अचेल एउटा कुराको धेरै चर्चा चल्छ । त्यो हो, मान्छेको अन्तरमुखी चरित्र । निकै आलोचना पनि हुने गरेको गर्छ यस्ता मान्छेको । जस्तो कि प्रधानमन्त्री बालेन्द्र शाह । यो कुरा संझिरहँदा यसपालिको नोबेल साहित्य पुरस्कार क्यानाडाकी लेखिका एन्ना कार्सनलाई दिइएको समाचार पनि आयो ।
यति ठूलो पुरस्कार पाउने एन्ना र उनका कृतिहरूको बारेमा पढेपछि यति कुरा लेख्न मन लाग्यो । उनको लेखन शैली यति गज्जपको छ कि उनी के लेखिरहेकी छिन भन्दा कसरी लेखिरहेकीछिन भनेर दिमाग हल्लिन्छ ।
त्यो अन्तरमुखी शैली हो । अर्थात् इन्ट्रोभटेट स्टाइल । उनाका कविता कता कता बग्छन् पत्तै हुँदैन । कविता गद्य, नाटक, दृष्य कला हुँदै पैmलिन्छन् । एउटै बिधामा नअडिने । उनका कविता पढ्दै गर्दा लाग्छ उनी कविता लेख्दैछिन् नाटक, उपन्यास लेख्दैछिन कि निबन्ध पत्तै नहुने । अनि सबै बिषयहरूलाई मिसाउने र अन्तरसम्वादमार्पmत पस्किने । अर्को कुरा, शास्त्रीय विषयलाई घोलेर त्यसलाई नयाँपन दिने उनको शैलीले पाठकहरूलाई शास्त्रीय चिन्तनप्रति रूची जगाउन काम पनि गरिन् ।
टुक्रा टुक्रामा दुनियाँलाई देख्नु र त्यही टुक्रामा समग्रता खोज्नु अहिलेका आवश्यता पनि हो र उनले त्यही गरिन् । प्राज्ञिक भन्ने शब्दालाई उनले भावनको उपजसंग जोडेर लेखनमा वस्तुगत भन्ने कुरा आपैmमा केही होइन भन्ने कुरा प्रमाणित गरिन् । अन्तर्मन भन्ने कुरा नै मान्छेको प्रमूख र शक्तिशालि हतियार हो । कुनै पनि भाँडो त्यसभित्र रहेको वस्तुबाट कहिल्यै पनि निरपेक्ष रहन सक्दैन भन्ने पनि प्रमाणित गरिन् । जस्तो कि राजनीति गर्नेहरू खुव आदर्शका कुरा गर्छन् नि, तर तिनको व्यवहार त्यसको उल्टो बन्दै जान्छ । किनभने उसको राजनीतिक आदर्श भाँडो हो भने उसका गतिविधि त्यसभित्रका खजना हुन् । अनि हामी भाँडोलाई विश्वास गरेर दौडिन्छौं, त्यसभित्रको खजना थाहा हुँदैन । हामी कति पटपूर्ख छौं भन्ने कुराको यो भन्दा ठूलो प्रमाण अरू के हुन्छ ? त्यसैले हो, कार्सनका सिर्जनाहरूले यो कुरालाई बिम्बित गर्छन् कि भाँडो मात्रै आपैmमा केही होइन, त्यसको खजना प्रमूख कुरा हो । त्यो खजना भनेको भावना हो, नैतिकता हो, चरित्र हो, सदाचार हो, मानवीयता हो, जिम्मेवारी बोध हो ।
यस्तो नैतिक चेतना अन्तरसम्वादबाट मात्रै प्राप्त हुन्छ । त्यही अन्तरसम्वादबाट उच्च मानवीय संकल्प र व्यवहार जन्मिन्छ । तर आजसम्म हामीले कहिल्यै अन्तरसम्वाद ग¥यौं त ? देश चलाउनेहरूका सिंहदरवार र बालुवाटारमा विहान मिर्मिरेदेखि राति १२ बजेसम्म मान्छेका भीडले थिचिएर एैं एैं हुँदै र ती प्रत्येलाई समय दिएर, ती प्रत्येकका कुरा सुनेर, ती प्रत्येकका आवाजको समाधान गरिदिने बाचाले समय गुज्रियो । अनि तिनले देश कतिबेला बुभ्mने ? कर्तव्य कतिबेला बुभ्mने ? अनि आपैmलाई कतिबेला बुभ्mने ?
एन्ना कार्सनका रचनाहरूले यी सबै कुराको उत्तर दिएका छन् । यो नयाँपनको, उनको नोवेल साहित्यसम्म पुग्ने कारण पनि यही हो । र सबैभन्दा मूल कारण चाहिं उनको सम्वाद हो । आपैmसंगको सम्वाद ।
त्यसपछि उनका कविताहरू पढ्ने सुर गरें र यो कविता छानें । यो समयको अन्तरमुखी सम्वाद कस्तो छ भनेर हेर्ने जमर्को गरें । उनको एउटा कविता छानेर यहाँ राख्ने अनुमति मागें । यसको शीर्षक छ ः ‘साइडवेज’ (छेउबाट) । यो कविता बुझे पनि हुन्छ । कथा बुझे पनि हुन्छ । एक पात्रको, एक सम्वादको नाटक बुझे पनि हुन्छ । यो एउटा महान शोककाव्य बुझे पनि हुन्छ । उपन्यास बुझे पनि हुन्छ । शोक गीत बुझे पनि हुन्छ ।
पर्याय कविता बुझे पनि हुन्छ । नारी वियोग भन्दै नारीवादी चश्माले नारी आवाज भन्दै लिङ्गराजनीति बुझे पनि हुन्छ । मिथक र बिम्बले भरिएको एउटा मेटाफिजिकल कविता हो भनेर बुझे पनि हुन्छ । जसरी बुझे पनि हुन्छ, जसरी आज हामी मान्छेलाई बुभ्mने गर्छौं । यो पो हो कि । त्यो पो हो कि । यस्तो पो हो कि । त्यस्तो पो हो कि । यसो पो गर्छ कि । त्यसो पो गर्छ कि । यसो पो गर्दैन कि । त्यसो पो गर्दैन कि । ययो पो गर्दैन कि । तयो पो गर्दैन कि । यसो नगरे हुन्थ्यो । त्यसो नगरे हुन्थ्यो । अनि हामी भाँडो हेरेर भित्रको वस्तु बोल्छौं । अनि केही पनि बुभ्mदैनौं । मठ्ठुराम । अनि सबै बुझेको भनेर खोक्छौं ।
दिनमा हजारपल्ट बोलेर, लेखेर मान्छेलाई वाक्क लगाउँछौं । तिनको दिमागलाई गोबरले भरिदिन्छौं र भन्छौं, मैले ज्ञान दिएँ । खोक्रा उपदेश दिन्छौं भाँडो हेरेर, त्यसभित्र के छ भुत्लोभाङ्ग केही थाहा छैन । आज हामी यस्तो अन्धकारमा गुलेली हानेर महान शिकारीको दाबी गरिरहेका छौं । मान्छेको यो दयनीय भाग्यलाई एन्ना कार्सनले बुझिन् र त्यही कुरा लेखिन् । यो कविता आजको मान्छे जस्तै छ । जे बुझे पनि हुने । उनको कविता ‘साइडवेज’, उदारणको लागि उल्था गरेर पस्कें है ः
तिम्रो मृत्युपश्चात्
प्रत्येक दिन बतास चलिरह्यो ।
प्रत्येक दिन ।
हाम्रै विरुद्ध,
एउटा अदृश्य पर्खालझैँ
विभत्स भएर उभियो बतास ।
हामी आप्mनै पाइतालाले
अघि बढिरह्यौँ—
सडकका लामा नीरस मोडहरूमा,
आमनेसामने भएर
बतासको विपरीत दिशामा
चिच्याउँदै ।
तर ती चीत्कारहरू
सबै निरर्थक थिए
हामीबीचका दूरीहरू
बिस्तारै टाँगिदै गए ।
कठोर हुँदै गए—
ढुङ्गाझैँ ।
ती रित्ता ठाउँहरू थिए,
केवल सन्नटाहरू
तर अचम्म—
तिनमा पनि मूर्तता थियो ।
कालो,
शोकले गह्रौँ,
र मौनताभन्दा पनि
धेरै निष्ठुर ।
कुनै वृद्ध स्त्रीका दाँतहरूबीच
छुट्टिएका अँध्यारा खाली ठाउँहरूझैँ—
ती स्त्री,
जसलाई तिमीले
वर्षौँअघि चिनेका थियौ ।
त्यतिबेला,
जब उनी सुन्दर थिइन्,
जब उनका अन्तस्करणभित्र
जीवन यसरी बग्थ्यो,
मानौँ कुनै विशाल दरबारभित्र
अचानक आगो सल्किएको होस
र त्यसका ज्वालाहरू
उनको सम्पूर्ण शरीरमा
रातो प्रकाश बनेर
सल्बलाइरहेका हुन् ।
त्यतिबेला,
उनको शरीरभित्र
आगो थियो,
जीवन थियो,
एउटा सम्पूर्ण दरबार थियो ।
तर अहिले—
केवल रिक्तताहरू,
हामीबीच पनि,
उनका दाँतहरूबीच पनि ।
र बतास—
हरेक दिन,
हाम्रै विरुद्ध
एउटा पर्खालझैँ
उभिइरह्यो ।
दमक, झापा