देश–समाज विचार/वहस स्थानीय

जेष्ठ नागरिकहरुको सम्मान गरौं

“हिजो उमेर थियोे
गर्नै नसक्ने काम गर्यौ
परिवारको लालनपोषण
रेखदेख शिक्षा स्वास्थ्य
इत्याकर्म गर्यौ
आज बूढो भयौ
लौरीको सहारा लियौ
जीवनको बोझ बन्यौ
परिवारको भार बन्यौ
न तिमीलाई रेखदेख न स्याहारसुसार
कसैले हेर्दैनन
हेरेपनि तिम्रै नामको जग्गामा आँखा छ
बार्दलीमा बसेर बलिन्द्र आँखाबाट आँसु झार्दैछौ
नातिनातिनालाइ दुखेसो पोख्छौ
कस्तो बोझ बन्यौ नि
तिम्रा सन्ततिले तिमीलाई हेर्दैनन
जब तिमी उठ्नै नसक्ने भयौ
सबैका लागि तिमी घाँडो बन्यौ
उनीहरू कुनैदिन बूढो होइन्न भन्ने सोच्छन
छोरा बुहारीले हेरचाह गर्दैनन कालन्तरमा भन्ने सोच्दैनन
ए बुवा ए आमा
नहतासिनुस कर्मको खेल हो यो
बचेखुचेका बृद्धबृद्दालाई दिएको रकम जम्मा गरि राख्नुस
जिन्दगीमा कहिले हरेस नखानुस
जिन्दगीमा कहिले हरेस नखानुस
जिन्दगीमा कहिले हरेस नखानुस ।”
हो, वास्तवमा हाम्रा जेष्ठ नागरिक बुवाआमाहरुको दीनचर्या यसरीनै बित्दैछ, हिजोआज । “घरले जाजा र बनले आइज आइज” भन्ने उमेरमा हाम्रा जिजुबाजे आमाहरुको अवस्था आज दारुण बन्दै गएको छ । हिजो उनीहरूले हामीलाई आशीर्वाद दिए, मीठोमसिनो खान दिए, पारिवारिक सुख दिए । जब जब उमेर ढल्किदै गयो अनि सम्पत्ति प्राप्त गर्ने नाममा आफ्ना जन्म र कर्म दिने अभिभावकहरु घरका परिवार सबैका लागि बोझ बन्न पुगेका छन । धन भनेपछि महादेवका तीन नेत्र खुल्छन भनेझै हिजोआज सम्पत्तिमा र्याल चुहाउने छोराछोरीहरु बुवाआमालाई जबरजस्ती जग्गा पास गर्न लगाउने र उनीहरूलाई टचरदिएर घरबाट खेदाउने गरेको खबर अनलाइन पत्रिका र समाचारमा दिनका दिन आएका छन । उनीहरू कति निर्दयी छन आखिर किन यस्तो निन्दनीय काम गर्दैछन बृद्धबृद्दाहरुलाई ? के उनीहरूको पछि उमेर ढल्कीदै जादा यो अवस्था आउँछ या आउँदैन किन हेक्का नराखेका होलान ? एउटा भनाइ छ नि – “आगो ताप्नु मुढाको, कुरो सुन्नु बुढाको”, “मातृ देवो भव : पितृदेवो भव :” उपमाले जेष्ठ नागरिकलाई सम्बोधन गर्ने पुरानो परिपाटीको ठाउँमा सुड्डो, ड्याड, थाङने बुढा, गनगने बुढी जस्ता अपशब्दले अपमानित हुन थालेका छन बृद्ध बुवाआमाहरु । साचो अर्थमा भन्नुपर्दा माथिको पङतिले बताउँछ कि जेष्ठ नागरिक माथि कुनै न कुनै हिसाबले दुब्र्यबहार हुने क्रम जही त्यहीँ छ । कसैले घरबाटै खेदेको, अपहेलना भएको जबरजस्ती वृद्धआश्रममा लगेर राखिदिएको घटका हामीले देखेका, सुनेका छौं । खासगरिकन ६० बर्षभन्दा माथिका उमेर समूहलाई जेष्ठ नागरिक राज्यले सम्बोधन गरेतापनि उनीहरूको दुःखी आत्मालाइ कसैले सम्बोधन गर्नै सकेको छैन । वर्ग, लिङ्ग, वर्ण, जाति र शारीरिक अवस्थालाई मध्येनजर नगरी उमेर समूहको आधारमा जेष्ठ नागरिकको दर्जा दिने क्रम कानुनी ब्यबस्था छ । जेष्ठ नागरिक जो दुरदराजमा बस्छन, उनीहरूको छुट्टै पीडा ब्यथा छ । सुगम र सहरमा बस्नेको छुट्टै पीडा छ । त्यो पीडा र ब्यथामा मलमपट्टी लगाइदिने कोहि भएनन । न माया न दया न सुख पाए त दुःखै दुःख । अरु केही पाउन सकेनन । धनी, गरिब, शिक्षित, अशिक्षित सपाङ्ग, अपाङ्ग प्रत्येक नागरिकहरुको कहानी बेग्लाबेग्लै छ । अहिलेका प्रत्येक बृद्धबृद्दाले आफ्नो पहिलो दायित्व परिवारबाट सुरु हुन्छ । आफ्ना सन्तानको पालनपोषण, शिक्षादीक्षा, सामाजिक दायित्व पूरा गर्दै राष्ट्रको लागि समर्पित योगदान गरेको हुन्छ । जब शारीरिक र मानसिक रूपमा अशक्त हुन्छ तब परिवार, समाज र राज्यले जेष्ठ नागरिक माथि कुनै न कुनै प्रकारले सेवा सुबिधा उपलब्ध गराउन सकेको खण्डमा राज्य लोककल्याणकारी हुने थियो । तर राज्य गुमनाम छ, माफियातन्त्रको जालोमा फसेको छ । नेपालको संविधान २०७२ मौलिक हक अन्तर्गत भाग ३ को धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख छ । त्यही संविधानको मर्म अनुरुप महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अहिले बनेको छ । आज विश्वमै सबैभन्दा बढी उमेरसम्म बाचिरहेको ब्यक्ति नेपालमा रहेको तथ्यांक भेटन सकिन्छ । तर प्रचारप्रसार र राज्यको भूमिका प्रभावकारी नभएकोले विश्वमा बढी समयसम्म बाच्ने मानिसको सूचीमा नाम दर्ज गर्न हाम्रा नेताहरुको ध्यान केन्द्रित छैन ।
यो भन्दा लज्जाजनक बिषय अरु के पो हुन सक्ला र ? बृद्धअबश्थाका बुवाआमाहरुलाइ नयाँनयाँ योजना ल्याइदिएर मन फुरुङ्ग बनाउछ, च्याउ उम्रेझै उम्रीदै गरेका सरकारहरु । त्योपनि चुनाव आउनु भन्दा अगाडि । अनि ती एजेन्डा कहाँ पुग्छन कहाँ ? २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा बृद्धअबश्थाका बुवाआमाहरुलाइ भत्ता बाढेको थियोे, उतिबेला यो काम सबैको लागि हाइहाइ भयो, यसैलाइ निरन्तरता सबै सरकारले दिए । यो क्रम अहिलेपनि जारी छ, यसलाई हामी सबैले राम्रै मान्नु पर्छ । तरपनि बृद्धअबश्थाका बुवाआमाहरुको हातमा घरकै परिवारबाट त्यो रकम उनीहरूको हातमा पर्दैन । तपाईं हामी पाटीपौवा, चौतारी, बरपिपल, चियाचमेना गृहमा हेरौ हाम्रा मातापिताका अर्तनाद मन थाम्नै नसक्ने गरी रिस उठेर आउँछ हामीलाई ती निर्दयी आत्माहरुको कर्मदेखि । हाम्रो समाज कसरी बेथितितिर लम्किरहेको छ ।
किन मानवीय मूल्य र मान्यताको गरिमालाइ भुलेर कुकर्म गर्दैछ । पुराण, महायज्ञ, स्वस्थानी लगायतका ध्यान योग्य कर्मतर्फ हामी लागिरहदापनि किन सच्याइ काम गर्दैनौ, हामी । दान दिन, सहिष्णुता कर्म गर्न, विधिविधानको कर्म गर्न उद्दत हुँदापनि हामी किन मनुष्य बन्न सकेनौ । दिमागमा कुकर्म गर्ने, जालझेल गर्ने, आफूभन्दा ठूलालाइ मानसम्मान नगर्ने, कालो धनकै पछि लाग्ने, आफ्ना कर्तुत लुकाउने परिपाटीको अन्त्य हुने कहिले ? अबको यसकोपनि अन्त्य हुनुपर्छ । अबका दिनमा जेष्ठ नागरिकले आर्जेको सम्पत्तिमा इच्छापत्रको ब्यबस्थापन हुनुपर्छ । जुन इच्छापत्र जेष्ठ नागरिकले चाहेको बखत सहजै रद्धगर्ने कानुनी ब्यबस्था गर्नुपर्छ । यसको आधारभूत सिद्धान्त अनुसार हालको जेष्ठ नागरिकले हासिल गरेको पैतृक सम्पत्ति वा आफूले आर्जन गरेको सम्पत्तिमा निजहरु जीवित छउन्जेल अंश नलाग्ने प्रष्ट कानुनी प्रबन्ध गर्नुपर्छ । यसमा सबै सरोकारवाला पक्षको ध्यान केन्द्रित हुन सकोस ।

Author

You may also like