्दर्भमा भएका आफ्ना गल्ती र कमजोरी सुधार्न नेताहरूको इमानदारी ब्यवहारमा एकरत्ति सुध्रिएको पाइन्न । हामी उनीहरूको भाषण हेरौं, आफ्ना नेताहरूले पाडे गाली गरेर धारेहात लगाउदा सम्म यथार्थ कुरा नबुझ्ने चम्चे र हुक्के नेताहरूको करुण ध्वनि सुन्न पर्दा हामी सचेत वर्गलाई लाजै लागेर आउँछ तर उनीहरूलाई आउन्न । आउनुपनि कसरी ? जबकि प्रत्येक पलहरुमा उनीहरू कालो धब्बा लागेपनि सुनपानीले पखालि रहेका छन, उनीहरूको पुरानो विरासत । यहाँ कसलाई उजुरी गरौ ? उजुरी गर्यो कि कारवाहीमा पर्यो, हो यस्तै भएको छ, बर्तमान नेपाली राजनीति । आज देशमा खालि लोकतन्त्र स्थापना भएको मात्रै हो । तर प्राप्त उपलब्धि संस्थागत हुन सकिरहेको छैन कतैपनि । यहाँ नाममात्रैको छ लोकतान्त्रिक गणतन्त्र, असली गणतन्त्रको नाममा सबै लुटिखाने र भुटिखानेहरुले यसको फल खाइरहेका छन् ।
पुरानो राज्य ब्यबस्थाबाट नेपाली जनता पिल्सिएर बाचिरहेका बेला नेपाली जनताले विल्कुलै नयाँ परिवेशमा नयाँ चिज खोजिरहेको थियो, हिजो । त्यो समेत चक्नाचुर भएर गयो । साचो अर्थमा भन्नुपर्दा पुरानो र मक्किएर जीर्ण हुन थालेसकेको पुरानो राज्यसत्ताले नेपाललाई अघि बढ्न दिएको थिएन भनेर कोकोहोलो मच्चाउनेहरु आज कत्ता हराए ? अनि तिनै पूर्वपन्चहरुले देश लुटे भन्ने कुरामा के छ तुक ? अब त लाजहुनुपर्ने हो उनीहरूलाई गालीगलौज गर्नेहरुलाइ । अहिलेका मन्त्रीमण्डलहरुको विरासत हेरौ न हिजो नक्कली भुटानी शरणार्थीका नाममा खरबौ झ्यामपार्नेहरु आज सरकारका उपल्लो दर्जाका मुख्य मन्त्रीहुँदासम्म उनीहरूलाई कुनै कानुनले पक्रन सक्दैन । सुनपानीले उनीहरूको कर्तुत पखाल्दा भो कि उनीहरू खुलमखुल्ला हिडिरहेका छन, कसैले पक्रेर जेल चलान गर्ने अवस्था रहेन  । अहिले यही अवस्था छ, नयाँ नेपालमा । जनतामा बितृष्णा छ, नेताहरुमा एकरत्ति छैन, चिन्ता । अहिले यही भएर होला शीर्ष नेताहरु चौघेरामा छन, उनीहरूमाथि भौतिक आक्रमण कतिखेर होला त्यो बुझेर बुझि साध्य अवस्था रहेन अहिले । आखिर यस्तो किन भयो होला , कसैलाई सरोकारको बिषय बन्न सकेन ।
जनताहरु केही बुझ्दैनन भन्दैछौ होला
बुझेर नबुझिने भइसके त्यो ख्याल गर
नबुझ्ने त तिमी रहेछौ धमिलो पानीमा माछा मार
कसको हार कसको जीत हुने दिन आयो अब
नढाटी, नछलि काम गर तर नढाट कसैलाई
समानताको आवाज उठाउ भेदभाव बन्द गर ।

Author

You may also like