फागुनको चुनावी माहौलको गीत जताततै बजिरहँदा राजनीतिक दलहरूको रूग्णता पढिरहेको छु अहिले । यसलाई मलजल गर्न म अमेरिकी लेखक ओ हेनरीको एउटा कथा ‘क्यावेज एण्ड किङ्गस’ (बन्दाकोभी र राजाहरू) पढेको सम्झिरहेको छु । यो १९०४ मा प्रकाशित भएको थियो ।
यस कथामा अमेरिकाको एउटा काल्पनिक देश ‘अन्चिुरिया’ को वरिपरि कथा घुम्छ । त्यसमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, निर्वासन र अमेरिकी प्रभाव जीवन्त छन् । यी बेथितिका जन्ती त्यो देशका आम मान्छे संलग्न हुन्छन् । अनि अव्यवस्थाको निर्माण गरिरहेका हुन्छन् ।
आज त्यो अन्चुरिया भन्ने देश आप्mनै देश जस्तो लागिरहेको छ ।
भदौ अघिको देश र भदौ पछिको देशमा फरक नदेख्ने मान्छेहरू पनि रहेछन् यो देशमा । किनभने जेन्जीहरूको आन्दोलन अघि राजनीतिको पुस्तान्तरण कुरा मात्रै उठ्थ्यो । तर त्यो आन्दोलन पनि कुरा मात्रै होइन, कामै हुन थाल्यो । दुईतिहाइको सरकार भागनु प¥यो । माओवादी भन्ने दल नै बिघटन भयो । त्यो राप र तापले भरिएको माओवादी शब्द एका देशको कथा भयो । नेपाली कांग्रेस पार्टीलाई युवाहरूले खोसेर लिए, बूढाहरू रोइरहेछन् । राप्रपा कयौं पटक जोडिँदै, पुट्दै, फेरि जोडिँदै यहाँसम्म आइपुगेको छ । एमालेमा पनि प्रयास भएकै थियो पुस्तान्तरणको, सफल नभएको मात्रै हो ।
गरिव मुलुकहरूमा सत्ता र शत्तिमा बसिरहन मन लाग्ने हुँदोरहेछ । सत्तामा रहन नपाए नत्र पाटी बिघटनसम्म गर्ने प्रयास हुन्छ । गरिव मुलकहरूमा प्राय सत्तामा रहरिहन खोज्छन् दल र तिनको सीमित नेताहरू । यसका दुइवटा कारण छन् । एउटा, राजनीति कमाइखाने भाँडो बनाएका हुन्छन् तिनले । त्यो खोसिन्छ । दोस्रो, तिनले यति धेरै भ्रष्टाचार र अपराध गरेर सत्तामा टिकेका हुन्छन् कि अर्को आयो भने जेलमा पक्का सडाउँछ । त्यही भएर यस्ता मुलुकहरूमा सत्ता हस्तान्तरण हिंसा र बलले मात्रै सम्भव हुन्छ । त्यतिले पनि नपुगेपछि युद्धमार्पmत सत्ता हत्याउँछन् । नेपालमा पनि भएको यही हो । बेलारूसमा प्रयास भयो, सकेनन् । भेनेजुएलामा प्रायास भयो, सकेनन् । अंत्यमा ट्रम्पले सम्भव बनाइदिए । इरानमा त्यही भइरहेको छ । बंगलादेशमा त्यही भयो । श्रीलंकामा त्यही भयो । पाकिस्तान र अफगानिस्तानमा त्यही भयो । ती सत्तामा बस्नेहरूको काम सिर्पm एउटा बन्यो, त्यो हो आप्mनो देशलाई माथि कथाको देश ‘अन्चुरिया’ बनाएरै छाड्ने । हाम्रामा पनि त्यही भयो ।
देशलाई अन्चुरिया हुनबाट जोगाउन नयाँहरू तम्सेकाछन् अहिले । जेन्जीको नाममा संसारभर आइराखेका छन् । सत्ता लिप्सा भ्रष्टहरूलाई उडाउन भन्दै आउँदैछन् । यहाँ पनि आइराखेका छन् । आगामी चुनावमा पनि यिनकै धेरै चर्चा छ ।
केले यो देशलाई अन्चुरिया बनायो भनेर गहिरो अनुसन्धान गरिएन । कुले गर्नु पर्ने हो ? राज्य सञ्चालनमा बसेकाले गर्नु पर्ने थियो, तर तिनै अगुवा बाटो हगुवा भए । बुद्धिजीवी भनेकाहरू पनि दलका झोले भए, कहिल्यै यो राज्यको हीत हुने कुरा बोलेनन् पनि र गरेनन् पनि । तिनको जम्मा काम नेता र दल रिझाउनु बन्यो ।
अहिले म आप्mनै निर्वाचन क्षेत्रको (झापा ५) को कथामा मिडियाहरूको हत्ते हेरिरहेको छु । र सुनिरहेको छु मान्छेका आवाजहरू ।
तिनका कुरा सुन्दा लाग्छ फेरि पनि देशलाई अन्चुरिया बनाइरहन मन छ तिनीहरूलाई । ती दश बर्षको हुँदा जे कुरालाई ‘हो’ भने, चालिसको हुँदा पनि त्यसैलाई ‘हो’ भने, अहिले हजुरबा भए, लौरो टेक्छन् र पनि त्यही कुरालाई ‘हो’ भनिरहेका छन् । अर्थात् जीवनमा एक पटक एउटा कुरालाई हो भनेपछि जीवनभर हो भइरहन्छ, वा जीवनमा एक पटक होइन भनेको कुरा जीवनभर होइन भइरहन्छ भने त्यो निर्जीव प्राणी बराबर हो । पशु बराबर हो । कस्तो बीष हाल्छन् हउ मान्छेका दिमागमा ? हिजो बिहानको ७ बजे र आज बिहानको ७ बजे एउटै अनि उस्तै हो ? त्यो एउटै पनि होइन, उस्तै पनि होइन । आज बिहानको ७ बजे र भोलि बिहानको ७ बजे एउटै अनि उस्तै हो? मरिगए पनि एउटै होइन, र उस्तै पनि होइन । प्रकृति र जीवनको यो आयामिक र गतिशील गतिलाई पूरै ‘ब्रेक’ लगाएर दलहरू राज्य लुट्न पाइरहेका छन् । किनभने मान्छेहरूलाई ‘जीवन भरिका हरेक विहानका ७ बजे एउटै र उस्तै हुन्’ भनेर मान्छेका चेतनाका आयामहरूलाई दलहरूले ‘पेस्टिसाइड’ हानिसकेका छन् । त्यही भएर मान्छे जीवनभर एउटै कुरा मात्रै सही देखिरहेको हुन्छ । इन्द्रेणीको एउटा मात्रै रंग मन पर्छ भन्योभने त्यो मान्छे जड दिमाग बोकेर कति ‘मानसिक असक्तता’ झेलिरहेको रहेछ भन्ने देखिन्छ । मान्छेहरूमा यो जड दिमागको निर्माणमा ठूला दलहरूले सात दशक बिताएका छन् । सात दशको लगातार ‘दलीय नशा’ सेवन गराए पछि त्यो नशा जीवनभर उत्रिदैन । रक्सीको नशा त रातभरीमा उत्रिन्छ, तर दलको, जातको, धर्मको नशा जीवनभर उत्रिदैन् । यो कुरा दलहरूलाई राम्रो ज्ञान भएर यो गरेका हुन् । किनभनो उन्नत लोकतन्त्र भएका ठाउँमा सबै जनतालाई दलीयकरण गरिँदैन । ती दलमा आउँदा पनि आउँदैनन् । तर दलको नीति, कार्यक्रम, उम्मेद्वारको व्यक्तित्वलाई हेरेर भोट परिवर्तन गरिरहन्छन् । त्यही भएर त्यहाँका जनप्रतिनिधिहरू जनता र देशप्रति सजग, उत्तरदायी र पारदर्शी बन्छन्, ताकि अर्को चुनावमा बदनामको भारी बोक्नु नपरोस । किनभने जनताले दल र नेता फेरिदिन्छन् अर्को चुनावमा । तर लेनिनवादी दलीय संरचना ‘क्याडर बेस्ड’ संगठन बनाएर दलहरू र तिनका नेता हाइसञ्चोमा हुन्छन् यहाँ । तिनले जे गरे पनि ताली पडकाउने ‘बर्षौ लगाएर दिमाग भुटिएका’ लाखौं मान्छेहरू तिनको समर्थनमा सडकमा आइहाल्छन् । जे बा्ले नि ताली हानिहाल्छन् । कमेडी गरे पनि ताली, गाली सराप गरेपनि ताली, माछा पकाइ पनि ताली, बुभ्mदै नबुझिने बोले पनि ताली, भ्रष्टाचार गरेको छैन भन्दा नि ताली, निर्दोस मान्छेहरूलाई देखाएर तिनले भ्रष्टाचार गरे भन्दा पनि ताली, मर्निङ्ग वाकमा हिंडदा पनि ताली । देशलाई ‘अन्चुरिया’ बनाइराख्दा पनि ताली । ‘हामीलाई अभैm मौका दिनुस, यो देशलाई अन्चुरिया बनाउँछौं’ भन्दा पनि ताली । वाफ रे वाफ !
कि यो दलदलबाट मूक्ति खोज्ने ?
दमक, झापा

Author

You may also like