नरपति पाण्डे
०६२/०६३ को जनआन्दोलनलाई क्रुर तरीकाले दबाउन दरबारलाई सल्लाह दिने अपराधीहरुको खोजबीन गर्न बनेको कृष्णज¨ रायमाझीको आयोगले दोषी प्रमाणित गरेको व्यक्तिलाई एकाएक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने प्रमुख व्यक्ति पनि यही गणतन्त्रमा प्रधानमन्त्री भए । जनआवाजलाई कुनै कानले नसुन्ने कानुनका मान्छेहरु पनि प्रधान न्यायाधिशहरु भए । अख्तियारीलाई चरम दुरुपयोग गर्ने मान्छेहरुलाई पनि यही गणतन्त्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त पनि बनाए । लोकतन्त्रको मर्मलाई च्यातचुत पारेर खुशी मनाएका कानुनी मान्छेहरु आज नेपालको सम्पूर्ण पक्षमा चर्चाको शिखरमा चोलेन्द्र शम्शेर जबरा छन् । कोही चोलेन्द्र शम्शेर जबरालाई हटाउन कस्सिएर लागेका छन् । कोही जोगाउन विभिन्न दाउपेच गर्दैछन् ।
केही समय पहिले प्रजातान्त्तिक समाजवादका खेलाडीहरु लोकमान बचाएर आङ्खनो बनाउन लागेका थिए । नेपालको प्रजातन्त्र वा लोकतन्त्रको पर्यायबाची शान्ति समृद्धि सुशासन खेलोफड्कोको कुश्ती मैदान भएको देखिन्छ । मुलुकका जनताको सार्वभौम भूमिका, सामरिक क्षमता र राष्ट्रिय अीसमतालाई एउटा पराइ राष्ट्रको राजदूतावाससँग मिलेर काम गर्ने कुरा गर्न कुन देशभक्त नेपालीलाई आँट आउँछ ? मुलुकको हित विपरित छिमेकी राष्ट्रको हदैसम्मको चाकडी गरेर नेपालको अस्मितालाई उनीहरुको छायाँमा पार्ने र दोष अरुलाई थोपर्ने आफु पानीमाथिको ओभानो हुने खेलमा सत्ताका किराहरु लागिरहने प्रवृति कस्तो घिनाइलो छ ।
यही गणतन्त्रको शिशुकालमा एकताका भारतका राष्ट्रपति कमाण्डो र्फोस सहित ०६५ कार्तिक १७, १८ र १९ गते नेपाल भ्रमणको नाममा बोलाएर सरकारले जुन जात्रा काठमाण्डौंमा देखायो त्यो भारतीय शासक वर्गसँग गरेको आत्मसमर्पण नै थियो । यस जात्राको पृष्टभूमि २०६२ साल मंसिर ५ गते नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारी थियो । यसको खुलासा मुखर्जीले भ्रमण बखतमा बारम्बार दोहो¥याउन भ्याएका थिए । बाह्रबुँदे सहमति झट्ट हेर्दा नेपालमा शान्ति स्थापना गर्ने माध्यम जस्तो देखिन्छ तर यसले सिर्जना गरेको विषाक्त पीडा नेपाललाई कहिल्यै समृद्धशाली बन्न नदिने नै छ । त्यसले उब्जाएका अनेकौं खहरेहरुले अचानक बनेको संबिधान कार्यान्वयन हुन नदिने छाँटकाँट देखिन थालेको छ । जनता बलियो हुने शासकीय संरचना(गा.वि.स., नगरापालिका- जि.वि.स.हरु २५/२६ वर्ष अगाडि ध्वस्त बनाएर अगाडि बढेको सत्ता लोभिपापीहरुको सञ्जाल माथिदेखि तलसम्म तिनै जनताको रटान गर्दै सत्तासुखमा रमाइरहेका छन् । संविधानसभाबाट कष्ठपूर्ण तरीकाले बनेको संबिधानलाई अहिले जाथाभावी अर्थ अनर्थ गरेर बिकलाङ्ग बनाइसकेको छ । अपराधधको जगमा क्रान्ति र भ्रँन्तिका डेडअक्कलीहरुलाई सत्ता र शँिक्तको अवसर बनाइ रहनु राजनीतिक मजाको सुख भएको छ ।
नेपाली जनताले खोजेको अपराध होइनथ्यो । विपन्नता दरिद्रता र असमानताहरु हटाउने उन्नत राजनीतिक व्यवस्था माग गरेको थियो । तर क्रान्तिको नाममा हत्याका साजिसहरु उपहारहरु पाए । अपराधको नया“ कलेवरमा अन्याय, शोषण र प्रभुत्व पो पाए । नेपाली समाजको ऐतिहासिक कल¨हरुस“गै मुलुकको अस्तित्वमाथि चिलहरु पो जन्मिए । कस्तो विडम्वना विदेशीहरुको उक्साहटमा क्रान्तिको घोडा चडेर मानिसको हत्या । आर्थिक अपराध । नैतिक व्यभिचार । कस्तो कुकृत्य । दुष्कर्मको लागी विदेशीहरुको सहारा लिएर गरिब जनताका छोराछारीहरु उचालेर सानो मुलुकको चोला उठाउने कस्तो आ“ट ? कस्तो चेतना ? कस्तो अस्तित्व ? सशस्त्रको धाकमा अनैतिकताको रासलिला कस्तो सा“स्कृतिक क्रान्ति ? कम्युनिष्टको थपना माक्र्सको जपना समानताको सपना ? कस्तो परिवर्तनको आश ? शान्तिपूर्वक बाच्न चाहनेहरुलाई मसानघाटमा बास । कस्तो नौलो जनवाद ?
सत्ता समाजलाई उन्नत बनाउने एकमात्र सामाजिक संयन्त्र हो कि निश्चित गुट पालिने आर्थिक सिनो ? राजनीति तस्करी एउटा भयानक वर्तमान भएर भविष्यलाई निलिरहेको छ । वादहरुले असभ्य संस्कृति हुर्काइ रहेको छ । विरुप राजनीतिले जन्माएका अपराधहरु समाज रुपान्तरणका वैरी हुन् । दरिद्र परिवार समाजको लघुरुप हो । असंख्यक परिवारहरुको सञ्जालले ढाकेको हाम्रो समाज कति बिरुप होला ? नेपाली समाजको २५÷२६ वर्ष अगाडिदेखिको समाजको सुक्ष्म अध्ययन गर्ने हो भने राजनीतिको घृणित खेलले जनताको सम्पूर्ण पक्षहरुमा हिनता विकास गरेको प्रमाण्ति हुन्छ । समग्र समाज गरीवी र बिपन्नताको संघनता भएपछि मुलुक त्यसैपनि बिपन्न तथा गरीब भईरहन्छ । “मुलुकलाई पछौटे बनाउने नया“ वाद मार्गीहरु हुन्” भन्ने आ“खै अगाडि देखिदै गएको छ ।
वादहरु समाजलाई उन्नत बनाउने पथप्रदर्शक दर्शनहरु हुन् । अरु मुलुकमा वादहरुले ठुलो भरोसा गरेको छ । तर हामूो देशमा त वादहरु हत्यारा बनेको छ । दस वर्षमा नै सत्र हजार भन्दा बढी मानिस मा¥यो वादले । वाद जनताको लागी बनेर आएन । “वाद” त सम्राट वा बादशाह बनेर आयो । भारतले सघाए छ । २०६९ साल साउन १६ गतेको पाक्षिक हिमाल खबर पत्रिकाले सम्पूर्णताको महत्वपूर्ण अंशहरु बु¤ने गरी छापेको थियो । बादशाहहरु मौन छन् । किनभने चक्रधुम गरेर आºनो शान बनाउनेहरु कुकर्मलाई बहादुरी ठान्दछन् । सत्ता हिनताले विकार जन्मायो । क्रान्तिको अल्पताले मुलुकलाई युगौंसम्म दलदलमा फ“साउ“दै जानेछ । नेपालको राजनीतिक परिवर्तनहरु गरीबीका नामबाट सधै घिसारिएको छ । दर्शनका भिखारीहरुलाई सत्ताको दान मिलिरहेछ ।
पछौटे मुलुकमा राजनीति एकमात्र पेशा बनाउने “वाद” उद्योगपतिहरु नेपालमा मात्र धनाढ्य हु“दै गएका छन् । त्यो “वाद” उद्योग गरिब जनताको नाममा खोलिएका छन् । यो नेपाललाई दीर्घकालसम्म निचोरि रहने उद्योग हो । वादशाहहरु आºनो गल्तीलाई फर्केर हेर्दैनन् । बरु उल्टै आरोप भनेर तिखारिन्छन् । “वाद” उद्योगका विचरा कुल्लीहरु । कार्यकर्ता । बाठो कार्यकर्ता समेत धनाढ्य बनिसक्यो । बादशाहमा रुपान्तरण हु“दैछ । ‘जिन्दावाद’ ‘मुर्दावाद’, को अर्थ नबु¤ने कार्यकर्ताहरु आफैले सिर्जना गरेको हत्या र आतङ्कबाट पिल्सिएको आजभोली अलिअलि थाहा पाउ“दै छन् होला । मान्छेको घर लुटेर क्रान्ति । घु“डा भा“चेर क्रान्ति । आ“खा फुटाएर क्रान्ति । एकजना फरक विचारका कार्यकर्ताको नलिखुट्टो चट्टालमा राखेर बञ्चाराले छियाछिया पारेको घटना देखेको मेरै नजरले । कस्तो हाम्रो वाद ? तर्कमा क्षमता नभएको । कर्ममा विश्वास नभएको । इमानमा गर्व नभएको । दर्शनमा आस्था नभएको । स्वाभिमानमा सान नभएको । कति निच राक्षसी वाद भित्रियो वा सल्कियो ? चुरेवाद । मधेसवाद । जनजातीवाद । हिमालवाद । पहाडवाद । उपत्यकावाद । जातवाद ।
आज हामी अभाव, मह¨ी, बेचैनी र अशान्ति खपेर भए पनि “वाद” उद्योगका मजदुर भएका छौं । सोह्रौं शताब्दिका दास झैं । मालिक विदेश जान्छ । के साजिस बोकेर आउ“छ कार्यकर्ता वा मजदुरलाई थाहा हु“दैन । उद्योग छोड्दा अर्काले विश्वास गदैंन । मालिकले रासलिला गर्दा पनि क्रान्ति जप्नु पर्ने । विदेशी सामु झुक्दा पनि का्रन्ति भन्नु पर्ने । भ्रष्टाचार गर्दा छलाङ् ठान्नु पर्ने । व्यभिचार गर्दा पनि क्रान्ति जिन्दावाद भन्नु पर्ने । कस्तो दर्शन ? कार्यकर्ताका लागी भालुको कम्पट नै भएको छ । नागरिकहरु टुलुटुलु त्रसित । अपराधको निरन्तरता । वादहरुको सिखण्डी सञ्जाल । धूर्तहरुको बगाल । विदेशीहरु सिठ्ठी बजाएर नेपाली मानव भालुहरु नचाउदै छन् । वितण्डाको नाचमुनी निरिह नागरिकहरु कुचिदै छन् । फर्किएर हेर्ने छैनन् अवसरवादी वादशाहहरु ।
राजनीतिको वृतमा घुमिरहेका नेपाली अक्टोपसहरु अर्काहरुको उक्साहटमा सत्ताको हतियारद्वरा देशलाई नयाँ सिक्किम बनाउन उद्यत रहेछन् । दलबाट तल झरेर दलाल बन्दैछन् । संविधानसभा त प्रोपोगण्डा । “गरिब” निउ बनाउने परम्परागत माध्याम । नागरिकहरुबाट जनादेश प्राप्त गरेपछि जोक्करको भूमिका सत्ता ढान्न र बनाउन यता पनि मिल्ने उता पनि । व्यभिचारका पर्यायवाची । क्रुरताका अनुरागी । क्रान्तिका जल्लाद । प्रजातन्त्रका खुराफा“ती । समाजवादका छलकपटी । अपराधको दर्शन बडो क्रुर हु“दोरहेछ ।
अपराधको चाङ्मुनी निस्सासिएका नागरिकहरु चिच्चाएर उठ । यदि मुलुकलाई आत्मनिर्भर र समृद्धशाली बनाउने हो भने सिल्लीहरुले ढाँटेर, छलेर, झुक्याएर, फकाएर, धम्क्याएर, जोरजबर्जस्ती गरेर निर्माण गरेका सत्ताका किल्लाहरु भत्काउन र यिनीहरुलाई नङ्ग्याउन आ–आङ्खनो कर्मथलोबाट उठ । “वाद” उद्योगपतिहरुले वादका अर्को मालिकलाई बेच्न लागेका छन् । परमाधिपति बन्दै गएका नकावधारी यि मालिकहरुलाई सक्कली दर्शन तर्फ फर्काउन नागरिकहरुले नै ऐंचाउनु पर्नेछ ।