आतङक
लुछाचुडी
भागबण्डा
सत्ताको खेल
सत्ताच्यूतको रणनीति
हारगुहार
बिदेशी चलखेल
चाकडी
चाप्लुसी
पद
लालच
आक्रोश
खेलवाड
पद लोलुप्ता
प्यानल र गुट उपगुटको खेल
चाकरी
लुटखसौट
चम्चागिरी
दादागिरी
डनवाद
धनवाद
बुझेर पनि
हामी किन बुझ्दैनौ ?
यहीँ आँखाले
४६ , ५२ , ५८ देखि
८२ को सबै आन्दोलन देख्यो त ?
अब देख्नै के बाकी रहयो र ?
हिजोआज किन सामाजिक संजाल रङग्याउदैछौ हामी ?
भोलि त्यही गाउँ , नगर , समाज
हामीलाई चाहिँदैन र ?
हामी यतिसम्म मूर्ख र धोखेबाज छौ कि
पछाडि फर्किएर पनि हेर्दैनौ कसैलाई
राजनीतिका नाममा
नातावाद
कृपावाद
भाइचारा
चाकडी
चाप्लुसी
यी सबै अङगालेर हिड्यौ
हाम्रा अघिपछि
मनि र मसल देखाउने ट्याटुहरु छन
उनैले वादको प्रशिक्षण दिदैछन
हिजोको सेल्टर
झुपडी
बिर्सियौ
हामीलाई एजेण्ट चाहिएको छ आज
वाद सबै धनवाद र डनवाद भयो
राजनीति लिलाम
बेलगाम भयो
सत्यता
निष्ठा
हराएर गए
फगत हामी डम्फू बजाइरहेछौ
हिजोआज गाउँमा
सङगीत हराएको छ
बासुरी बज्दैन
गिटार बज्दैन
हार्मोनियम बज्दैन
हामी बेसुरा छौँ
घामड छौँ
यो र त्योसम्म बुझ्दापनि
हामी किन बुझ्दैनौ ?
हामी जानिफकार, बुझक्की, सरलता, पारदर्शीता छौं तापनि बुझ पचाइरहेका छौ किन ? हामीमा ज्ञान बोध छ रै पनि अज्ञानी छौँ । अर्काको कुरा नगरी हामीलाई खाना पच्दैन । अर्काको चरित्र हत्या गर्न सिपालु छौँ, अरुको कुरा धेरै सुन्छौ, कुरा लाउने, राजनीतिक रङ्ग छर्ने कोहि चिन्दैनौ हामी । भोलि यो भौतिक संसार छोडेर जानुपर्छ भन्ने सोच्दै – सोचेनौ । हामीले सदभाव, सदगुण सदाचार भावना जागृत गर्नुपर्छ भन्ने मान्यता राख्नुपर्ने हो तर त्योसम्म हामी राख्न सक्दैनौ । सामाजिक मूल्य र मान्यतालाई हामीले तिलान्जली दिएका छौ त्यही भएर हामी सामाजिक प्राणी हुनै सकेनौ किन ? हामीमा दम्भ छ, रकमको घमण्ड छ, सकारात्मक सोच भने पटक्कै भेटिन्न हाम्रो दिमागमा । अर्को अर्थमा भन्नुपर्दा हाम्रो सोच सङकीर्ण छ, फराकिलो छैन । के गरेर अर्कालाई पासोमा पारौ, के गरेर अर्काको खुट्टा तानौ ? हामी यतिसम्म घामड छौँ कि हामीले आफ्नो सफा मार्ग पहिल्याउन सकेनौ । यसका ज्वलन्त उदाहरणहरु हामी हेर्न सक्छौं, यी हेर्ने आँखामा पट्टि लगाएर हामी अहिलेपनि अघि बढिरहेका छौँ । हामीले हाम्रा पुर्खाबाट आदर्शको पाठ सिक्यौ । मानमर्दन, आदर, सत्कार ग्रहण गर्यौ तर कहिले आत्मसात गर्न सकेनौ । बिधालय शिक्षाबाट नैतिक शिक्षा पढ्यौ तर अक्षरस ः पालना गर्न सकेनौ किन ? हामीले आफ्नो इज्जतलाई दलाल बढाबढ गर्यौ, लिलाम गर्यौ, जीवन बन्धक बनायौ दिन्दिनै । अर्ती र उपदेश, महाभारत पढेर ज्ञान आर्जन गरेतापनि हामीले आदर्श पालना गरेनौ । आफूभन्दा ठुलाहरुलाइ मानमर्दन आदर, सत्कार गरेनौ वास्तवमा यो सिकाइदियो मोबाइलले । सकारात्मक सन्देश लिने काम सामाजिक संजालबाटै हो तर ठीक उल्टो दिशामा हामी बहेका छौँ । खाली मगजमा शैतानको बास बसेपछि हामी नकारात्मक कामतर्फ उन्मुख भयौं । हिजोआज हेर्नुस सामाजिक संजाल टिकटक, इन्स्टाग्राम कहिँ कतै राम्रा सन्देश महानवाणी सुनिन्न यी कानहरुले । ताइन तुइका युटुबरे, बेकामका अनलाइन न्यूजका ब्यक्तिलाई बेफ्वाकका अन्तरवार्ता र भिडियो प्रदर्शन गर्न लगाएर अर्काको चरित्र हत्यासम्म गरेको देखिन्छ, उनीहरूलाई भ्यूज कमाएर प्रतिफल कमाउनतर्फ अग्रसर भएको हामी पाँउछौ । सामाजिक संजालको सदुपयोग होइन दिनप्रतिदिन दुरुपयोग भएको पाँउछौ हामी । राजनीतिक, सामाजिक, धार्मिक क्षेत्रमा देखिएको बिकृति र बिसङगतिको बिरोधसम्म गर्दैनौ हामी । आफ्ना पार्टीको नेता तथा कार्यकर्ताले गरेको जघन्य अपराध लुकाउछौ, छिपाउछौ, हामी । आखिर यस्तो मान्छे बनायो कसले ? तिनै दलहरु जसले ढाट्न र छल्नमात्र सिकायो । सिद्धान्तत ः हामीले बोल्न लेख्न र सिकाउन हामीले जान्दै जानेनौ । हामीमा शिक्षा छ, आदर्श छ, बिद्दता छ तर जानी – जानी भुल्दै गएका छौँ । यसलाई पूर्ववत ः अवस्थामा ल्याउनका निम्ति हामीले आफैले आफैलाइ शुद्धीकरण गर्न सकेनौ भने याद गर्नुस कि अबको मानव सैतान हुनेछ भन्ने कुराको प्रमाणित हिजोआज सामाजिक संजालमा लेखिएका नकारात्मक टिकाटिप्पणीहरुबाटै देख्न र बुझ्न सक्छौ कि हामी मान्छे – मान्छे हुनै सकेनौ ।
यसकारण –
अब मान्छे बन्न सिकौ
सकारात्मक सोचौ नकारात्मक चिन्तन त्यागौ
मानवको परिचय दिऔ
सत्मार्ग सदबिचार अर्पण गरौं ।