देश–समाज लेख स्थानीय

जनतानै भीरको चिचिण्डो बनेपछि !

न बास न गाँस न शरीर ढाक्ने लुगा
कति पीडा बोध छ गरिवीलाइ ?
हुनेखानेले त खान्छन
हुँदा खानेको चिल्ली र बिल्ली भो
हिजो नेताले देखाएको आशामा आज निरासा छायो
बचेखुचेका स(साना आशाहरु निरासामा बदलिए
रुप
रङ्ग
सार सब लिलाम भए
वादहरु साटिए
बडेमानका स्वरहरु गाउँमा गुन्जिन छाडे
फगत
पैताला फुटेका श्रमिकका आवाज बोल्नेहरु
नवसामन्तवादका जी हजुरी गर्ने भए
तैपनि
नाम्लो अनि ढिकी जातोगर्नेहरु
प्रफुल्लित छन
न कसैलाई छल्न अनि बिचौलियाको काम गर्न जान्दछन
न हात पसार्छन
न चिच्याउछन
न बहुरुपी रुप देखाउछन
केही पनि भन्दैनन कसैलाई
मौन छन
गम्भीर छन
व्यापक छन
जटिल छन
ब्यबहारिक छन
कसैको बहकावमा भडकिदैनन
सरल छन
सरस छन
मर्यादाको पाठ अरुलाइ सिकाउछन
बिकाउको खेती गर्दैनन
दासताको जन्जीर तोडछन
चलखेल गर्दैनन
यसकारण
जनता स्वयं बिबेकशील छन
माथिका कविताका पङतिहरु जनताहरुका आवाज हुन । तिनै आवाज आज यत्रतत्र सर्वत्र गुन्जिरहेका छन, सक्कली मान्छेहरुका । तर तिनै आवाजमा हिजोआज बेस्सरीकन नयाँ खरानी घसेकाहरु ।
मोज र राज गर्दैछन । कतिलाई मोजमस्ती छ, जहाँ जे गरेपनी भो । छुटकारा तिनैले पाउँछन् । हिजोका दिनमा गरेका उत्सर्ग बलिदानका आवाज प्रतिध्वनी गरेर जीवन बन्धक राख्नेहरु कालकोठरीमा छन, उनीहरूका आवाज दविएका छन, बोल्न र लेख्न समेत बन्चित छन । यहाँ हिजो दलाल गर्नेहरु, छलकपट गर्नेहरु, जालसाजी गर्नेहरु मालामाल छन । कामै नगरी ती दलाल, बिचौलियाहरुको खातामा बैंक जम्मा हुन्छ, अनि भनेपछि अब भन्नुहोस कि यो देशमा सच्चा देशभक्त जनता खोजेर कहाँ भेटौ ? यहाँ सक्कली भन्दापनि नक्कली जनताहरुको बोलवाला छ, उनीहरूकै बोली बिक्री हुन्छ हरेक ठाउँमा ।
तपाईं कसैको लागि इमान्दार बनेर काम गर्नुस , बिबेकी बन्नुहोस, समयको परिपालक बन्नुहोस तपाईंको जरा काट्नेहरुको समाजमा भीड हुन्छ । उनीहरूको जमात अधिराज्यभर यति हुन्छ फैलिएको छ जसको जमातले नहुने कामपनि बेलैमा हुन्छ । यो पद्धति दलहरुले सिकाए, यस्तो सिकाएकि चुनाव ताका नेपाली जनताका झुप्रा(झुप्रामा चुनाव आफ्नो पक्षमा ल्याउनका निम्ति अनेकन झुण्ड तयार गरेर रकमी खेलसङ्गै चुनावको परिणाम आफ्नो हातमा पार्न उद्दत भए । यो विरासत हिजोपनि थियो, आजपनि जस्ताको तस्तै छ । यसलाई परिमार्जित गरेर अघि बढ्ने अठोट कुनैपनि युवाहरू छैनन । न एमाले, न काङ्ग्रेस, न माओवादी, न राप्रपा , न रास्वपा कुनै दलमा भेटिन्न । यहाँ बयोबृद्द नेताहरूलाई भोट दिनुहुन्न भन्ने युवा नेताहरू धेरै छन तर तिनैले पद हुत्याउनका निम्ति वृद्धहरुसङ्ग गठजोड अहिलेपनि गरिरहेका छन । यहाँ एकले अर्काको बिश्वास गुमेको अवस्था बिधमान छ, बेमेलै(बेमेल छ । सत्ता र शक्तिको खेलमा लागेर देश दोहन गर्दासम्म तै चुप मै चुप “ गुमनाम भएको अवस्था छ ।
केही न केही राम्रो काम गरौं, मनभित्र सकारात्मक चिन्तन भरौ, शान्ति र सुब्यबस्था कायम गरौं भन्ने सोच पलाएको कुनैमा देखिन्न । यहाँ मानव अधिकार कुन चरीको नाम हो ? कसैलाई थाहा छैन, बुझेर नि बुझ पचाउनेहरुको बाक्लो उपस्थिति छ । यहाँ नेताहरूले बोल्ने शब्द सापटी लिनु पर्दैन उनीहरूले पटकपटक भन्ने शब्दै जनताहरुको हातमा छ , जनता जनार्दन हुन । यो सम्म आँखा छलेर ढाटदा सम्म हामी बुझ्दैनौ, सोचबिचार गर्दैनौ किन ? हामी अझैपनि उनीहरूकै मोहोरा बन्ने ? हामीलाई जनताको नाम दिएर ललिपप खुवाउने को हुन ? हामीलाई मकैको घुन पिसेझै पिस्ने को हुन ? दास बनाउने को हुन ? अनेकन नेताको बिल्ला भिराइदिएर मालिक को बने ? घरले जाजा र बनले आइज आइज भन्ने उमेरमा सत्ताको बागडोर सुम्पिदिएर बाघ बनाउने को हो ? न दिमागले काम गर्न सक्छ, बोलेपछि एकोहोरो बोलेको बोल्यै गर्ने, अरुलाइ बोल्नै नदिने , न हिडन सक्ने यस्ता पिण्डरोगीहरुको हातमा चलेको छ, नयाँ नेपाल । यो सबै पार्टीमा चल्दै आएको बेथिति हो । यहाँ तराजुमा जोख्दा कोहि कमी छैनन, यहाँ । हामीले बिहान बेलुका उनीहरूकै पूजा र भक्तिभाव गर्दैछौ, पदका लागि मरिहत्ते गर्दैछौ किन होला ? अनि हामीलाई नक्कली बिल्ला भिराएर जनताको उपाधि दिन किन पछि हटदैनन त, रोगी नेताहरु । हिजो पन्चायती शासनदेखि यो लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा एकछत्र राज गरेका छन, बयोवृद्धहरुले । बोल्ने कोहि छ यहाँ ? न गगन, न बिश्व प्रकाश न लेखनाथ, न बिप्लव, न ठाकुर गैरे, न नारायण काजी, न रबिन्द्र मिश्र को बोल्छ, बयोबृद्दहरुलाई सम्मानित पद दिनुहुदैन भनेर । यतिमात्र होइन संघीय संसदभित्रको खिचातानी, बोल्ने कुरामा मनपरीतन्त्र र मैले के बोले , अब के बोल्नुपर्ने हो ? त्योसम्म हेक्का नभएका सभासदहरुलाइ तिनै जनताले आफ्नो अभिमत दिएर निर्वाचित हिजो गराएका छन । अनि हामी जनताले किन दोष थुपार्नु तिनै नेताहरूलाई ।
जसको हामी जजमान गर्छौ, गल्ती बोलेपनि सही बोले भन्छौ । देश दोहन गरिराख्दासम्म “चु” सम्म बोल्दैनौ । जस्तो अहिलेको बर्तमान अवस्था नियालौ त ? हामी अबुझ भएर होला, कहिले एउटा पार्टी त कहिले अर्को पार्टीमा पाहुना लागेका कारणले हामीलाई नेताहरुका जुजुमानहरुले सही मूल्यांकन नगरेको प्रतित हुन्छ । बा नेताले केही देलान, छोराछोरीलाई जागिर मिलाइ देलान, स्वरोजगारमा आफै लगाइदेलान भन्ने पूर्ण आशा अझैपनि हामी जनतामा भएकैले हामी जनता भीरको चिचिण्डो भएका छौ, हामीलाई मोल गर्ने तिनै नेता हुन, बजारमा सस्तो भएर हामी बिक्री भएका छौ । त्यसैले अब
दासताको जनजीर अब तोडनुपर्छ
कसैको प्रलोभनमा हामी पर्नु हुन्न
बचेखुचेको साख जोगाउनु पर्छ
न्याय, समानताका लागि लड्नुपर्छ ।

Author

You may also like