देश–समाज विचार/वहस स्थानीय स्वास्थ्य

दमकको त्यो बिहान : सहिद डिल्ली गौतमको सम्झनामा

उत्तमप्रसाद भट्टराई
नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र सगंठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय मृत्यु भएको थियो । नेकपा एमालले त्यस घटनालाई देशी तथा विदेशी तत्वले घटाएको घटना भनि पुनः अर्को छानविन आयोगको माग गरेको अवस्था र एक सदस्यीय अनिल आयोगले उक्त घटना गाडी चालकको लापरवाहीले भएको भनि कुनै षड्यन्त्र नभएको प्रतिवेदनमा टेकेर उभिएको गिरिजा सरकार टसमस भएको थिएन । समग्र देश दुई कित्तामा विभाजित भएको थियो । पुनः अर्को निष्पक्ष छानविन आयोगको माग राखी नेकपा (एमाले) ले दबावमूलक कार्यक्रम गर्दै थियो । दबाव अझ सशक्त बनाउन उसले २०५० श्रावण ४, ५, ६ तीन दिने नेपाल बन्दको कार्यक्रम आयोजना गन्यो ।
देशैभरी बन्दको अवस्थामा दमक चौकमा विहानदेखि नेकपा एमालेका कार्यकर्ता जम्मा भएका थिए । कोणसभा चल्दै थिए । विहान ८ः३० वजेतिर हामी दमक क्याम्पसमा उपस्थित भएर दमक चौक पश्चिममा आएका थियौ । अहिलेको ट्राफिक मोडमा दक्षिणतर्क लोकबहादुर अधिकारीको घर छ । मुख्य राजमार्गको दक्षिणतर्फ ढाट थियो । म लगायत दमक क्याम्पसका प्राध्यापक मित्रहरू ढाटको छेउमा उभिएका थियौं । २०५० श्रावण ४ गते विहान ९ बज्दै थियो । द्ुखद् घटना घटन गयो, जसको साक्षी म पनि हुन पुगँे ।
त्यहाँ एक्कासी एउटा खबर संचार भयो “पश्चिमबाट एउटा रात्री बस आँउदैछ । ट्राफिक मोड पश्चिम एउटा कल्भर्ट थियो । एमालेका कार्यकर्ताले त्यहाँ ढुंगा थुपार्न थाले । बिहानदेखी गौरादह र लखनपुरका स्थानीय कार्यकर्ता दमकमा जम्मा भइसकेका कारण दमक चोकमा निकै ठूलो मिड जम्मा भइसकेको थियो । ढुंगाको थुप्रोले बाटो पुरै अवरुद्ध भएको थियो । त्यहाँ ठुलो संख्यामा दंगा प्रहरी लिएर एक सुरक्षाकर्मीको प्रवेश हुँदै थियो । गोरा अनि अग्ला अग्रभागमा खडा भए । तीन, चार लाइनमा अन्य प्रहरी खडा भए । हामी हेर्दै थियौ, ति सुरक्षाकर्मीको अनुहारमा हिंस्रक जनावर जस्ता, लक्षण देखिन थाले । दंगा ड्रेसमा सजिएका, छाते टोपी र लामा डण्डा, बोकेका अन्य जवान डरलाग्दा देखिँदै थिए । उता ढुंगाको डंगुर, ठुलो संख्यामा कार्यकता र यता प्रहरी इन्स्पेक्टरको कमाण्डमा दंगा प्रहरी ठुलो संख्यामा थिए । एउटा डोजरमा हुई प्रहरी र चालक क्याविनमा देखिए । केही प्रहरीका हातमा बन्दुक थिए । एउटा पुरानो टायर ल्याएर ढुंगामाथि राखिँदै थियो । हामी लोकबहादुरका घर अगाडि थियौ । घटना ३३ वर्ष अगाडीको हुँदा मेरा मस्तिष्कमा फाइल केही ताजै छन् । केही डिलिट भइसकेका छन् । फाइल खुल्दै गर्दा म पढ्दैछु । मोहन धिमाल (तत्कालिन दमक न.पा. उपप्रमुख) एउटा सानो जर्किनमा केही इन्धन लिएर ढाटवाट पश्चिम हुत्तिदै हुनुहुन्थ्यो । त्यसलाई टायरमा खसालेर आगो लगाइयो ।
त्यस्तो भयावह अवस्थामा ठुलो संख्याको प्रहरी अगाडी बढ्न खोज्दै थियो । तत्कालिन गौरादह गा.पा.का अध्यक्ष दिपक कार्कीले ति अग्ला र सेता प्रहरी निरिक्षक समक्ष कुरा राख्नु भयो । प्रहरी निरिक्षक कड़कीए “मेरो बारो बाटो खुला गर ।” ‘तपाइँ र तपाइँको गाडी हिंडिरहेका छन् । अहिले बल प्रयोग नगर्दा राम्रो,’ दिपक कार्की । यसरी दिपकजी बोल्दै हुनुहुन्थ्यो । प्रहरी अगाडी बढ्न थालो । आन्दोलन शान्तिपूर्ण छ । प्रहरीले वातावरण नबिगारोस् भन्दा भन्दै प्रहरी निरीक्षकले सिठी फुके । वरपर उभिएका व्यक्तिलाई प्रहरीले लाठी प्रहार गर्न थाले । प्रहरी गोली पडकाउदै अगाडी बढ्यो । डोजर ढुगा पन्छाउन थालो । प्रहरी अत्यन्तै हिंस्रक देखिँयो । गाडी छेउ बलराम गजुरेल हैन यो के गरेको भन्दै हुनुहुन्थ्यो । उहाँमाथि दुई जवानले डण्डा बर्साए । पिट्दै उहाँलाई गाडीमा हाले ।
उता बलेको टायर र ढुंगा पन्छाउँदै थियो, जोडर । प्रहरी अन्धाधुन्द लाठी हान्दै थियो । आन्दोलनकारी कोही उत्तरतर्फ त कोही राजमार्गतिर भाग्न थाले । हामी हेर्दैै थियौं । मानीस, तितर–वितर हुँदै थिए । एउटा कालो रुपधारी प्रहरीले दक्षिणतर्फ बन्दुक सोझ्याउँदै थियो । कति फायर गरे ? थाहा भएन र करिब २५०–३०० मिटरजति दक्षिण दिपिनी पारी एक व्यक्ति ढले । उनि उठे, पुनः ढले, फेरी उठ्न सकेनन् । फेरी, अरु साथीहरु आएर उठाए । खुल्ला ठाउँ थियो । वरपरका महिला समेत दक्षिण हेदै थिए । “लु ढलो, उठाए, उठ्न सकेन, ल ए कठैबरा.. भन्दै थिए । मरेजस्तो छ । हे भगवान“ मन्दै चिच्याएको आवाज अहिले पनि मेरो कानमा आइरहेछ ।

पछि थाहा भयो, ती त्यहाँ प्रहरी गोलीको सिकार भएका ब्याक्ति डिल्ली गौतम हुनुहुँदो रहेछ । उहाँको लासलाई होमबहादुर थापाको घरमा राखेछन्, आन्दोलनरत पक्षले । मानीस ढालेपछि प्रहरी निरिक्षक पश्चिम हुइँकिए । करिब एक घण्टा जतिमा सदरमुकामबाट ठुलो संख्यामा प्रहरी थपियो । चोक पुरै अशान्त भयो । आन्दोलनरत शक्ति झन् झन् बढ्दै गयो । हल्का पानी पर्दैथियो । आन्दोलनरत साथीहरु ओततर्फ लागे । त्यसै बेला पश्चिमबाट एउटा बस आयो । छतमा हतियारधारी प्रहरी थिए । अगाडी पछाडी प्रहरीका साथ गाडी पूर्व लागो । बलराम गजुरेललाई लिएर गएको गाडी र बस दुवै सुरुङ्गामा रोकिए । त्यहाँ बाटो पुरै अवरुद्ध थियो । गजुरेल कमरेडलाई त्यही सुरुङ्गा चौकीमा राखेर साँझपख छोडिएको रहेछ ।
आन्दोलनरत पक्षको कुनै भावना नबुझी बलजफ्ती गर्नु तत्कालिन सरकारको महामुर्खपन हो । अर्को जाँचबुक आयोग गठन गर्न माग थियो, प्रतिपक्षको । त्यो माग गलत थिएन । सरकार कम्युनिष्टलाई निर्मुल पार्ने चालमा थियो । अर्कोतर्फ प्रतिपक्ष झुक्न चाहदैनथ्यो । एक व्यक्तिको जिवन सकेर, एउटा बस पूर्वतर्फ कटाउनु सरकार कति मूर्ख तरिकाले काम गर्दै थियो, प्रष्ट हुन्छ ।
संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष सहित प्रतिपक्ष मजवुत हुनु प्रजातन्त्रको शौन्दर्य पक्ष हो । तर २०४८ देखी ०५१ असारसम्मको संसदीय यात्रामा तत्कालीन सरकार प्रतिपक्षका विचार सुन्ने अवस्थामा थिएन । देशभरी सबै क्षेत्रका कम्युनिष्ट विचारको विरुवा समेत उखेल्ने पक्षमा थियो सरकार । अर्को तर्फ मजबुत प्रतिपक्ष थियो । उ सरकारलाई पुरुै असफल बनाउन चाहन्थ्यो ।
त्यहि २०५० श्रावण ४ विहान ९ बजे दमक चौकको घटना मात्र विश्लेषण गरौंन । पश्चिमबाट आएको एउटा यात्रुवाहक बस दमक कटाउन एक व्यक्तिलाई सहिद बनाइयो । नेपाली काँग्रेसका कार्यकर्ताका अनुहारका कुनै पश्चाताप देखिँदैनथ्यो । यता प्रमुख प्रतिपक्षका विरोध झन् तिव्र बन्दै गए । देश मुड्भेडतर्फ जाँदै गर्दा नेपालको राजनीतिमा तेस्रो पक्ष उदाउन पुग्यो । उसका पनि कामको मुल्यांकन गरे, जनताले । ‘चित् पनि आफ्नो, पोट पनि आफनो’ तेस्रो पक्षको कार्यनीति देखियो । पुनः जनताले चौथो पक्षमा मतदान गरे, भारी मतदानको वोझले हाल सत्तारुढ चौथो पक्ष कुप्रो पो हुनेको हो की भन्ने शंका लाग्न थालेको अवस्थामा देखियो ।
तेस्रो विश्वका संसदीय खेलमा खेलाडीले अगाडि देख्न सक्दैन भन्ने उक्ति मैले उहिले सुनेको थिएँ । हो की ? भन्ने वातावरण नबनेको राम्रो । अन्त्यमा २०५० श्रावण ४ गते विहान ९ः३० मा आसपास ट्राफिक मोड दक्षिण–पश्चिम खेतमा प्रहरीको शिकार हुनुभएका सहिद स्वर्गीय डिल्ली गौतमप्रति श्रद्धाञ्जली अर्पण । अस्तु ।

Author

You may also like