प्रल्हाद दाहाल, नेपाल डेरी एशोसिएसन केन्द्रीय कार्यसमितिका अध्यक्ष हुन् । डेरी एशोसिएसन कोशी प्रदेशको अधिवेशन पनि हालै झापाको दमकमा सम्पन्न भएको छ । अधिवेशनमा सहभागी हुन दमक रहेका बेला मौका पारेर समग्र दुग्धउद्योग, व्यवसाय, यसको उत्पादन, बजारीकरण, संभावना र चुनौती साथै दुग्धउत्पादक किसानको हक, हितका बारेका बारेमा उनै दाहालसँगपूर्वसन्देशका लागि खगेन्द्र कार्कीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
अहिले दुग्ध तथा दुग्धजन्य पदार्थको बिक्रीवितरण र बजारीकरणको अवस्था कस्तो रहेको छ ? उ पछिल्लो अवस्थामा दुग्ध तथा दुग्धजन्य पदार्थको विक्रीवितरण खस्केको देखिन्छ । कोभिड, लम्पीस्किन, आर्थिक मन्दीको कारणले पनि दुग्धजन्य पदार्थको बजारीकरणलाई असर पुर्याएको छ । विदेशिनेको संख्या अत्याधिक बढेको र उपभोक्ता समेत केही कम भएको कारणले केही समयदेखि बजार खस्केको छ । यो बजार खस्किँदो अवस्थामा हुँदा खेरी हाम्रा दुग्ध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण नहुने, स्टक हुने, किसानको भुक्तानी समयमा गर्न नसकिने अवस्थाबाट गुज्रिरहेका छौं । यसै प्रदेशको सूर्योदय डेरीले जापानमा घिउ निर्यात समेत गरिसकेको छ । यद्यपि अन्य प्रदेशका लागि निर्यातका लागि केही रकम छुट्टयाइए पनि यथोचित व्यवस्थापन नभईसकेको अवस्था छ । अर्कोतिर हामीलाई निर्यातका लागि बाधक भनेको गाईबस्तुमा लाग्ने खोरयात रोग निर्मूल भईसकेको छैन । यसको कारणले विश्व बजारमा हामीले निकै असहज र अप्ठ्यारो बनाएको छ । यसको लागि सरकारसँग आग्रह गरिरहेका छौं । खोरयात रोग उन्मुलनका लागि चाँडै काम अगाडि बढाउन र देशभरि सकिँदैन भने जोन बनाएर पनि अगाडि बढ्न सरकारलाई आग्रहका साथ दबाब दिइरहेका छौं ।
यो क्षेत्रका चुनौती चाहिँ के कस्ता रहेका छन् ? उ यो क्षेत्रका चुनौती भनेको पहिलो कुरा सरकारनै उद्योगमैत्री छैन र देखिँदैन । हाम्रो तयारी अवस्थामा रहेका उत्पादनहरु आइसक्रिम, घिउ लगायत अन्य विभिन्न कुराहरु नेपालमा आउँदा १० प्रतिशत भन्सारदर रेट छ तर हामीले यही उत्पादनका लागि चाहिने आवश्यक कच्चा पदार्थहरु आयात गर्दा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । जुन ठूलो चुनौतीको रुपमा रहेको छ । अहिले कृषिका लागि ब्याज अनुदानमा ऋण प्रवाह गर्ने गरिएको छ त्यो हटाइएको छ । त्यसले गर्दा अप्ठ्यारो छ । बिजुलीबत्ती एकदम बढी खपत हुने र लागत बढ्ने गरेको छ त्यसमा ५० प्रतिशत छुट पाउ भनिरहेका छौं तर भईरहेको छैन । कर्जामा निकै ठूलो समस्या झेलिरहेको अवस्था छ । स्टकमा हामीले कर्जा पाउँदैनौं । प्रोजेक्टमा पनि कर्जा पाइँदैन । त्यसलाई कोल्याक्टर नै चाहिन्छ । उद्योग सञ्चालनका लागि आफ्नो भएभरको सम्पत्ति बेचेर लगाउनुपर्ने अवस्थाले गर्दा प्रोजेक्टमा ऋण प्रवाह नहुँदा निकै ठूलो समस्या झेलिरहेका छौं । बजारको समस्या पनि उत्तिकै छ । उपभोगका लागि सरकारले जति भुमिका खेलिदिनुपर्ने हो त्यो नभईरहेको अवस्था छ । सरकारले आर्मी, प्रहरी, सशस्त्र, खेलाडी, विभिन्न सरकारी निकाय, विद्यालयको दिवा खाजालगायतका ठूलो उपभोक्ता भएको क्षेत्रमा दुध तथा दुग्धजन्य पदार्थ समावेश गरिदिँदा यसको बजारीकरणमा धेरै सहुलियत हुने र अझ बढी खपत हुनेछ । त्यसमा कमजोरी छ । नीतिगत कुराबाट पनि यो क्षेत्र निकै अप्ठ्रोमा परिरहेको छ । कसैले उद्योग चलाउन चाह्यो भने दर्ता प्रक्रियाका झन्झटिला र असहज हुने प्रक्रियाहरु रहेका छन् । दर्ता गरिसकेपछिका प्रक्रियामा असहज हुनेलगायत अफिसियल कामहरु यति झन्झटिलो छ कि एक जना मान्छे चाहि त्यसकै पछि लगाउनुपर्ने अवस्था रहेको छ ।
एकातिर दूध र दूधजन्य पदार्थबाट आत्मनिर्भर बनाउने भनेर लाग्दै गर्दा तिनै वस्तुहरु विदेशबाट निर्यात गर्न खुला गर्ने जस्तो सरकारको दोहोरो खेलबाट यो क्षेत्रलाई कस्तो असर परेको देख्नु हुन्छ ? उ नेपाल डेरी एसोसिएनले विगत धेरै वर्षदेखि सरकारका यस्ता दोहोरो खेल अर्थात् द्वैधचरित्र बोकेका विषयलाई उठाउँदै आएको र यि विषयमा सरकारले धेरैहदसम्म बेवास्ता गरेको देखिन्छ । यद्यपि केहीहदसम्म सम्बोधन पनि भएको छ । हिजो हामीले यहाँका किसानको दूध बिक्री नभएपछि बाहिर आएको दूध तथा दुग्धजन्य पदार्थ निर्यात बन्द गर्न गरेको हाम्रो अनुरोधलाई सरकारले मानेर गएको थियो । तर फेरी केही चलखेल भएर आयात खुलाउनुपर्छ भन्ने हल्ला बाहिर आएको छ त्यो विषयमा हामीले उद्योगमन्त्री, कृषि मन्त्रीलगायत सरोकारवालाहरु सबै निकायमा निवेदन दिएर हामीले डेलिगेसन गएर हामीले त्यो कुरा प्रष्ट्याएका छौं । यो क्षेत्रको उत्पादन धेरै भएर स्टक धेरै भएको र किसानलाई भुक्तानी समेत दिन नसकिरहेको अवस्थामा बाहिर आयात खुला गर्दा झनै समस्या आउने पक्का छ भन्ने कुरा बुझाएका छौं । तर हामीसँग सरसल्लाह नभई, यहाँको सहजता नबुझी हामी त्यो गर्दैनौं भन्ने आश्वासन सबैतिरबाट पाएका छौं । यदि त्यो भईहाल्यो भने समग्रमा उद्यमी, किसान, मिडिया एक ठाउँमा उभिएर विरोध गर्नुपर्छ ।
पशुपालक अर्थात् दूध उत्पादन गर्ने किसानको हक, हित र संरक्षणका लागि डेरी एसोसिएसन के गर्दैछ ? उ यो क्षेत्रमा लाग्ने किसानले पहिलो कुरा लागत कसरी घटाउने भन्ने कुरा किसान, उद्यमी, राज्य र हामी सबैले सोच्न जरुरी देखिन्छ । लागत नघटेसम्म मुनाफामा जान सकिँदैन । अहिले पछिल्लो चरणको ट्रेन चाहि उल्टो भएको छ । किनभने हामी हाम्रा खुल्ला ठाउँहरु बाँझो राखेर सहरी क्षेत्रमा आएर आनामा भाडामा लिएर पशुपालन गर्छौ र गरिरहेका छौं । यो चरणबाट हामी नाफामा जान निकै गाह्रो देखिन्छ । खोले पकाउँदा ग्यास चाहिने, घाँस, पराल, खोस्टा, दाना, पिठो सबै किनेर खुवाउनुपर्दा मुनाफामा जान सक्ने आधार तय हुँदैन । यसलाई राज्य, किसान, व्यवसायी सबैले के सोच्न जरुरी छ भने पशुपालन पहाडी क्षेत्रमै गर्ने हो, खुला जग्गा र खर्क भएकै ठाउँमा गर्ने हो र बिक्रीवितरण चाहिँ सहरमा गर्ने हो भन्ने सोचको विकास हुन जरुरी छ । यसमा महत्वपूर्ण भूमिका राज्यको हुने र राज्यले नै यो परिस्थितिको सिर्जना गर्न सक्नु पर्यो । किसानहरु किन आफ्नो फराकिलो ठाउँ, गाउँघर छोडेर सहरमा आउनु भयो भन्ने कुरा पनि बुझ्न आवश्यक छ । गाउँघरमा बस्ती उजाड हुँदै गयो, सेवा सुविधा कम भयो । बाटो, बत्ती, बजार भएन भनेर सहर पस्नु भयो । त्यो सहरमा आइरहँदा त्यसले सबैलाई अप्ठ्यारो बनाइदिएको छ । किसान पनि मुनाफामा जान नसक्ने र उपभोक्ता पनि महँगीमा परेको कारणले व्यवसाय नै पलायनको अवस्थामा पुग्यो ।
दूध र दूधजन्य पदार्थमा हामी कतिको आत्मनिर्भर छौं ? निर्यात गर्ने अवस्थामा पुगिसकेका हौ र ? अहिले छुर्पी र घिउ चाहि निर्यात भईरहेको छ । तीन अर्ब भन्दा बढीको छुर्पी निर्यात भएको तथ्याङ्कले देखाउँछ भने घिउ भर्खरै जापान, बंगलादेश, चाइनाको कुरा पनि आइरहेको छ । यस्तै तिब्बतको कुरा । अन्य देशहरुसँग पनि भईरहेको छ । तर हाम्रो देशको समस्या चाहीँ के हो भने उत्पादनको भेरिएसन छ तलमाथि छ र उहाँहरुले हामीले के भन्नुहुन्छ भने सामान हामी लान्छौं तर बाह्रै महिना समान क्वालिटी र क्वान्टीटीमा दिन सक्ने कि नसक्ने भनेर सोध्ने गर्नुहुन्छ । त्यो अवस्थामा हामी चुकेका छौं । हिजो डिडीसीले जापानमा घिउ दिने सम्झौता गर्यो र सम्झौता अनुसारको उत्पादन दिन नसकेपछि त्यो सम्झौता रद्द भएको थियो । त्यही क्रम अहिले पनि छ । अर्कोतर्फ दिन सक्छौं भनेर भनिरहँदा दिन सक्ने आधार खोज्छन् किनकी सरकारी निकायबाट सञ्चालित डिडीसीले त दिन सकेन भने तपाईहरु कसरी दिनुहुन्छ भनेर आशंका जन्माउने गरेको छ । बाहिर जसरी निर्यातको कुरा आउँछ त्यति सजिलो चाहि नभएको भए पनि छुर्पी, चिज र घिउ चाहि निर्यात गर्न सकिन्छ र निर्यात भईरहेको पनि छ ।
भौगोलिक रुपमा नेपालमा कहाँ कस्तो वस्तुभाउ पाल्दा उत्पादन बढी हुन्छ ? उ दूधका लािग चितवन, काभ्रे, इलाम, रुपन्देही, मकवानपुर हुँदै पछिल्लो समयमा झापा पनि व्यावसायिक रुपमा राम्रो हुँदै गएको देखिन्छ । समग्रमा भन्नुपर्दा हिमालय क्षेत्रमा अलि कम दूध उत्पादन हुन्छ । पहाडी क्षेत्रमा ठिकठिकै हुने र बढीभन्दा बढी चाहीँ तराई एरियामा हुने गरेको देखिन्छ । सेवा, सुविधा उपलब्धताका हिसाबले घाँस, पराल आदिको व्यवस्थापनमा पनि सहज हुने भएकाले तराई क्षेत्र एक नम्बरमा आएको छ । अर्कोतिर आवतजावतमा पनि सहज हुने र उद्योगीहरुको चहलपहल पनि बढी हुने भएकोले पनि तराई क्षेत्र अलि बढी सहज भएको देखिन्छ ।
पशुपालकको लगानी र श्रम अनुसारको उचित मूल्य पाउने वातावरण बनाउने तर्फ के सोचिरहनु भएको छ ? उ डेरी क्षेत्र एउटा अनुशासित पेशा र व्यवसाय हो । दूधको मूल्य सरकारले नबढाई बढ्दै र सबैतिर एउटै मूल्य हुन्छ । दुधको मूल्य खरिद र बिक्रीमा धेरै बैज्ञानिक ढंगबाट मूल्य निर्धारण भएको छ । सरोकारवालाहरु सबै बस्ने, राष्ट्रिय दुग्ध विकास बोर्ड, डिडिसी, हामी, कृषकका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधिहरुलगायत सबै सरोकारवालाहरुको समितिबाट सबै प्रदेशको मूल्यांकन गरेर मूल्य निर्धारण भएको हुन्छ । २९ प्रतिशत बढेको मूल्यमा उद्योगीले पाउने र ७१ प्रतिशत किसानले पाउने गरी मूल्य निर्धारण भएको छ । किसान बाहेकका त्यही २९ प्रतिशतभित्रबाट मुनाफा कमाउने गरेका छन् । हरेक २, २ वर्षमा दूधको मूल्य बढ्ने प्रावधान राखिएको छ । पछिल्लो समयमा गरिएका निर्णय सुरुमा हामीलाई पनि ठिकै लागेको थियो । तर पछि त्यसले निकै अप्ठ्यारो स्थिति ल्यायो । समर्थन मूल्य भनेर सरकारले ६५ रुपैयाँ ल्यायो । देशैभरी एकै खालको समर्थन मूल्य हुँदा बजार क्षेत्र र गाउँ क्षेत्रमा एकरुपता देखिएन । बजारमा धेरै बिक्ने ट्रान्सपोर्टेसनमा पनि सहज हुन्छ तर गाउँमा त्यो स्थिति रहँदैन । त्यसमा चाहि मिलाउनुपर्ने भएको छ । दुग्ध व्यवसाय संयमित, अनुशासित र सरकारको अण्डरमा बसेर काम गर्ने व्यवसाय भएको कारणले कसैले मूल्यमा तलमाथि गरेर बेच्न वा खरिद गर्न सक्दैन ।
प्रधानमन्त्री, मन्त्री वा अन्य निकायबीचमा समन्वय अभाव देखिएको छ । प्रधानमन्त्री, मन्त्री वा अन्य निकायले सार्वजनिक गर्ने विषय तालमेलको अभावमा फरक देखिनु सम्बन्धित सबैका लागि...
काठमाण्डौ ,चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने छ । बेल्ट एन्ड रोड...
दमक÷ प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रियसभाको बैठकमा पहिलो सम्बोधन गर्दै निवर्तमान मन्त्रीहरूलाई दोष नलगाउन आग्रह गरेकी छन्। उनले स्पष्ट पारिन् कि मन्त्रीहरूले राजीनामा दिएर...