देश–समाज समाचार

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको साधारण सभा

दमक/ दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

शुक्रवार दमकको कस्मिक पार्टी प्यालेसमा आयोजित प्रधान कार्यालय इकाइ ५ अन्तरगत कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता संस्थाकै ज्येष्ठ ज्येष्ठ सदस्य तथा सञ्चालक तुलसीराम प्रसाईँले गरेका थिए । कार्यक्रममा प्रसाईंले स्वर्णलक्ष्मी सहकारीले स्थानीय स्तरमा पु¥याएको योगदानको प्रशंसा गरका थिए ।

वार्षिकोत्सवको अवसरमा संस्थालाई योगदान पुर्याएका विभिन्न ब्याक्तित्वहरुलाई सम्मान गरिएको छ । जस अन्तरगत उत्कृष्ठ कर्मचारीतर्फ पुरस्कृत हुनेमा निर्मल धिमाल, कमल गड्तौला, निखिल उप्रेती, रुपेश खतिवडा रहेका छन् । यसैगरी दिर्घ सेवा सम्मानमा दुर्गाप्रसाद गुरागाईँ, कर्मचारी सम्मानमा सविन ढुंगेल, पूर्वसञ्चालक सम्मानमा शिवप्रसाद अधिकारी, सञ्चारकर्मी सम्मानमा सुजन गौतम, शैक्षिक उत्कृष्ठता सम्मानमा सुमितकुमार राय, स्तुती रिजाल र निरु खजुम सम्मानित भएका हुन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष बरालले संस्थाको वार्षिक प्रतिवेदन प्रश्तुत गरेका थिए भने अतिथि दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाई, संस्थापक अध्यक्ष बासुदेव काफ्ले, चार्टड एकाउण्टेन्ट्स श्री प्रसाद निरौला लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक राजकुमार बरालले गरेका थिए ।

संस्थाको शेयर पूँजी १० करोड ९३ लाख रुपैयाँ, बचत निक्षेप ८३ करोड र ३ करोड ८० लाखबढी बाह्यि ऋण रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले हाल झापाका १५ वटै स्थानीय तह र मोरङका ३ स्थानीय तहमा सेवा केन्द्र विस्तार गरी वित्तीय कारोबार सञ्चालन गर्दै आएको जनाएको छ । संस्थामा हाल ११ हजार २ सय ४७ जना शेयर सदस्य आवद्ध रहेका छन् ।

Author

You may also like