लेख

मदिरा नियन्त्रण र निषेधको आवश्यकता

प्राचीनकालमा देवता र असुरहरु माझ लामो समयसम्म भयंकर युद्ध मच्चिएको कुरा हामीले सुनेका र पढेका छौं । पुराणहरुका अनुसार दिति र अदितिबाट जन्मिएका एउटै बाबुका सन्तानहरुमा दुइखाले संस्कार र संस्कृतिको उद्भव भएपछि असुरहरु राक्षसी सभ्यताका समर्थक भए भने सुर अर्थात् देवताहरु देव संस्कृति अर्थात् ब्राह्मण संस्कृति फैलाउने र त्यसको संरक्षण गर्ने कार्यहरुमा संलग्न भएका थिए । युद्धपछि युद्ध निम्त्याउँदै पनि शक्ति सञ्चय गर्नका लागि हातेमालो गर्दै देवता र असुरहरुहरले संयुक्त रुपमा समुद्र मन्थन गरेका थिए । समुद्र मन्थनबाट निस्केको विष कलशलाइै देवाधिदेव महादेवलाई जिम्मा लगाइ समुद्र मन्थनबाट प्राप्त भएको सोमरसले भरिएको अमृत कलशलाई भगवान विष्णुको जिम्मामा राखिएको थियो भने भगवान विष्णुले सुन्दरी नारीको रुप धारण गरी असुरहरुलाई छक्याउँदेै देवताहरलाई अमृृृत भनिएको सोमरसलाई पिलाउन सफल भएका थिए । असुरहरुको गुप्तचर राहुले अमर हुने लोभले भेष बदलेर अमृत खान खोज्दा भगवान विष्णुले आफ्नो सुदर्शन चक्रले राहुको सिरलाई दुइ टुक्रामा विभाजन गरेका थिए । यस्तो प्रतीक कथाहरुबाट सोमरस अर्थात् रक्सीको उपभोगमा देवता र असुरहरुबीच ठूलो सामञ्जस्य थियो भनेर भन्न सकिन्छ ।
विदेशीहरुको आँखाबाट हेरिने नेपालमा ‘सूर्य अस्त नेपाल मस्त’को उखान चरितार्थ भइरहेको सन्दर्भमा नेपालको सामाजिक जनजीवनमा मदिरालाई एउटा जीवनोपयोगी पेय पदार्थको रुपमा लिने गरिन्छ । संभवतः यसैे कारणले नेपालका राजपरिवारका व्यक्तिदेखि कतिपय टपरे बगरे सम्मका मान्छेहरु उत्तम भन्दा उत्तम मदिराका पारखी हुन्छन् । कतिपय पेैसावाल ,धनी बाबुका छोराछोरीहरु विदेशी मदिराका पारखी हुन्छन् । ठूला ठूला होटेल ,पार्टी प्यालेस र सभा समारोहहरुमा खुलेआम मदिरा सेवन गर्ने र आनन्द मनाउने गरिन्छ । देखासिकी गर्दै गरीब परिवारका सदस्यहरु पनि प्रदर्शन प्रभावमा परेर आप्mनो जायजेथा भ्mवाम्म पार्दै सके विदेशी नभए स्थानीय उत्पादन भएको गाुणस्तरहीन मदिरा उपभोग गर्दछन् । ठूला ठूला डान्स पार्टीहरुमा हात हातमा मदिराका बोतलहरु लिएर उच्च पदस्थ सरकारी ओहदावालहरु र मन्त्री ,सांसद ,पार्टी कार्यकर्ताहरु समेत सबैेको सहभागितामा सहभोज र आनन्द मनाउने कार्यक्रमहरु आयोजना गरिन्छ । आजकलका सम्भ्रान्त परिवारहरुमा त झन दराजहरुमा रक्सी सजाएर राख्ने र पाहुनाहरुलाई त्यसैेबाट स्वागत गर्ने विदेशी र पाश्चात्य संस्कार समेत बढ्दै गइ रहेको छ । नेपाली संस्कृतिमा रक्सी यति महत्वपूर्ण मानिन्छ कि कतिपय ठाउँहरुमा देवी देवताहरुलाई समेत रक्सी भोग लगाइन्छ र रक्सी चढाएर पुजा आजा गर्ने गरिन्छ । नेपालीहरुको जविनशैली ,कला र इतिहासमा रक्सी खाएको झोंकमा ठूला ठूला घटनाहरु घटेका थुप्रै सत्यकथाहरु भेट्टाउन सकिन्छ । राजा वीरेन्द्रको हत्या र वंशनाशका घटनाहरुबारे पढ्दा र सुन्दा मानिसहरुको जीवनमा हानि नोक्सानी पु¥याउने मादक पदार्थलाई खुल्लमखुला उपभोग गर्न दिनु मुर्खता सिवाय केही पनि होइन जस्तोे लाग्दछ ।
वास्तवमा नेपाल जस्तो विकासोन्मुख र गरिबीको रेखामुनि जीवन यापन गर्ने असहाय नागरिकहरुको हकलाई राज्यले उपेक्षा गर्र्नुुे उचित होइन । ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झैं राज्यले आप्mना नागरिकहरुलाई गुणस्तरीय जीवनका लागि आवश्यक हुने वस्त र सेवाहरु दिनु पर्नेमा चोक चोक र गल्ली गल्लीहरुमा ,पसल पसलहरुमा रक्सीको बिक्री वितरण खुला गरिनुले जनकल्याण्कारी सरकारको नीति र नियतमा खोट छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।नागरिकहरुको जीवन र स्वास्थ्यसंग खेलबाड गर्ने सरकारको मदिरा उत्पादन र बेचबिखन गर्न दिने नीतिले सरकारको राजस्वमा त केही वृद्धि पक्कै पनि गराउला तर कर उठ्ने लोभले सरकारले कति जोखिम मोलेको छ त्यसका बारेमा संसदमा चर्चा सम्म सुनिँदैन । चोरको खुट्टा काट भने झैं खुट्टा काट्ने बेलामा आफ्नै खुट्टा पो पर्छ कि भन्नेमा देशका हर्ताकर्ताहरुको मानसिकता पुगेकोले देश भाँडिने अवस्थामा नपुग्ला भन्न सकिन्न । हो यो कुरा सही हो कि देशभित्रका केही परिवार वा जात जाति वा समूहहरु उच्चतम उपभोगको अवस्थामा पुग्ने हैसियत राख्दछन् र उनीहरुलाई उपभोगको स्वतन्त्रता दिनु सरकारको कर्तव्य पनि हुन्छ ,तर निरपेक्ष गरिबीको कुचक्रमा फँस्नेहरुको उपभोग प्रवृत्तिलाई बिगार्न राज्यले आप्mनो ढुकुटी भर्नु र सबैलाई खुला छाड्ने कार्र्य सही होइन ।
राज्यका नीति निर्देशक तत्वहरु जनताको उपभोगको सवालमा नीति र नैतिकता युक्त दृष्टिकोणको पक्षपाती हुनु पर्दछ । गाउँ गाउँमा खुल्ने र शहरशहरमा खुलिरहने नयाँ नयाँ बार र रेस्टोरेन्टहरुमा रक्सीको उपभोगलाई आनन्द मनाउने पेय पदार्थको रुपमा प्रयोग गरिन्छ । रक्सी सेवनका आप्mनै फाइदा र बेफाइदाहरु हुन सक्दछन् । रक्सी र मदिरा उत्पादन, ठेक्कापट्टा गर्ने र बेचबिखन गरी जीवनयापन गर्ने कार्यबाट हजारौं व्यक्तिले रोजगारी प्राप्त गरेका हुन सक्दछन् । हिमाली र पहाडी क्षेत्रहरुमा त झन रक्सी सेवन गर्ने कार्यलाई भौगोलिक आवश्यकताको रुपमा जाडो छल्न अनिवार्य हुने मादक पदार्थको रुपमा रहेको तर्क पनि सार्न सकिएला । तर नेपाल जस्तो देश जहाँ सरकारले हरेक कुरो विदेशी दाताहरुका अगाडि हात फैलाएर माग्दछ त्यहाँ इन्द्रको अगाडि स्वर्गको बयान गर्नुृ बेकार हुन्छ ।
हाम्रै छिमेकी देश भारतका धैरै प्रान्तहरुमा मदिरा उत्पादन र बेचबिखन गर्ने कार्य लाई पूर्णरुपमा निषेध गरिएको छ । बिहार ,उत्तर प्रदेश र बंगालतिर बाट भारतीयहरु नेपाली बजारमा आइ मदिरा पिउने र तलतल मेटाउने तथा रहर पूरा गर्ने गर्दछन् । नेपाल जस्तो अत्यन्त कम मात्रामा पुँजी निर्माण र बचत हुने देशमा मुद्रारुपी धनलाई रक्सीमा उडाउनु कति हदसम्म जायज छ भनि सोच्नु आवश्यक छ । यो एउटा विचारणीय पक्ष पनि हो । मदिराजनित उन्माद र आवेशले उब्जाएको अश्लीलता र महिला हिंसा तथा अपराधबाट समाजलाई कसरी जोगाउन सकिन्छ ,यस सम्बन्धमा यथार्थ परक ढंगले पहल गर्नु आवश्यक रहेको देखिन्छ । एउटा अनुमान अनुसार उच्च हिमाली भेग र पहाडीक्ष्ोत्र तिर करीब ८० प्रतिशत मानिसहरु मदिराका पारखी हुन्छन् भने तराइ तिर घटीमा २० प्रतिशत व्यक्तिले रक्सी सेवन गर्ने तथा ताडी सेवन गर्ने गर्दछन् भन्ने अनुमान छ ।दुव्र्यसनीहरुको पृष्ठपोषणबाट मुलुकलाई पुग्न सक्ने अपूरणीय क्षति बारे अनुमान गर्न अत्यन्त कठिन छ । गाँजा ,भाङ ,ताडी ,दारु तथा लागुपदाथहर्रुको अवैध व्यापारले देशलाई पु¥याएको क्षति बारे यकिनका साथ भन्ने स्थिति छैन । देशका अमूल्य युवा शक्ति कुलतमा फस्देै छन् ,प्रतिभाहरु विदेश पलायन हुने क्रम बढ्दो छ । यस सम्बन्धमा नागरिक समाजले चिन्तन गर्नु र सरकार माथि मदिरा नियन्त्रण वा निषेधको लागि दबाब सिर्जना गराउनु आवश्यक छ । मदिरा निषेधबाट ५० प्रतिशत यस्तो अपराधमा कमी आउन सक्छ, कमी नआएर कसैले गम्भीर फौजदारी अपराध गरे सजायका रुपमा आजीवन कारावास दिन सकिन्छ । ८५ प्रतिशत दुष्कर्म वा यो भन्दा पनि घिनलाग्दो निम्न श्रेणीका अपराधहरु समाप्त हुन सक्छ । नेपालको संविधान २०७४ मा मदिराको ओसार पसार र उत्पादन तथा बिक्री वितरण र उपभोगलाई निषेध गर्दे संविधानमा संशोधन गर्नु आवश्यक छ । देश र जनताको स्वास्थ्य संग खेलबाड गरेर देशलाई सार्वभौम र स्वाभिमानी बनाउने समाजवादी परिकल्पनालाई साकार पार्न मदिरा सेवन र मदिरा बिक्रीलाई व्यवस्थित बनाउनु जरुरी छ ।

Author

You may also like