यो समय अनेकौं अलंकार र बिम्बहरूले पोतिएको समय हो । जता फर्किए पनि तिनै अलंकारहरू जागरूक भएर निस्किहाल्छन् । हालै एउटा राजनैतिक दलको राष्टिूय महाधिवेशन सम्पन्न भयो । अनि आम मासिहरूको चासोकोबीच अनपेक्षित नतीजा प्राप्त भयो । त्यो नतीजाले उभ्याएको प्रमूख पात्र केपी शर्मा ओलीका आयामहरू पढिरहँदा मनमा अनेकौं बिम्बहरू आए । यस्ता बिम्बहरू नआउने सायदै मान्छे होलान जस्तो लाग्छ । र सर्बभन्दा डरलाग्दो बिम्बमा मैले कोलम्बियाका लेखक, नोवेल साहित्य पुरस्कार बिजेता गाब्रिएल गार्सिया मार्केसद्वारा लिखित एउटा कथा “ठूला पखेटा भएको अत्यन्तै बूढो मानिस” (१९५५) देखें । यो कथाको मूल पात्र एउटा बूढो मान्छेको रूप र सारमा देखें ती नव निर्वाचित अध्यक्षलाई ।
के छ त त्यो कथामा ?
“ठूला पखेटा भएको अत्यन्तै बूढो मानिस” एउटा छोटो कथा हो, जसले यथार्थवाद र सामाजिक व्यङ्ग्यलाई संयोजन गर्छ । मानवीय क्रूरता, अज्ञानता, तथा पवित्र वस्तु वा अस्तित्वलाई चिन्न नसक्ने प्रवृत्तिको अन्वेषण गर्छ एउटा बूढो मानिसमार्पmत् ।
भारी वर्षापछिको कठीन समय थियो । त्यही बेला पेलायो र उनकी पत्नी एलिसेन्दाले आफ्नो आँगनमा ठूला पखेटा भएको एक अत्यन्तै बूढो मानिसलाई असहाय अवस्थामा लडिरहेको भेट्टाउँछन् । गज्जप त के भने उसका पखेटा हुन्छन् । ऊ बूढो पनि हुन्छ । ऊ असहाय पनि हुन्छ । ऊ फोहोर, कमजोर हुन्छ । पेलायो र एलिसेन्दा छक्क पर्छन् ।
तिमी को हौ ? कसरी यहाँ आइपुग्यौ ? कहाँबाट आएका ? अनेक प्रश्न गर्छन् उनीहरू । तर उसको उत्तर बुभ्mिन सकँिदैन । ऊ बुझ्न नसकिने भाषा बोल्छ । यतिकैमा गाउँलेहरूको भीड जम्मा हुन्छ । अनि सबैले अनेक ब्याख्यार विश्लेषण गर्न थाल्छन् त्यो बूढाको । केही गाउँलेहरूले उनी स्वर्गदूत (देवदूत) हुन सक्ने अनुमान गर्छन् । तर पेलायो र एलिसेन्दाले उसलाई दैवी अस्तित्वका रूपमा होइन, एउटा अनौठो तमासाका रूपमा देख्छन् । ऊप्रति आक्रोशित पनि हुन्छन् र भन्छन् ( यो तमासा हो, तमासा गर्न कसैले पठाएको, तमासा देखाउने यसको सोख हुनु पर्छ । त्यही भएर यसले यहाँ तमासा देखाइरहेको छ ।
त्यसपछि ती श्रीमान श्रीमति (पेलायो र एलिसेन्दा) ले त्यो रहस्यमय बूढोप्रति आक्रोशित भएर उसलाई कुखुराको खोरमा थुन्छन् । अनि घोषणा गर्छन् ( एउटा तमासा देखाउने बूढो मान्छे आएको छ, यसलाईै हेरेर मनोरञ्जन लिन चाहनेहरूले पैसा तिरेर बाख्राका खोरमा हेर्न जानू । त्यसपछि मानिहरूको ओइरो लाग्छ त्यसलाई हेर्न । ती दाम्पतिले निकै पैसा कमाउँछन्, मानिसहरूलाई हेर्न आउन पैसा असुल गर्न थालेपछि ।
भीड जम्मा हुन थालेपछि बूढाको आयाम झन खुल्न बाध्य हुन्छ । गाउँलेहरूले ती बूढा मानिसलाई उपहास गर्न थाल्छन् । अनेक अभिनय गरेर प्रयोग गर्न थाल्छन् । र क्रूर व्यवहारको सिकार बनाउँछन् । ऊ चमत्कार देखाउन बाध्य हुन्छ । उखान टुक्काको खोलो बगाउन बाध्य हुन्छ । अभिनय देखाउन बाध्य हुन्छ । बौदिकता र गुण्डागर्दी दुबै देखाउन बाध्य हुन्छ ।
त्यसपछि ऊ कमजोर हुन थाल्छ । हिजो बोलेका, गरेका सबै जायज मान्नेहरू आज प्रश्न उठाउन थालेका छन् । ऊ शारिरीक मात्रै होइन अव मानसिक रूपले कमजोर हुन थाल्छ । जब उसले उनीहरूको पवित्रताको अपेक्षा पूरा गर्न सक्दैनन्, तब मानिसहरूको उप्रतिको रुचि घट्दै जान्छ । ऊ एक्लिँदै जान्छ । यसैबीच, आज्ञा नमान्दा सजायस्वरूप माकुरोको जुनीमा रूपान्तरण भएकी एक महिलाको कथा नयाँ आकर्षण बन्छ, किनकि उसको कथा सरल र मनोरञ्जनात्मक हुन्छ । उता, पेलायो र एलिसेन्दा ती बूढा मानिसको उपस्थितिबाट धनी यति धेरै धनी बन्छन् कि जताततै तिनका घर घरेडी, गाडी हुन्छन् । ती करोडपति बन्छन् रोडपतिबाट । आपैm बस्ने भनेर नयाँ घर बनाउँछन्, तर पनि त्यो बूढाको पीडाप्रति उनीहरू उदासीन नै रहन्छन् ।
समय बित्दै जाँदा, त्यो बूढो मानिस बिस्तारै निको हुँदै जान्छ । उसलाई उपचार गर्नेहरूको कुनै कमी हुँदैन । त्यही भएर उसका पखेटाहरू बलिया हुन थाल्छन् । सबै आश्चार्यमा पर्छन् ।
हैन, यो मर्छ भनेको त झन् खत्रा भएर पो उठ्यो त ?
सारा गाउँलेको प्रश्न यही हुन्छ ।
ऊ त यति खत्रा भएर निस्किन्छ नि उसको अगाडि सबै फिका हुन थाल्छन् । सबै निघुरमुन्टि न हुन थाल्छन् । ऊ गरूढ जस्तै हुन्छ, बाँकी गाउँलेहरू सर्प जस्तै । उसको पछाडि धारेहात लाउनेको जुलुस देखिन्छ अरूबेला, तर उसको अगाडि सबै उसका प्यादा ।
यही रहस्यका बीच एक दिन ऊ उडेर जान्छ । गाउँलेहरूलाई पछाडि छोड्दै जान्छ । अनकन्टार स्थलतिर जान्छ । लीन हुन्छ समयसंग । ऊ गएपछि त ऊ झनै आश्चार्यको पात्र बन्छ । पेलायो भन्दा पनि उसकी श्रीमती एलिसेन्दा बढी खुशी हुन्छे बूढो जाँदा । तर पेलायो दुखी हुन्छ, किनभने उसको उटपट्यांग बेचेर घरको गुजारा चलेको थियो । अब केले चलाउने ? चमत्कारीक बूढो आय आर्जनको स्रोत थियो त्यो घरको । आश्चार्य भए पनि, उटपट्यांग भएपनि, असभ्य भएपनि, दुर्छे भएपनि, तित्राको बोली भएपनि, निरंकुश भएपनि पेलायोको घरको भान्सामा आगो बलेको थियो । अब त्यो आगो निभ्ने भयो भन्ने चिन्ता हुन्छ पेलायोलाई ।
यो कथाको त्यो बूढो मान्छे र अहिलेको हाम्रो यो समयको कथाको बूढो मान्छे केपी ओली दुवै जना ती सारमा पनि उस्तै देखिए । रूपमा पनि उस्तै । विचारमा पनि उस्तै । लवजमा पनि उस्तै । जीवनको परिभाषामा पनि उस्तै । भोगाइमा पनि उस्तै । भगवान श्रीकृष्णले भने जस्तै आकारमा निराकार । निराकारमा आकार । सर्वज्ञ । वचनशिरोमणी । गालीशिरोमणि । रहस्यले भरिएको । ह्यामिलिन सहरको पाइपर जस्तै, सारा मान्छेलाई अनेक उटपट्यांग बोलेर भए पनि आप्mनै लयमा हिडाउन सक्ने खुवी ।
इत्यादि ।
भनी साध्य छैन । बहुआयामिक । अकल्पनीय रूप र रंग । अकल्पनीय क्षमता ।
यस कथाले मानवीय स्वार्थ, अन्धविश्वास र भौतिकतावादको तीव्र आलोचना गर्छ । अपरिचित वा साधारण स्वरूपमा प्रकट हुने असाधारण कुरालाई मानिसहरूले प्रायः चिन्न असफल हुँदारहेछन् । विडम्बना र यथार्थवादको प्रयोगमार्फत, गार्सिया मार्केसले करुणा र समझदारीभन्दा अज्ञानता र शोषणलाई समाजले कसरी पुरस्कृत गर्छ भन्ने कुरा उजागर गरेका छन् । बूढो मान्छे हावा हो भन्ने जान्दा जान्दै, बूढो मान्छे काल्पनीक हो भन्ने जान्दा जान्दै, बूढो मान्छे गैह्य मानव हो भन्ने जान्दा जान्दै, बूढो मान्छे मायावी हो भन्ने जान्दा जान्दै, बूढो मान्छे भ्रम हो भन्ने जान्दा जान्दै उसैलाई उभ्याएर कमाइखाने भाँडो बनाउनेहरूप्रति आक्रमण हो लेखकको । अवास्तविक कुरालाई आप्mनो फाइदाको लागि वास्तविक मानेर क्षणिक लाभको पछाडि हिंडने ती पेलायो दम्पती त्यो बूढो मान्छे निराकार भएपछि भोकै भए । पैसा आउने बाटो मेटियो ।
भोलि कसैको परिवारमा पनि पेलायो दम्पती जस्तो दुख नहोस जो भ्रमले क्षणिक आनन्दविभोरमा जीवन खत्तम नहोस ।
तर हामीकहाँ जताततै त्यही पखेटा भएको बूढो मान्छेले घेरेको छ, शासन गरेको छ, धम्क्याएको छ, फुक्र्याएको छ, फकाएको छ, सुर्याएको छ । अनि हामी तिनैलाई भगवान ठानिरहेका छौं ।

Author

You may also like