आम चुनाव नजिकिँदै जाँदा चूनावका रोचक, घोचक र सोचक आयामहरू जन्मिइरहेका छन् । यी कति कुरूप छन्, भने कति ‘ड्रामेटिक आइरोनी’ (अर्कालाई जे कुराको मुद्धा बनाएर गाली गरिन्छ, त्यही कुरा आपैmमा पनि छ र त्यो गाली आपैmतिर सोझिइरहेको छ) छन् ।
‘आइरोनी’ शब्द हरेक अभिव्यञ्जनामा आइरहेने भाषिक अश्त्र हो । यसले जे भनिरहेको हुन्छ, त्यो यथार्थमा डीक उल्टो हुन्छ । राजनीतिका अहिलेका चुनावी हंगामामा धेरै बिकेको शब्द पनि आइरोनी हो । मान्छे जे कुराको ‘म त्यो हो’ भनेर ‘म’ को झण्डा बोक्छ, यथार्थमा ऊ आप्mनो दावीको ठीक उल्टो हुन्छ । खासमा ‘म त्यो हुँदै होइन’ भनेको हुन्छ । र यथार्थ अर्थ पनि त्यही हुन्छ । मान्छेले समय, परिवेश र स्वार्थ हेरेर आप्mनो धारणा बनाइरहेका हुन्छन् । त्यस्ता धारणा बनाउने मान्छे खतरनाक पनि हुन्छन् । विषालु हुन्छन् । छिनभरमै आफैलाई विनिर्माण गर्छन् । अनि त्यसलाई सत्य भनन थाल्छन् । ती कुराहरू कुनै ‘किस्कोर्श’ बाट निकालिएको निचोड पनि होइनन् । एउटा चीजलाई जीवनभर ‘सत्य’ भनिरहने दासहरूको, अनि जिउँदा लाशहरूको यो समयलाई रसियन लेखक एन्टोन चेकोभको कथा “अ च्यामेलियन” पढिरहेको छु अहिले । यो कथाले यो देशका बिक्रिमा रहेका बुद्धिहरू, इमान्दारिताहरू, नैतिकताहरू, धर्म र संस्कृतिहरू कसरी नाश पारिन्छन् भनेर बोल्छ । यस कथाले शक्ति, पद, र सामाजिक हैसियतका अगाडि मानवीय नैतिकता कसरी बारम्बार बदलिन्छ भन्ने यथार्थलाई व्यङ्ग्यात्मक तरिकाले उजागर गरेको छ ।
यस कथाको केन्द्रमा ‘ओचुम्येलोभ’ नामका एक प्रहरी अधिकृत छन्, जसको चरित्र गिरगिटसँग तुलना गरिएको छ । गिरगिटले जस्तै उनी पनि परिस्थितिअनुसार र आफूले सामना गर्ने व्यक्तिको सामाजिक स्तरअनुसार आफ्नो बोली, व्यवहार र निर्णय निरन्तर परिवर्तन गर्छन् ।
कथा बजार चोकको सामान्य दृश्यबाट सुरू हुन्छ । एक दिन ओचुम्येलोभ आफ्ना सहकर्मी प्रहरी सिपाहीसँगै बजार हुँदै हिँडिरहेका थिए । बजारको चहलपहलबीच अचानक कुकुरको तीव्र भुकाइ र पीडादायक कराइ सुनियो । यसले सबैको ध्यान तान्न थाल्यो । केही क्षणमै ह्र्युकिन नामका एक सुनचाँदीका कारीगर सानो सेतो कुकुरलाई लखेट्दै गरेको देखिए । उनी आफ्ना औँला देखाउँदै कुकुरले आफूलाई टोकेको दाबी गर्दैथिए र न्यायको माग गर्दैथिए । यो घटनाले बजारमा अकल्पनीय कौतुहल सिर्जना भयो र मानिसहरू त्यो ‘कुकुरे’ तमासा हेर्न जम्मा भए ।
भीड देखेपछि ओचुम्येलोभ अधिकारको प्रदर्शन गर्न अघि सर्न थाले । सुरुमा उनी अत्यन्त कठोर र क्रोधित देखिए । उनले कुकुरलाई तुरुन्तै मार्न आदेश दिए । र यसको मालिकलाई कडा सजाय दिनुपर्ने घोषणा पनि गरे । यस चरणमा ओचुम्येलोभ स्वयंलाई निष्पक्ष, साहसी र शक्तिशाली कानुनका प्रतिनिधिका रूपमा प्रस्तुत गरिन्थयो त्यहाँ । भीडको अगाडि उनी कानूनको कठोर रक्षक बनेर उभिएको जस्तो देखिए ।
तर कथाले यहीँबाट व्यङ्ग्यात्मक ‘आइरोनिकल’ मोड लिन्छ । उपस्थित भएकाहरूमध्यै कसैले त्यो कुकुर जनरल झिगालोभको हुन सक्छ भनेर आसंका ग¥यो । जनरल झिगालोभ समाजमा धनी, हर तवरले शक्तिशाली र समाजमा धेरै नै प्रभावशाली व्यक्ति हुन् । यो कुरा सुन्नासाथ ओचुम्येलोभको स्वभाव एकाएक फेरिन पुग्यो । केही क्षणअघिसम्म क्रोधित देखिएका उनी अचानक नरम र सहानुभूतिशील बन्न पुगे । अब भन्न थाले — यति सानो र निर्दोष देखिने कुकुरले कसैलाई टोकेको हुन सक्दैन, बरु ह्र्युकिनले नै औँलामा केही गरेर दोष कुकुरमाथि थोपरेको हुन सक्छ । यो कुकुर त्यसरी मान्छे टोक्ने खालकै होइन । यसलाई तालिम दिएर मानवप्रेमी बनाइएको छ । यो अशल मान्छेका घरमा हुर्किएकोले गर्दा तिमीहरू डाम्ना भन्दा यो बुकुर नै धेरै भलादमी छ ।
तर कथा यहीँ रोकिँदैन । फेरि कसैले त्यो कुकुर जनरलको होइन, त्यो कुनै सर्वाहाराको भन्ने कुरा ल्यायो । यो सुन्नासाथ ओचुम्येलोभको व्यवहार फेरि पल्टिन्छ । उनी पुनः आक्रामक बने र कुकुरलाई सडकछाप, अवाञ्छित जनावर ठहर गर्दै मार्नैपर्ने अडान लिन थाले । यसरी ओचुम्येलोभको चरित्र बारम्बार बदलिँदै गयो, जसले उनको अवसरवादी र चाटुकार प्रवृत्तिलाई स्पष्ट देखायो ।
कथाको निर्णायक मोड तब आउँछ जब जनरलका भान्से प्रोखोर त्यहाँ आइपुगे । उनले कुकुर जनरलका दाजुको भएको बताए । यो सूचना ओचुम्येलोभका लागि अत्यन्त महत्वपूर्ण भयो । अब उनी तुरुन्तै आफ्नो अघिल्लो सबै निर्णय उल्ट्याउन पगे । कुकुरको मूक्तकण्ठले प्रशंसा गर्न थाले, “कति राम्रो, कति महँगो नस्लको कुकुर!” भन्न थाले र ह्र्युकिनलाई नै झगडा गर्ने, झुटो आरोप लगाउने व्यक्ति भन्दै गाली गर्न थाले ।
अन्त्यमा भान्से प्रोखोर कुकुरलाई लिएर गयो । भीडले ह्र्युकिनमाथि हाँसो उडायो र ऊ अपमानित भयो । उसको कुनै दोष थिएन, ऊ आपैmं शिकार भएर पनि अपमानित हुनु प¥यो । ओचुम्येलोभ भने जनरलको परिवारलाई खुसी पार्न सकेको आत्मसन्तोष र घमण्डका साथ त्यहाँबाट बाटो लाग्यो ।
यसरी “अ च्यामेलियन” कथाले शक्ति र पदका अगाडि सत्य, न्याय र नैतिकता कसरी कमजोर बन्छन् भन्ने गहिरो सन्देश दिन्छ । ओचुम्येलोभको चरित्रमार्फत चेखोभले समाजमा व्याप्त अवसरवाद, चाटुकारिता र वर्गीय असमानताको तीव्र आलोचना गरेका छन् ।
अहिले तपाईंको निर्वाचन क्षेत्रमा ओचुम्येलोभ कतिका आउँदैछन् भोट माग्दै ? दैनिक रूप र धारणा फेर्ने ओचुहरूदेखि सावधान हुनुहोला । हुँदा हुँदा कथित बुद्धिजीवीहरू पनि पो ओचुपथमै छन् । ती ओचुहरू बोलेको बोलेकै गर्छन् र प्रत्येक पटक आपैmलाई खाुइल्याइरहेका हुन्छन् । तर तिनलाई त्यो कुरा थाहै हुँदैनन् । ती अर्कालाई गाली गरेको भन्ठान्छन्, तर ती आपैmलाई गाली गरिरहेका हुन्छन् ।
त्यहाँ कुकुरलाई हेर्ने दृष्टिकोण कसरी अकल्पनीय छ, त्यसरी नै यहाँ राजनीतिक दल र तिनका नेतालाई हेर्ने दृष्टिकोण पनि अकल्पनीय नै छ । म अहिले चेकोभको कथामा मेरै निर्वाचन क्षेत्र पढिरहेको छु ।
तपै नि त ? दमक