देश–समाज समाचार स्थानीय

प्रहरीको एक्सन जारी : लुटिएका हतियार र भागेका कैदी चुनावका चुनौति

दमक/ आगामी फागुन २१ का लागि घोषित निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन लुटिएका हतियार फरार अपराधी नियन्त्रणमा आउन जरुरी छ । चुनावको मिति नजिकिँदै गएका बेला नागरिकले सुरक्षा सुनिश्चिता गर्न नसकि रहेका बेला प्रहरीले भने केहि आशावादी नतिजा देखाएको छ । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार तथा भागेका कैदी पक्राउ गर्न झापा प्रहरीले अग्रसरता देखिाएको हो ।
यसै क्रममा झापाको बिर्तामोडमा ‘जेनजीु आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हातहतियार र गोली फेला परेको हो । बिर्तामोड नगरपालिका वडा नंं ६ स्थित स्यालडाँगीको एक चिया बगानमा ती सामग्रीहरू बेवारिसे अवस्थामा फेला परेका हुन् । स्थानीयले चिया बगानमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले घटनास्थल पुगेर एक थान इन्सास राइफलको म्याग्जिन र तीन राउण्ड ‘मार्का थ्रीु राइफलको गोली बरामद गरेको छ। बरामद गरिएका सबै गोलीहरू नपड्किएको अवस्थामा रहेका छन् । प्रहरीका अनुसार, बरामद गरिएका यी सामग्रीहरू केही समय अघि भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटिएका थिए ।
यस अघि जेनजी आन्दोलनकै बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटेको हतियार गेउरिया खोलाको किनारमा भेटिएको थियो । कमल ५ गेउरिया खोलाको किनारमा बेवारिसे अवस्थामा एक थान हतियार भेटिएको हो । उक्त स्थानबाट ग्यासगन थान १ खिया लागेको बट, नालसहित जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उक्त हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनकारीहरुले लुटपाट गरी लगेको अभिलेखबाट देखिएको उनले बताए ।
कैदी पनि समाति“दै
‘जेनजी’ आन्दोलनको समयमा देशका विभिन्न कारागारहरूबाट सुरक्षा व्यवस्थाको कमजोरीको फाइदा उठाउँदै फरार भएका १५ जना कैदीहरूलाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिई पुनः सम्बन्धित कारागार पठाइएको हो । पक्राउ पर्नेहरूमा जबरजस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध, डाँका चोरी र राजस्व छली जस्ता गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्तिहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये झुम्का कारागारबाट फरार ८ जना, चितवन कारागारबाट फरार ३ जना, केन्द्रीय कारागार
(जगन्नाथ देवल) काठमाडौँबाट फरार ३ जना र कास्की कारागारबाट फरार १ जना रहेका छन् । विभिन्न बहानामा कारागारबाट उम्किएका यी फरार प्रतिवादीहरूलाई पक्राउ गर्न झापा प्रहरीले विशेष निगरानी र खोजी अभियान चलाएको थियो ।
जेनजी प्रदर्शनमा प्रहरीबाट लुटिएका हतियार÷गोलीगठ्टा, जेलबाट भागेका कैदीबन्दी चुनावका मुख्य सुरक्षा चुनौतीका रुपमा लिइएको छ । यस्तै राजनीतिक दलका कार्यकर्ता र जेनजी समर्थकबीच पनि मुठभेड हुने खतरा छ । अहिले पनि केही दलले निर्वाचनमा सहभागी नहुने चेतावनी दिइरहेका छन् । जेनजीका केही समूह पनि चुनावविरुद्ध लागेका छन् ।

Author

You may also like